• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2004-06-06 16:00:22    
एक विशेष उपहार 1 (दोस्रो भाग)

cri

    1.2 चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको स्थापना :

    आजको युग भनेको वैज्ञानिक युग हो । विज्ञानको विभिन्न आविस्कारले दिनानुदिन यस संसारलाई सरल र साँगुरो बनाइरहेको छ । यस परिप्रेक्ष्यमा सञ्चारका साधनहरूको महत्वपूर्ण भूमिका रहँदै आएको कुरा सर्वविदितै छ । पत्रपत्रिका, टेलिभिजन, रेडियो, टेलिफोन आदि वैज्ञाननिक साधनहरूले श्रोता, दर्शक तथा पाठकहरूलाई कहाँ के भइरहेको छ भन्ने कुराको ज्ञान दिलाउँछ । यी सञ्चारका साधनहरूले विश्वको कुन कुनामा के भइरहेको छ भन्ने कुरा यसका उपभोक्ताहरूलाई छर्लङ्ग बनाइदिन्छन् । स्वास्थ्य सल्लाह, महत्वपूर्ण सूचना, व्यापारिक विज्ञापनहरू, सरकारका निर्णयहरू जनताका सामु लान होस् वा वैज्ञानिक, धार्मिक, राजनीतिक, सामाजिक, भौगोलिक, साँस्कृतिक, आर्थिक आदि क्षेत्रका घटनाहरूलाई विश्लेषण गर्न होस् वा पाठक र दर्शकहरू सामु लान होस् सञ्चार माधयमकै विशिष्ट भूमिका रहेको हुन्छ । पाठक, श्रोता वा दर्शकहरूको रुचि अनुसार प्रसारण तथा प्रकाशन गर्नु नै सञ्चार क्षेत्रको प्रथम काम हुन आउँछ । सञ्चारका विभिन्न साधनहरूमध्ये रेडियो प्रसारण सबैभन्दा भरपर्दो, विश्वासिलो, सरल तथा सुगम भएको छ । भौगोलिक असमानताका क्षेत्रमा पनि रेडियो सजिलैसँग सुन्न सकिने, बोकेर एक ठाउँबाट अर्को ठाउँमा सजिलै लान सकिने, यसलाई सुन्नका लागि छुट्टै एन्टेना अथवा डिक्सको आवश्यकता नपर्ने आदि कुराले गर्दा नै रेडियो प्रसारण आज विश्वमा नै लोकिप्रय हुँदै आएको छ ।

    यसै परिप्रेक्ष्यमा विभिन्न देशमा रेडियो प्रसारण केन्द्रहरू (रेडियो स्टेशन) खोल्ने क्रममा चीनमा सन् 1941डिसेम्बर 3मा उत्तरी शान्षी नयाँ रेडियो सेवाको नामले प्रसारण शुरु भयो । सन् 1978मे 1 देखि यसलाई रेडियो पैचिङ भनी नामकरण गरियो । आफ्नो कार्यक्रमहरू प्रसारण गर्दै जाँदा विभिन्न समस्याका बाबजुद विभिन्न वैदेशिक भाषामा पनि रेडियो पैचिङ प्रसारण शुरु भयो । 1993जनवरी 1 देखि रेडियो पैचिङबाट चिनियाँ अन्तर्राष्ट्रिय रेडियो अर्थात् सि.आर.आई. भनेर नामकरण गरियो । हाल चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सि.आर.आई.) ले विभिन्न 38वटा वैदेशिक भाषा र पाँचवटा स्थानीय चिनियाँ भाषाहरूमा प्रसारण सेवा उपलब्ध गराउँदै आएको छ । यसरी जम्मा 43वटा भाषामा दैनिक 170घण्टा प्रसारण सेवा दिने सि.आर.आई. वैदेशिक प्रसारण सेवा दिने एक मात्र सरकारव्दारा सञ्चालित रेडियो हो । प्रसारण समय र भाषाका दृष्टिले यो विश्वको दोस्रो स्थान ओगटेको रेडियो स्टेशन हो ।

    यस रेडियोको उद्देश्य "संसारका विभिन्न देश र क्षेत्रमा रहेका श्रोताहरूलाई चीनको विगत र वर्तमान परिस्थितिका विषयमा अवगत गराउनु, चीन सरकारको गृह तथा परराष्ट्र नीतिलाई स्पष्ट पार्नु अनि चीनका विषयमा विश्वका जनताको जानकारीमा अभिवृद्धि गर्दै मानवीय प्रगति र विश्वशान्तिको प्रवर्द्धन गर्नु हो।"

    1.3 नेपाली सेवाको स्थापना र बिकास :

    सन् 1975 जुन 25 तारिकमा तत्कालीन रेडियो पैचिङले आफ्नो नेपाली प्रसारण सेवा पनि शुरु गर्यो । यस सुखद घडीमा अत्यन्तै उत्साही र जाँगरिला चिनियाँ विद्यार्थीहरू जसले नेपाली भाषा सिकेका थिए, उनीहरूको क्षमतालाई सदुपयोग गर्दै शुरु गरिएको प्रसारण शुभारम्भको वर्षमा जम्मा 88 जना श्रोताहरूले यस विभागमा पत्राचार गरेका थिए । यो घटनालाई कहिल्यै पनि नबिर्सने र सँधै प्रेरणाको स्रोतका रुपमा लिने तत्कालीन नेपाली विभागका सञ्चालकहरू कार्यक्रमलाई अझै लोकप्रिय, सुमधुर र परिष्कृत पार्नका लागि निरन्तर प्रयासमा लाग्नुभयो । यही प्रयास र मिहिनेतका कारण हाल सि.आर.आई. नेपाली सेवाले धेरै उपलब्धी हासिल गरिसकेको छ । बिस्तारै बिस्तारै नेपाली श्रोताहरूका कानमा चिनियाँ रेडियो प्रसारण घन्कन थाल्यो ।

    चिनियाँ सञ्चारकर्मीको मीठो र सुमधुर बोलीमा बज्ने नेपाली सेवाले दिनानुदिन लोकप्रियता हासिल गर्दै गयो । हाल यसले आफ्ना गौरबमय 28 वसन्त पार गरिसकेको छ । नेपाल अधिराज्यभरका 1 लाखभन्दा बढी श्रोताले यो रेडियोमा पत्राचार गर्ने गर्छन् भने अधिराज्यभर छरिएर रहेका झण्डै पाँचसय श्रोता क्लबहरू रहेका छन् ।

    नेपाल बाहिर रहेका नेपाली भाषीले पनि सि.आर.आई.को नेपाली कार्यक्रम सुनेर पत्राचार गर्ने गरेका छन् । खाडी क्षेत्र, भारतको पश्चिम बंगाल, सिक्किम, म्यामार, भूटान तथा अन्य विभिन्न क्षेत्रमा रहेका नेपालीहरूले पनि सि.आर.आई.को नेपाली कार्यक्रम सुनेर पत्राचार गर्ने गरेका छन् ।

    सि.आर.आई.को नेपाली सेवाले 28 वर्षको अनवरत यात्रामा थुप्रै अनुभवहरू सँगालेको छ । सि.आर.आई.को नेपाली कार्यक्रम प्रत्येक बेलुकी 8:45देखि 9:15 सम्म आधा घण्टा प्रसारण हुने गर्दथ्यो । त्यही कार्यक्रमलाई दोहोर्याएर 9:15देखि 9:45सम्मको दोस्रो प्रसारण हुने गर्दथ्यो । तर यसले नेपाली श्रोताहरूको चाहनालाई ध्यानमा राखेर आफ्नो प्रसारण समयलाई लम्ब्यायो । 2003को अगस्ट 5 तारिखदेखि प्रत्येक बेलुकी 7:45देखि 8:45सम्म एकघण्टाको पहिलो कार्यक्रम र सोही कार्यक्रमलाई 8:45देखि 9:45सम्म दोहोर्याउन थालियो । यतिमात्र गरिएन , बेलुकी रेडियो सुन्न नभ्याउने श्रोताहरूका लागि बेलुकी प्रसारण भएको कार्यक्रमलाई प्रत्येक दिन बिहान 8:15देखि 9:15सम्म पुन: दोहोर्याएर प्रसारण गर्न पनि थालियो।

    श्रोताहरु, अर्को बुधवार "श्रोता सहभागिता" कार्यक्रममा श्री चेतनाथ आचार्यले सि.आर.आई.व्दारा सञ्चालित "चीनको पश्चिमी सांस्कृतिक यात्रा" ज्ञानविज्ञान प्रतियोगिताका लागि तयार पार्नुभएको पुस्तिकाका अरु विषय प्रस्तुत गरिनेछ। त्यो पनि सुन्नुहुन हार्दिक अनुरोध छ। होस् त आजको कार्यक्रमबाट संचालक सु हाओलाई विदा दिनुहोस्। नमस्कार।