• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2004-06-06 15:58:56    
एक विशेष उपहार 1 (पहिलो भाग)

cri

    श्रोताहरु, सि.आर.आई.व्दारा सञ्चालित "चीनको पश्चिमी साँस्कृतिक यात्रा" ज्ञानविज्ञान प्रतियोगिताले व्यापक नेपाली श्रोताहरुको स्वागतसहित ठूलो सहयोग पनि पाएको थियो। धेरै श्रोताहरुले लगनशीलतासाथ एकेक प्रश्नको जवाफ दिई प्रश्नोत्तर पत्र पठाउनुभयो भने केही श्रोताले खूब मेहनत गरी सम्बन्धित विषयको पुस्तिका समेत तयार पारेर हामीलाई प्रेषित गर्नुभयो। यीमध्ये विशेष पुरस्कार जित्नुभएका श्रोता श्री चेतनाथ आचार्यको पुस्तिका हाम्रा लागि एक विशेष उपहारका रुपमा निस्सन्देह नै उल्लेखनीय छ। उहाँको पुस्तिका अलि मोटो छ र त्यसको विषयसूचि यस प्रकार छ--

1. चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको परिचय

    1.1 पृष्ठभूमि

    1.2 चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको स्थापना

    1.3 नेपाली सेवाको स्थापना र बिकास

2. श्रोता क्लबहरूको एकत्रित रुप राष्ट्रिय परिषद

3. अन्य रेडियोको तुलनामा सि.आर.आई.नेपाली सेवा

    3.1 पृष्ठभूमि

    3.2 नेपालीहरूले सुन्ने बिदेशी रेडियो प्रसारण संस्थाहरू

    3.3 सि.आर.आई.का श्रोताहरूको अलग पहिचान

    3.4 श्रोताको पेशा, उमेर, लिङ्ग र क्षेत्र

    3.5 सि.आर.आई. नै किन ?

    3.6 श्रोता सम्पर्कमा भिन्नता

4. चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सि.आर.आई.)सँगको मेरो यात्रा

5. सि.आर.आई. को उच्चस्तरीय प्रतिनिधि मण्डलको नेपाल भ्रमण

6. नेपाली विभागको पत्रिका मितेरी पुल

7. चीनको पश्चिमी साँस्कृतिक यात्रा ज्ञानविज्ञान प्रतियोगिता

    7.1 प्रतियोगियाको औचित्य

    7.2 प्रतियोगितामा समावेश भएका प्रश्नहरू

    7.3 प्रतियोगिताका उत्तरहरू

8. सि.आर.आई.का बारेमा लेखिएका कविताहरू

    8.1 नेपाली कार्यक्रम एकघण्टा भएकोमा शुभकामना

    8.2 नेपाली कार्यक्रमले 28वर्ष पार गरेकोमा शुभकामना

    8.3 हजार हजार वर्ष बाँच सि.आर.आई.

    8.4 नयाँ वर्षको शुभकामना

9. निष्कर्ष

    आजको यो "श्रोता सहभागिता" नियमित कार्यक्रममा सो पुस्तिकाको पहिलो विषय प्रस्तुत गर्न चाहन्छौं। अब हामी त्यही प्रसंगतिर लागौं--

1. चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको परिचय

    1.1 पृष्ठभूमि :

    नेपाल र चीन दुई असल छिमेकी राष्ट्रहरू हुन् । परम्परादेखि यी दुई देशको सम्बन्ध प्रगाढ र मैत्रीपूर्ण रहँदै आएको छ । नेपालको उत्तरी भेगको सीमा र चीनको पश्चिम दक्षिणी सीमा जोडिएका यी दुई देशहरू एक आपसमा ज्यादै नरम र न्यानो व्यवहार गर्दै अगाडि बढिरहेका छन् । इतिहासको पानालाई पल्टाएर हेर्ने हो भने सौहार्दपूर्ण वातावरणमा एक अर्कालाई आत्मसात गर्दै आइरहेका यी राष्ट्रहरूको यस्तो सम्बन्ध अति नै पुरानो छ । यी दुई देशबीच सीमा क्षेत्रलाई लिएर हालसम्म कुनै पनि विवाद भएको छैन । असंलग्न परराष्ट्र नीति अनुसार एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अँगालेका यी छिमेकी राष्ट्रहरू एक आपसमा ज्यादै ठूला र विश्वासिला मित्रराष्ट्र सावित भएका छन् । नेपाल-चीन मैत्री सम्बन्धको कुरा कोट्याउँदा धेरै पहिलेको समयतिर फर्किनु पर्ने हुन्छ । चीनबाट आएका मञ्जुश्रीले नै काठमाडौँ उपत्यकामा रहेको पानी फालेर बस्ती बसालेको कुरा नेपालको इतिहास सामु जगजाहेर छ । त्यस्तै नेपालकी राजकन्या भृकुटीको बिबाह तिब्बतका राजा स्रोङचोङ गम्पोसित भएपछि त कुटुम्बेरी सम्बन्धमा बाँधिन पुगेका नेपाल र चीन आफ्नो इतिहासलाई सक्रिय राख्न सक्षम भएका छन् । नेपालका नामी मूर्तिकार तथा कलाकार अरनिको (आनिक)ले चीनमा गएर नेपालको प्यागोडा शैलीको कलालाई चीन र विश्व सामु चिनाउने कामले गर्दा दुई देश बीचको मैत्री सम्बन्धमा झनै ठूलो योगदान रहन गएको छ । वलबाहू नेपाली नाम रहेका उनले अरनिको नाम चीनबाटै पाएका थिए । हाल पैचिङमा अरनिकोको पूर्ण कदको शालिक स्थापना गरिएको छ । भगवान शाक्यमुनि गौतम बुद्धका ज्ञानगुनका कुरा र बिचारधारालाई आज पनि चीनमा ज्यादै ठूलो आदर र सम्मानका साथ हेरिन्छ ।

    यो ऐतिहासिक सम्बन्धलाई दुई देशका जनता र संघसंस्था, सरकार र सरकार प्रमुखहरूले ज्यादै चासो र रुचिका साथ लिएका छन् । समय समयमा राष्ट्रप्रमुखहरूको मैत्रीपूर्ण भ्रमणले व्दैत सम्बन्धलाई अझै विशाल र गहन बनाएको छ । नेपालको शान्तिक्षेत्र प्रस्तावलाई चीनले समर्थन गर्नु , नेपालले तिब्बतलाई चीनकै अभिन्न अङ्ग मान्नु दुई देशका बिर्सन नसकिने देन हुन् । त्यस्तै चीनको सहयोगबाट नेपालमा विभिन्न क्षेत्रमा बिकास निर्माणका कार्यहरूले त चीन नै नेपालको एक आडिलो र भरोसायोग्य मित्रराष्ट्र सावित भएको छ । काठमाडौँको चक्रपथ, अरनिको राजमार्ग, काठमाडौँको ट्रलिबस सेवा, बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, पृथ्वी राजमार्ग, भृकुटी कागज उद्योग आदि चीनको सहयोगबाट सञ्चालित बिकास निर्माणका केही उदाहरण हुन् । यस्ता कार्यहरूको वर्णन गर्न थाल्ने हो भने यसको निम्ति छुट्टै ठेली तयार हुन जान्छ ।

    चीन र नेपाल भौगोलिक हिसाबले पनि धेरै कुराहरू मिल्दाजुल्दा छन् । दुवै देशका सीमा क्षेत्रमा अग्ला अग्ला हिमशिखरहरू रहेका छन् । विश्वको सर्वोच्च शिखर सरगमाथा(झ्यामलुङ्मा) पनि यहीँ पर्दछ । एक अर्काको साँस्कृतिक रीतिरिवाज आदान प्रदान पनि हुने गरेको तथा एक अर्काको सहयोग वृद्धिका निम्ति अध्ययन अनुसन्धान हुने गरेको पनि पाइएको छ । विकसित राष्ट्र चीन र बिकासन्मोख राष्ट्र नेपालका बीच धेरै कुराको समानता पाउन सकिन्छ । नेपालको उत्तरी सीमा भौगोलिक हिसाबले ज्यादै कठीन भए पनि यहाँका धेरै नाकाबाट नेपाल चीन व्यापार हुने गरेको छ । हालसम्म चारवटा नाकाबाट औपचारिक व्यापार भइरहेको भए पनि अब चाँडै दुईवटा नयाँ नाकाहरू खोल्ने कुरामा दुवै देशका अधिकारीहरूले हस्ताक्षर गरिसकेका छन् । चीनमा बनेका सामानहरू नेपालीहरूले ज्यादै मन पराउने गरेका र नेपाली हस्तकला तथा अन्य सामाग्रीहरू चीनमा ज्यादै लोकप्रिय मानिन्छन् ।यसरी ऐतिहासिक, भौगोलिक, साँस्कृतिक, धार्मिक, सामाजिक, आर्थिक, राजनीतिक, व्यापारिक हरेक क्षेत्रबाट ज्यादै नजिकका मित्र रहेका नेपाल र चीन परम्परादेखि लिएर आज र अनन्तसम्म मित्र नै रहने छन् । यस मैत्री सम्बन्धलाई अझ कसिलो र न्यानो बनाउन चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सि.आर.आई.) नेपाली सेवाको महत्वपूर्ण भूमिका रहेको छ ।

(बाँकी अंश अर्को पटक. . .)