• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2004-06-07 16:39:20    
काम गर्नु चाहेमा सबभन्दा राम्रो काम गर्नु(क)

cri

          

     यो चिनियां अन्तराष्ट्रिय रेडियोको नेपाली सेवा हो । प्रिय श्रोताहरु आजको नियमित कार्यक्रम अर्थ जगत्मा म संचालक लिउ होंग स्यांगको नमस्कार । आजको कार्यक्रममा म काम गर्नु चाहेमा सबभन्दा राम्रो काम गर्नु पर्ने विष्यबारे केही जानकारी गराउदैछु । आज त्यसको अघिल्लो भाग प्रस्तुत गर्नेछु।

        चीनमा "वा हा हा "मार्काको पेय पदार्थ थाहा नभएको मानिस झण्डै छैन । चिनियांहरुले खाएका पेय पदार्थहरुमध्ये हरेक ६ बोटलमा यौटा चाहिं "वा हा हा "मार्काको हो । चीनको दशौं राष्ट्रिय जन कांग्रेसको दोस्रो महाभिवेशनमा सहभागी च च्यांग प्रान्तको प्रतिनिधि मण्डलमा मैले "वा हा हा " समूहका महाप्रबन्धक चोंग छिंग हौसंग भेटें । उहां नम्र स्वभावका र हंसिला मानिस हुनुहुन्छ । उहां मानिसहरुको कल्पनामा रहेको ठूलो साहुको स्वभावसंग विल्कुलै मिल्नुहुन्न ।

        "वा हा हा " समूहको स्थापना ०७ वर्षभन्दा अघि भएको थियो। त्यस बेलाको सिंहावलोकन गर्दा श्री चोंग छिंग हौले भन्नुभयोः त्यसबेला , हामीहरु त सानो स्कूलव्दारा उद्योगको संचालन गरेका थियौं , अरुका लागि जुस र आइस क्रिमको एजेन्ट बनेर एकेक पैसाको मात्रामा कारोवार गर्न थालेका थियौं । मलाई राम्रो याद छःत्यस बेला मेरो एक बोक्सका आइसक्रिमको दाम ४ चिनियां युआन् थियो। एक बोक्सका आइसक्रिम बेचेपछि केही पैसा मात्र कमाउंथें । त्यो बोक्सका आइसक्रिम रेक्साव्दारा अरुलाई पुर्‍याइएको थियो । यस्तो सानो कारवार पनि हामीले परिश्रमसाथ गरेका थियौं ।

        श्री चोंग छिंग हौको पहिलो ठूलो सम्पत्ति "वा हा हा" नामको बाल पोषक रसको विकास गरेर कमाइएको हो । श्री चोंग छिंग हौले मलाई बताउनुभयोः हामीहरुले सर्वसाधारणले बालकबालिकालाई निकै माया गरेकाले बालक बालिकाले खानेकुरालाई निकै छानेर खाने , अपोषिलो र भात खान मन नपराउने अवस्था पत्ता लगाएका थियौं । यसैले हामीले धेरै प्रख्यात विशेषज्ञहरुलाई निम्त्याएर एक किसिमको पोषिलो रसको अनुसन्धान गरी उत्पादन पनि गरिसकेका थियौं । जसले धेरै बालकबालिकाहरु भात खान मन नपराएका समस्याको समाधान गरेको थियो र निकै सफलता पनि पाएको थियो । यसैकारण राष्ट्रभरि त्यो खाद्यपदार्थको बेस्सरी बिक्री गरिएको थियो । हालसम्म पनि चीनमा धेरै मानिसहरुलाई याद छ कि "वा हा हा पिएपछि भात खान मन पराउंछ" यो विज्ञापनको भाषा , वास्तवमा एक पुस्ताका बालकबालिकाले मेरो उत्पादन वस्तुबाट फाइदा पाएका थिए ।

        त्यसपछि "वा हा हा " त खूब नाम चल्न थाल्यो । त्यसको उत्पादन कम रहेको थियो उता त बजारमा त्यसको मांग निकै बढ्यो ।यसैले श्री चोंग छिंग हौले आफ्नो व्यवसायलाई ठूलो र शक्तिशाली बनाउन थाल्नुभयो ।

        यसैकारणले हामीहरुले त्यसबेला यौटा टीनबन्द खाद्यपदार्थ कारखानालाई गाभेका थियौं । उक्त कारखानालाई गाभिसकेपछि हाम्रो व्यवसायको परिणाम ठूलो भयो । त्यसपछि हामीहरु पनि पेय पदार्थको उद्योगमा प्रवेश गरी "वा हा हा "नामको दुध सम्बन्धी पेय पदार्थको उत्पादन गर्न थालेका थियौं । अनि विस्तारै विस्तारै हामीहरुले आफ्ना उत्पादनलाई क्रमबद्ध पारेका थियौं ।

            यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो । श्रोताहरु, तपाईँहरु सुन्दै हुनुहुन्थ्यो: काम गर्नु चाहेमा सबभन्दा राम्रो काम गर्नु पर्ने विषयको बारेमा केही जानकारीको अघिल्लो भाग। नमस्कार ।