• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2004-06-08 16:34:34    
पैचिङ्गस्थित स्कूलमा पढिरहेका एक जना तिब्बती ठिटा कामाजासीबारे केही जानकारीको दोस्रो भाग

cri

          गुरु र सहपाठीहरुको हेरचाहमा कामाजासी छिटै नै स्कूलको जीवनसँग अनुकूल मिल्न गए। उनले भने अनुसार पैचिङ्ग तिब्बती माध्यमिक स्कूलमा सामान्य माध‌यमिक स्कूलमा निर्धारित पाठ्यक्रमहरुका अलावा विशेष गरी तिब्बती भागा पढाउने पाठ्यक्रम पनि मिलाइराखिएको छ। यहाँका विद्यार्थीहरु आफ्नो रुचि बमोजिम प्रवचन नाटक कम्युटर, नाच, बुद्धिचाल र खेलकूद जस्ता समूहहरुमा हुन पाउँछन्। अहिले कामाजासीले आधारभूत पाठ्यक्रमहरुका विषयमा ठूलो प्रगति हासिल गरेका छन् नै, कम्प्युटर समूहको कार्यक्रमबाट अफिस सोफ्टवेयरको प्रयोग लगायतको ज्ञान पनि पाएका छन्। उनले पहिलेको तीतो-मीठो अनुभवको पुनरावलोकन गर्दै भने:

             "शुरु शुरुमा मेरो पढाईको आधार र तरिकाको कारणले निकै मेहनत गरेता पनि मेरो उपलब्धि त्यति राम्रो थिएन। त्यसैले मैले माथिल्लो कक्षाका विद्यार्थीहरुबाट पढाईको उपायबारे सिकेको थिएँ भने स्पष्टसँग थाहा नपाएका विषयबारे बेलाबखतमा गुरुहरुसँग सोध्ने गरें।"

          यसका साथै उनले अध्ययनमा असल बानी पनि बसालेका छन्। हरेक बिहान ६ बजेतिर उनले उठेपछि अँग्रेजी र हान भाषाको उच्चारणको अभ्यास गर्छन्। त्यसपछि बिहान र दिउँसोको क्लासमा उनले ध्यानपूर्वक सुन्ने गर्छन् भने रातमा सोही दिनमा सिकेका ज्ञानहरुको गृहकार्य गर्दछन्। यसरी कामाजासीको पढाई झन् झन् राम्रो हुँदै आएको छ।

             आफ्नो जन्मथलोदेखि टाढिएर बसेका ती विद्यार्थीहरुलाई पैचिङ्ग तिब्बती माध्यमिक स्कूलमा पनि आफ्नो परिवारको जस्तो न्यानो अनुभव महसूस हुन सक्ने उद्देश्यले सो स्कूलले खाने र बस्ने क्षेत्रमा राम्रो व्यवस्था मिलाइदिएको छ।

             यसका अलावा तिब्बती जातिको परम्परातग चाड मनाइने उपलक्ष्यमा सो स्कूलले विविध कार्यक्रमको आयोजना गर्दछ। शिक्षक-शिक्षिका र विद्यार्थीहरुले परम्परागत खाना पकाएर खुला मैदानमा आगोको वरिपरि नाचगान गर्दै सँगसँगै रमाइलो गर्दछन्। साथै हान जातिको परम्परागत उत्सव-बसन्त चाडमा गुरुहरुले विद्यार्थीहरुलाई आफ्नो घरमा बोलाएर खाना खुवाउने गर्दछन् र आफ्ना छोराछोरी जस्तो सम्झेर उपहार पनि दिने गर्दछन्।

              यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। आजको कार्यक्रममा तपाईंहरुले कामाजासी नामक एकजना तिब्बती ठिटाको वास्तविक कथाको दोस्रो भाग पढ्नुभयो। अर्को पटकको चीनको तिब्बत कार्यक्रममा म निरन्तर रुपमा तपाईंहरुलाई उनको बारेमा केही जानकारी दिनेछु। आजको चीनको तिब्बत यत्ति नै । कार्यक्रमबाट वर्षालाई पनि बिदा दिनुहोस्, नमस्ते।