• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2004-06-06 15:57:15    
चीनको परम्परागत पंखा (दोस्रो भाग)

cri

कः एयरकण्डिशन, विजुली पंखा तथा साधारण पंखा बारे चर्चा गर्दा यहाँ म आफ्नो सानो विचार व्यक्त गर्न चाहन्छु। मेरो विचारमा एयरकण्डिशन र विजुली पंखाको प्रयोग बूढाबूढी र कमजोरी हुनेहरुका लागि अनुचित छ। अझ विशेष गरी लामो समयसम्म एयरकण्डिशन र विजुली पंखा चलेको कोठामा बसेमा रुघा लाग्ने सम्भावना हुन्छ। गरमी याममा बूढाबूढी र कमजोरी हुनेहरुले हातमा कागत वा कपडाले बनाइएको पंखा लिएर मजासंग हम्काउँदा गरमी मार्नुका साथै हातका लागि एक किसिमको व्यायाम पनि हुने गर्दछ, होइन र?

खः एकजना साथीले वायां हातव्दारा पंखा लिएर हम्काउनु स्वास्थ्यकालागि फाइदा हुने कुरा मलाई बताउनुभएको छ।

कः हो र! किन हँ?

खः किनभने मस्तिष्कले क्रस हुने गरी मानिसको जीउलाई नियन्त्रण गर्दछ। अर्थात् मस्तिष्कको दायां र बायां भागले छुट्टाछुट्टै रुपमा शरीरको वायां र दायां भागको नियन्त्रण गर्दछ। साधारणतः दायां हातव्दारा काम गर्ने मानिसहरुको बानी भइसकेको छ भने वायां पट्टिको मस्तिष्क बढी परिश्रमको कारणले चाँडै थाक्ने सम्भावना छ। त्यसैले यदि वायां हातव्दारा केही काम गरेमा र वायां हातव्दारा पंखा चलाउने गरेमा मस्तिष्कको दायां भागको रगत संचारलाई उत्तेजित पार्दै मस्तिष्कलाई अझ राम्रोसंग काम गर्न सहायक सिद्ध हुनेछ।

कः मेडिकल अनुसन्धानको नतीजा अनुसार, मस्तिष्कबाट रगत निस्कने रोगमध्ये 65 प्रतिशत त मस्तिष्कको दायांपट्टि भएको हो। जीउको वायांपट्टि पक्षघात हुनु चाहिं यो रोगको लक्षण हो। यसको कारण के छ भने मानिसहरुले लामो समयसम्म दायां हातव्दारा काम गरेकोले वायां पट्टिको जीउलाई नियन्त्रण गर्ने मस्तिष्कको दायां पट्टिको रगत नलीको राम्रोसंग प्रयोग नगरी त्यो सजिलैसंग फुट्न सक्दछ।

खः त्यसो भए गरमी याममा वायां हातव्दारा पंखा चलाउने गरेमा, अझ विशेष गरी बूढाबूढीहरुका लागि दायां पट्टिको मस्तिष्कको रगत नलीको लचिलोपनलाई बढाएर शरीरको वायां भागलाई स्वस्थ पार्न सकिन्छ। यसबाट मस्तिष्कबाट रगत निस्कने रोग तथा अरु रगत नलीको रोगलाई निवारण गर्न निकै सहयोग छ।

कः वायां वा दायां हातव्दारा पंखा चलाउंदा पाखुरा, हात-नाडी, काँध, पिठ्यू आदि जीउका विभिन्न अंगका मासपिण्डलाई बलियो पार्दै सुचारु रुपमा रगत संचार भएर नसालाई हित हुने बुझिएको छ।

खः पंखा चलाउँदा यति धेरै फाइदा भएकोले गरमी याममा म पनि एयरकण्डिशन र विजुली पंखाको कम प्रयोग गरी हातैले पंखा चलाउँछु। मलाई लाग्दछ, नेपालमा गरमी याममा पनि काठमाडौं, पोखरा आदि शहरमा त्यति गरम छैन र हातमा पंखा लिएर चलाउनु बेग्लै मजाको आनन्द हुन्छ।

कः गरमी याममा धेरै मानिसहरुलाई खाना खान मन पर्दैन। अब हामी श्रोताहरुलाई खुराक बढाउने र मिठो हुने केही चिनियाँ परिकार बताउन चाहन्छौं।

खः नेपालमा धेरै मानिसहरु करेला खान मन पराउँछन्। करेला एक किसिमको राम्रो तरकारी हो। त्यो तरकारी खान सक्नुका साथै औषधिका रुपमा पनि यसको प्रयोग गरिन्छ। गरमी याममा हरेक दिन केही करेला खाएमा स्वास्थ्यका लागि फाइदा छ।

कः चीनमा करेलालाई तीतो करेला भनिन्छ। यसको उत्पत्ति स्थान इन्डोनेशिया हो। चीनको सोंग राजवंशताका करेलाको खेतिपाती चीनमा थालियो। करेलामा प्रशस्त पोषण तत्व निहित निहित रहेको छ। त्यसमा प्रोटिन, बोसोƼ , चिनी तत्व, विभिन्न किसिमका एमिनोसिड, भिटामिन र फलाम तत्व, क्यालसियम एवं फासफोरस तत्व जस्ता खनिज पदार्थहरु छन्। अनुसन्धानको नतीजा अनुसार एक सय ग्राम करेलामा 84 मिलिग्राम भिटामिन सि रहेको छ, जुन गोलभेडाको तुलनामा 7गुणाले र स्याउभन्दा 17 गुणाले बढी हुन्छ।

खः हालै विश्व स्वास्थ्य संगठने उत्तम गुणस्तरका केही खाने कुराको सिफारिश गरेको छ। नेपालमा पनि त्यस्ता उत्तम गुणस्तरका तरकारी र फलफूल प्रशस्त पाइन्छन्। जस्तै भनौं, सखरखण्ड, कुरिलो, बन्दाकोबी, काउली, भण्टा, गाजर आदि।

कः विश्व स्वास्थ्य संगठनले सिफारिश गरेका फलफूलहरुमध्ये मेवा, स्ट्रोबरी, सुन्तला, मौसम, आंप, खुर्पानी, हलुवावेद, तर्बुजा आदि सब नेपालमा पाइन्छ। आफ्नो आर्थिक स्थिति ठीक भएमा प्रत्येक दिन एक दुईवटा फलफूल खाएर स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ।

खः कार्यक्रमको अन्तमा सुन्नुहोस् एउटा नेपाली गीत।

कः प्रिय श्रोताहरु, रमाइलो शनिवार कार्यक्रम आज यहीं समाप्त हुन्छ। अर्को शनिवार हामी फेरि भेटौंला। नमस्कार।