
चीनमा आएर चिनियाँ भाषा सिक्नु ती विद्यार्थीहरुको उद्देश्य हो। हालसम्म चीनमा पढिरहेका ती विद्यार्थीहरुमध्ये साठी प्रतिशतले चिनियाँ भाषा सिकिरहेका छन्। चीनमा हान् जातीय भाषा सिक्ने प्रणाली निकै लचिलो छ। केही महिना वा केही सातासम्मको छोटो समयको कक्षाका साथै चार वर्षसम्म लेक्चर सुन्नुपर्ने विश्वविद्यालयको स्नातक स्तरको कक्षा पनि छ। चीनले बाहिरका ती विद्यार्थीहरुका लागि निकै स्तरयुक्त विभिन्न विषयका चिनियाँ भाषाका पाठ्यक्रम बनाएको छ । विश्वविद्यालयहरुले पनि ती विद्यार्थीहरुको भिन्नै स्तर अनुसार अंग्रेजी र चिनियाँ भाषा वा चिनियाँ भाषाद्बारा मात्र सिकाउने गरेका छन् ।
चीनमा चिनियाँ भाषा सिक्दा धेरैजसोले त विश्वविद्यालयमै सिक्नुहुन्छ। हालसम्म चीनका तीन सय भन्दा बढी विश्वविद्यालयले चिनियाँ भाषा सिक्ने बाहिरका विद्यार्थीहरुको भर्ना लिएका छन्। विद्यार्थीहरुले आफ्नो अवस्था अनुसार प्रत्यक्ष रुपमा विश्वविद्यालयसित सम्पर्क राख्न सक्छन्।

चीनले सन् 1992 देखि चिनियाँ भाषाको " टोर्फर"कहलिने चिनियाँ भाषाको स्तर सम्बन्धी परीक्षाको व्यवस्था मिलाएको छ । त्यसमा विभिन्न स्तरमा विभाजित गरिएको छ भने जसबाट ती विद्यार्थीहरुको चिनियाँ भाषाको स्तरको मूल्यांकन गर्न पाइएको छ। अचेल यो परीक्षा चीनमा मात्र छैन विश्वका अठ्ठाइस वटा मुलुक र क्षेत्रमा दर्जनौं परीक्षा केन्द्रको स्थापना गरिएको छ।
चीनको विश्वविद्यालयमा पढ्नका लागि तदनुरुपको लेख-पढको क्रमावधि र चिनियाँ भाषाको स्तरको आवश्यकता पर्छ। विभिन्न विश्वविद्यालयको माग अनुसार परीक्षा पनि लिनु पर्छ । विद्यार्थीहरुले चीनका विश्वविद्यालयको वेभसाइट मार्फत सम्पर्क राख्न सक्दछन् । भर्नाको हैसियम पाएमा चीनमा आउने सम्बन्धित कुरा मिलाउन निकै सजिलो हुन्छ। हाल चीनमा तीन सय वटा भन्दा बढी विश्वविद्यालयले बाहिरका विद्यार्थीहरुलाई ग्रहण गर्न सक्दछन् ।
चीनका विश्वविद्यालयमा पढ्नका लागि चाहिने शुल्क निकै कम छ साथै विश्वविद्यालय र अध्ययनको विषय अनुसार शुल्क फरक-फरक छ। हालसम्म सामान्यतः एक वर्षमा लगभग बीस हजार चिनियाँ युआन् लाग्छ।

चीनले बाहिरका विद्यार्थीहरुलाई चीनमा पढ्न आकर्षित गर्ने कुरालाई निकै महत्व दिएको छ र त्यसलाई विश्व शिक्षामा चीनको स्थानलाई बढाउन तथा विश्वमा पहिलो दर्जाका विश्वविद्यालयको स्थापना गर्नका लागि आवश्यक विभिन्न कदमहरुमध्ये एक ठानेको छ । चीनले बाहिरका अरु बढी विद्यार्थीहरुलाई आकर्षित गर्न अनेकौं कदम चाल्दै अध्ययनको वातावरणलाई राम्रो पार्नेछ। अझ विशेष गरी स्नातकोत्तर तहका विद्यार्थीहरुलाई चीनमा अध्ययन गर्न आउनका लागि स्वागत गरिएको छ।
|