• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2004-06-06 15:57:15    
परि ड्रोल्माकिड (तिब्बती कथा) ५

cri
     राजकुमारले दासीलाई देखेनन् र एक प्रकारको नयाँपनको अनुभव गरे किनकि उनले सामान्यतया कहिल्यै पनि ड्रोल्माकिडको बगल छोडेका थिएनन्। 'तर दासी खै त?' राजकुमारले बोक्सीलाई सोधे।

     'मैले उसलाई पहिल्यै घर पठाइसकें', बोक्सीले जवाफ दिई।

     त्यसपछि राजकुमारलाई आफ्नी श्रीमतीको व्यहोरामा केही अस्वाभाविकता भएको अनुभव भयो, तथापि खास के अस्वाभाविकता त भन्ने कुरा भने बुझ्न सकेनन। उनले त्यस बोक्सीलाई आँखा नझिम्क्याइकन हेरिरहे । राजकुमारले आफूलाई एक टकले हेरिरहेको देखेपछि बोक्सीको मुटु झण्डै चल्न छोडेन । 'किन तपार्इंले मतिर त्यसरी हेरिरहनुभएको', बोक्सीले आत्तिएको भावको मुस्कानका साथ राजकुमारलाई सोधी।

     'तिमी बदलिएकीजस्ती छौ । तिम्रो श्वर फरक भएको छ र तिमी नै फरक देखिन्छौ ,' राजकुमारले हिच्किचाउँदै भने।

     'एउटी अजम्मरी परिका रुपमा निश्चित समयपछि मैले मरणशील मानिसहरुका बीचमा स्वाभाविक रुपमा आफ्नो रुप बदल्नुपर्छ । हेर्दैजानोस्, भविश्यमा यो परिवर्तन अझ बढी हुँदैजानेछ,' बोक्सीले लजाएको भावले भनी।

     राजकुमारले यसलाई सत्यका रुपमा स्वीकार गरे र अरु जान्ने कोशिस गरेनन् । यसरी राजकुमार बोक्सीद्वारा ठगिए, छक्याइए।

     केही दिनछि तलाउमा एउटा सुनौलो कमल फुल्यो । त्यो कमलको फूलले हावाको वहावसँगै विस्तारै, भद्रतरिकाले पानीमा तल-माथि हुँदै अघि झुक्दै अभिवादन गरेको जस्तो देखिन्थ्यो ।

     एक दिन एउटा अश्वपालले त्यस तलाउको किनारमा घोडा चराइरहेको बेला तलाउको बिचमा एउटा सुनौलो तर मधुरो चमक देख्यो । नजिकै गएपछि उसले त्यो सुनौलो कमल भएको थाहा पायो । त्यसपछि उ आफूले देखेको त्यस सुनौलो कमलका बारेमा जानकारी दिन राजकुमारकहाँ गयो ।

     पछिल्ला दिनहरुमा राजकुमारले विनाकारण आफूलाई उदासिनताले छाएको अनुभव गरेका थिए । उनले आफ्नी श्रीमती विस्तारै परिवर्तित हुँदैगएको अनुभव गरेका थिए । तिनी अब पहिलेकीजस्ती शान्त, आत्मगौरवी, भद्र र मायालु थिइनन् । राजकुमारले कमलको सुनौलो फूलका बारेमा अश्वपालकबाट जानकारी पाउनासाथ एक मिनेट पनि नरोकिइकन उनि तलाउको किनारातिर दौडिए । तर भन्दा अचम्म लाग्दो कुरा, त्यस तलाउको सम्पूर्ण भागमा सुनौलो कमलको फूलको त के कुरा कहीं कतै झार समेत थिएन । केही पनि देखिदैनथ्यो । तर राजकुमार भने निराश भएका थिएनन् । अर्को दिन विहानै राजकुमार फेरि त्यस तलाउको किनारातिर दौडिदै गए । पहिलेजस्तै त्यहाँ चुपचापसँग छचल्किने शान्त, निला छाल बाहेक केही पनि थिएन । यसरी तीन दिनसम्म राजकुमार लगातार तलाउको किनारातिर गए। त्यसपछि राजकुमारले सोच्नथाले, शायद त्यस अश्वपालकलाई भ्रम पर्यो वा त्यसले आफूलाई छक्क्याउने प्रयास गर्यो । जब उनले त्यस अश्वपालकलाई केरकार गर्नथाले, तब उसले साँच्चिकै सुनौलो रंगको कमल देखेको कसम खायो । अन्त्यमा त्यो अश्वपालकको दिमागमा एउटा विचार सुझ्यो । 'सरकार', उसले भन्यो, हुनसक्छ त्यो फूलले हजुरसँग लाज मानेर पानीमा लुकिरहेको छ । राजकुमारले म अश्वपालकको भेष धारण गरेर, मेरा लुगा पहिरेर हेरे कसो होला? ।