• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2004-06-08 16:34:34    
आदर्श महिला अपाँग श्रीमती चाङ्ग हाई तीको बारेमा जानकारी

cri

            यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोताहरु, दशौँ चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलनको पाँचौँ सम्मेलन गत मार्च महिनामा पैचिँगमा सम्पन्न भएको थियो। त्यस सम्मेलनमा गुड्ने कुर्सीमा बसेर सहभागी हुन आएकी एकजना महिला प्रतिनिधि विशेष आकर्षक देखिन्थिन्। उनले रातो स्वीटर र ठूलो फ्रेमको चश्मा लगाएर अनुहारमा सँधै नै हँसिलो मुद्रा लिएकी हुन्थिन्। उनको नाउँ चाँग हाई ती हो। उनी चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिकी सदस्या हुन्। उनी एकजना अपाँग भएपनि 80 को दशकमा जन्मेर हुर्कँदै आएको चिनियाँ युवा पुस्ताको आदर्श नमुना व्यक्ति बनेकी छिन्। आजको चीनका महिलाहरु भन्ने नियमित कार्यक्रममा म तपाईंहरुलाई श्रीमती चाङ्ग हाई तीको बारेमा जानकारी गराउन चाहन्छु।

           श्रीमती चाङ्ग हाई तीको जन्म सन् 1955 मा भएको थियो। 5 वर्षकी हुँदा उनलाई मेरुदण्डको रक्त नलीमा ट्यूमर भएकोले अपाँग भएर छातीभन्दा मुनिको भाग चल्न नसक्ने भयो। तर उनले त्यस्तो भयँकर रोगसँग जुध्दै जीवन र जीवनीप्रति पूर्ण विश्वास आस्था र आशा सँगालेकी छिन्।

           उनले कुनै पनि विद्यालयमा गर्ना नभए पनि प्राथमिक स्कूलर माध्यमिक स्कूलका विद्यार्थीहरुले पढ्नुपर्ने सबै पाठ्यपुस्तकहरु स्वाध्ययनव्दारा पढिसकेकी छिन्। साथै विश्वविद्यालयका अँग्रेजी पढ्ने विद्यार्थीले जान्नुपर्ने कुरा पनि सिकेकी छिन्। यसको अतिरिक्त उनले जापानी भाषा, जर्मन भाषा र एस्पेरेन्तो भाषा पनि ससकेकी छिन्। अहिलेसम्म उनले धेरै रचनाहरु लेखेर अनि विदेशी भाषाका किताबहरुको उल्था गरेर प्रकाशित गरिसकेकी छिन्। आफूलाई रोग लागेकोले तनमन लगाएर धेरै चिकित्काशास्त्रका किताबहरु पनि पढेकी छिन्। उनले आफू सिकिसकेको चिकित्साशास्त्रका ज्ञान र आक्युपँचर शिपव्दारा वरिपरिका विरामीहरुलाईसमेत सहयोग पुर्‍याएकी छिन्। 80 को दशकमा उनले आफ्नो डर लाग्दो रोगको वास्तै नगरी आत्म शक्ति र मनोबल देखाएका आदर्श हृदयस्पर्शी कुराहरु निकै चर्चामा थिए। त्यसले मानिसहरुलाई निकै प्रभावित तुल्याएको छ।

           श्रीमती चाङ्ग हाई तीले चीन जन राजनैतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिकी सदस्या भन्ने आफ्नो यस पदलाई निकै महत्व दिएकी छिन्। उनले भनिन्-

           " चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको स्थायी समितिकी एकजना सदस्या भएर मलाई गौरव र स्वभिमान छ। मैले यस हैसियतमा मपाँगहरु र बूढाबूढी तथा असहाय केटाकेटीहरुको प्रतिनिधित्व गर्दै राय सुझावहरु प्रस्तुत गर्ने सुअवसर पाएकी छु। "

            मार्च 3 तारिखका दिन दशौँ चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको पाँचौँ महाधिवेशन शुरु भएकै दिन थियो। त्यस दिन ठूलो र चिसो हावा चलेर हावापानि निकै खराब थियो। तर श्रीमती चाङ्ग हाई ती गुड्ने कुर्सी चढेर उनलाई विशेष रुपमा मिलाइएको एउटा गाडीमा बसेर ठीक समयमै सभा गृहमा पुगिन्। यलकी बहिनी चाङ्ग स्याओ श्वेले उनको हेर विचार पुर्‍याउने जिम्मा लिएकी छिन्। पत्रकारलाई उनले भनिदिइन्- सामान्यतया महाधिवेशन दुई घण्टाभन्दा बढी सपयसम्म बस्ने गर्दछ। फेरि बस्ने होटेलदेखि सभास्थलसम्म आउने समय लगाएर 3/4 घण्टा लाग्थ्यो। सामान्य मानिसका लागि पनि यत्रो लामो समयसम्म बसेपछि थकाई लागिहाल्छ। उनका लागि झन् कस्तो गाह्रो लाग्ला भन्ने कुरा स्पष्टसँग बुझिन्छ। तर उनी त सम्मेलन नटुँगिकन कहिले पनि सभागृहबाट बाहिर निस्किनन्। उनले बारम्बार भन्थिन्-जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिको सदस्को आफ्नो जिम्मेवारी हुन्छ। उनी निष्ठापूर्वक विभिन्न विषयका प्रतिवेदन सुनेपछि मात्र कुरा बुझेर सरकारसमक्ष ठीक राय सुझाव अघि सार्ने गर्थिन्।

           हरेक वर्ष आयोजित हुने महाधिवेशनको अवधिमा श्रीती चाङ्ग हाई तीले आफ्नो तर्फबाट सुझावहरु प्रस्तुत गर्ने गर्दथिन्। विगत 3 वर्षभित्र उनले आफ्नै तर्फबाट अथवा अरु सदस्यहरुसँगसँगै मिलेर महाधिवेशनसमक्ष 20 थानभन्दा बढी सुझावहरु प्रस्तुत गरिसकेकी छिन्। यसमा मुख्यतः अपाँगहरुको सुविधा र सहुलियतलाई माथि उकासिनेने विषयसँग सम्बन्धित खालका थिए। तीमध्येका अधिकाँशहरुलाई सरकारले महत्वपूर्ण दृष्टि पुर्‍याएर सुधार गरेको छ।

           गत वर्ष उनले पेश गरेको यौटा प्रस्तावमा छिटोभन्दा छिटो विमानस्थल, रेल्वे स्टेशन, जहाज, पसल आदि सार्वजनिक ठाउँहरुमा अन्धाहरुका लागि बाटो बनाउने, गुड्ने कुर्सी आदि सजिसैसँग पार गर्न सकिने साधनको बन्दोबस्त मिलाउने सुझाव व्यक्त गर्नुभएको थियो। सो प्रस्ताव प्रस्तुत गरिएको 1 महिलापछि नै चिनियाँ निर्माण मन्त्रालयले आदेश दिएर छिटै व्यवहारमा उतार्ने बचन दिएको थियी। वास्तवमा उक्त प्रस्तावलाई व्यवहारमा उतारि पनि सकिएको छ। यस पालि श्रीमती चाँ हाई तीले विशेष गरी ती ठाउँहरुको निरीक्षण गरेकी थिइन् र उनलाई निकै सन्तोष लागेको छ। यस पटकको महाधिवेशनमा उनले फेरि केटाकेटीहरु हुर्कने विषयक 5 वटा प्रस्तावहरु अघि सारेकी थिइन्। 

           श्रीमती चाङ्ग हाई ती एकजना आशावादी र भावपूर्ण व्यक्ति हुन्। उनले पत्रकारलाई भनिदिएकी थिइन्- उनको घर पैचिँगमा नभएको हुनाले महाधिवेशन आयोजित भएको अवधिभित्र उनले दिनदिनै बेलुकी आफ्नो श्रीमानसँग ट्रँकल गरेर लामो कुराकानी गर्ने गरेकी थिइन्। उनीहरुको विहे भएको 15/16 वर्ष भइसकेको छ तर पनि उनीहरु दुवै दम्पतिबिचको माया प्रेमको आगो जहिले पनि दुलहा दुलहीको वेलामा झैँ बलिरहेको छ।

           यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। श्रोताहरु, भरखरै मैले तपाईंहरुलाई आदर्श अपाँग श्रीमती चाँग हाई तीको बारेमा केही जानकारी गराएकी थिएँ। चीनका महिलाहरु भन्ने आजको यो नियमित कार्यक्रम यहीँ समाप्त भयो । कार्यक्रमबाट छाङ्ग होलाई विदा दिनुहोस्। नमस्ते।