• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-31 18:16:28    
निरक्षरता उन्मूलन गर्न चीन सक्रिय

cri Author: चौ
         एशिया प्रशान्त क्षेत्रीय निरक्षरता उन्मूलन सम्मेलन एकतीस तारिखका दिनदेखि पैचिंगमा शुरु भएको छ। सो सम्मेलनमा सहभागी चिनियाँ राज्य परिषद्‍का सदस्या श्रीमती छन च लीले के कुरा व्यक्त गर्नुभएको छ भने चीनले सन् 2010 सम्ममा युवावर्ग र प्रौढ व्यक्तिहरुमध्येको निरक्षरता दरलाई दुइ प्रतिशत र सन् 2015 सम्ममा वयस्क व्यक्तिहरुमध्येका निरक्षर व्यक्तिहरुको कुल संख्यालाई आधाजति घटाउन प्रयास गर्नेछ। यसका साथै चीनले सक्रियताका साथ निरक्षरता उन्मुलन गर्ने कार्यमा एशिया प्रशान्त क्षेत्रीय मुलुकहरुलाई मद्दत दिनेछ।

        यस पटकको दुइ दिने एशिया प्रशान्त क्षेत्रीय निरक्षरता उन्मूलन सम्मेलन युनेस्कोको विश्वव्यापी निरक्षरता उन्मूलन विषयक अनेकन क्षेत्रीय सम्मेलनहरुमध्येको एक हो। यसको उद्देश्य पूर्वी एशिया, दक्षिण एशिया र प्रशान्त क्षेत्रका मुलुकहरुका बीच साझेदारी सम्बन्धलाई घनिष्ठ तुल्याउने र निरक्षरता उन्मूलन सम्बन्धी कार्यलाई घच्घच्याउने भन्ने रहेको छ। मंगोलिया, र इण्डोनेशिया लगायतका दशवटाभन्दा बढी मुलुक र क्षेत्र तथा सम्बन्धित अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरु सो सम्मेलनमा सहभागी हुनुभएको छ।

        आज आयोजित उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै राज्य परिषद्‍की सदस्या छन च लीले निरक्षरता उन्मूलन कार्यमा चीन डटिरहने कुरा व्यक्त गर्नुभएको छ।

        " चीनले महिला निरक्षर र अल्प संख्यक जातिका निरक्षरलाई साक्षर बनाउने तथा निरक्षरलाई साक्षर बनाइएपछि निजको स्तरलाई झन् माथि उकास्ने कार्यलाई विशेष महत्व दिंदै केन्द्र बिन्दुमा रखेर अटलअचल भएर सन् 2010 सम्ममा युवावर्ग र प्रौढ व्यक्तिहरुमध्येको निरक्षरता दरलाई दुइ प्रतिशत र सन् 2015 सम्ममा वयस्क व्यक्तिहरुमध्येका निरक्षर व्यक्तिहरुको कुल संख्यालाई आधाजति घटाउने लक्ष्यलाई साकार तुल्याउन प्रयास गर्नेछ र विश्वव्यापी निरक्षरता उन्मूलन कार्यका लागि झन् ठूलो योगदान अर्पित गर्नेछ"।

         हाल चीनले सरकारको प्रधानतामा रहेको अनि सारा समाजले हात हाल्ने निरक्षरता उन्मूलन कार्य परिपाटीको स्थापना गरिसकेको छ। उदाहरणका लागि दक्षिण पश्चिम चीनको क्वाँग सी च्वाँग स्वायत्त प्रदेशका विभिन्न स्वायत्त जिल्लाहरुले निरक्षरता उन्मुलन कार्यलाई स्थानीय विशेषतायुक्त कृषि र जातीय पर्यटन व्यवसायसित गाँसेका छन्। यसको फलस्वरुप पहाडी भेगका अल्पसंख्यक जातीय सर्वसाधारणहरु, अझ खास गरी अल्प संख्यक जातीय महिलाहरुले निरक्षरता उन्मूलन सम्बन्धी शैक्षिक गतिविधिमार्फत अक्षर चिनेको मात्र नभइ धेरै व्यवहारिक ज्ञान पनि ग्रहण गरिसकेका छन्।

        यति मात्र नभई विगत केही वर्षदेखि यता चीनले अनिवार्य शिक्षाका लागि ठूलो मात्रामा थप रकम छुट्याउँदै आएको छ। जसले गर्दा प्रभावकारी रुपमा नयाँ निरक्षर उत्पन्न हुनबाट बञ्चित भएको छ।

        चीनले निरक्षरता उन्मूलन कार्यमा हासिल गरेको प्रगतिको युनेस्कोका महाप्रबन्धक कोइचिरो मात्सुउराले उच्च मूल्याङ्कन गर्नुभएको छ। उहाँले भन्नुभयो-  

        " वितेका पन्ध्र वर्षभित्र चीनले निरक्षरता उन्मुलन कार्यमा निकै ठूलो प्रगति हासिल गरेको छ। चीनमा प्रारम्भिक शिक्षाको स्पष्ट नीति छ। चीन सबै मुलुकका लागि सिक्नलायक आदर्श नमुना हो"।

        श्रीमती छन च लीले चीनले निरंतर रुपमा निरक्षरता उन्मुलनका लागि संयुक्त राष्ट्र संघले गर्ने सबै गतिविधिमा समर्थन दिंदै भाग लिने कुरा बताउनुभयो-

        " पहिलो कुरा चीनले कन्फ्युसियस शिक्षा पुरस्कारका लागि नगदी समर्थन दिनेछ। जसबाट विश्वव्यापी निरक्षरता उन्मुलन कार्यमा यस पुरस्कारको भूमिकालाई राम्ररी खेलाउन सकियोस्। दोश्रो कुरा एशिया प्रशान्त क्षेत्रीय मुलुकहरुमा निरक्षरता उन्मुलन कार्यलाई समर्थन दिनेछ र यसलाई विकासोन्मुख मुलुकमा स्थानीय जन परिचालन सम्बन्धी बहुपक्षीय र द्बिपक्षीय योजनालाई समर्थन दिने सम्बन्धमा चीन सरकारले बचन बद्धता दिइसकेको प्रारुपभित्र गाभिदिनेछ। चीनमा राखिएको युनेस्कोको अन्तर्राष्ट्रिय ग्रामीण शिक्षा, अध्ययन र तालिम केन्द्रको भूमिकालाई विस्तार गर्दै आउने सालदेखि चीन सरकारले रकम छुट्याएर एशिया प्रशान्त क्षेत्रका महिला निरक्षरता उन्मूलन कार्यकर्ताका लागि दुइ पटक तालिम कक्षा संचालन गर्नेछ।