• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-05-11 14:57:20    
चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको स्थापनाको प्रारम्भिक अवधिको सिंहावलोकन

cri Author: वर्षा

        यस वर्ष चिनियाँ अन्तर्राष्ट्रिय रेडियो— सी. आर. आई.को स्थापनाको पैंसट्ठीयौं वार्षिकोत्सव पर्दछ। चीनको एक मात्र अन्तर्राष्ट्रिय रेडियोका रुपमा रहेको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको स्थापना कसरी भएको थियो? त्यसको विकासको बाटो कस्तो छ? आजको ज्ञान-विज्ञान प्रतियोगिता अन्तर्गत हामी इतिहासको सिंहावलोकन गर्दै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको स्थापनाको प्रारम्भिक अवस्थाबारे जानकारी लियौं।

         सर्वप्रथम, म दुइवटा प्रश्न राख्न चाहन्छु। पहिलो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका प्रथम सञ्चालिका को हुनुहुन्थ्यो? र दोस्रो, सन 1950 को अप्रिलमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नाम के थियो? यी दुइवटा प्रश्नको उत्तरका लागि यस कार्यक्रम ध्यानपूर्वक सुन्नुहोस है।

        गत शताव्दीको चालीसको दशकको प्रारम्भमा चीनले जापानी अतिक्रमणको सामना गरिरहेको थियो। चिनियाँ कम्युनिष्ट पार्टी तथा त्यसको नेतृत्वमा रहेको सशस्त्र सेना जापानी अतिक्रमण विरोधी चिनियाँ युद्धका महत्वपूर्ण शक्ति बनिसकेका थिए। जापानी अतिक्रमण विरोधी प्रचार-प्रसारका उद्देश्यले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले उत्तर-पश्चिमी चीनमा पर्ने यान आन शहरमा यान आन सिन्व्हा रेडियोको स्थापना गरेको थियो। तिनताका त्यस रेडियोले देशभित्र र बाहिरको परिस्थितिबारे विश्वलाई जानकारी दिनुका साथै जापानी अतिक्रमणको प्रतिकार संयुक्त रुपमा गर्न स्वदेश तथा विदेशका विभिन्न सामाजिक क्षेत्रहरुलाई आव्हान गर्नेगरेको थियो। सन 1941 को डिसेम्बर तीन तारिखदेखि त्यस रेडियोले चीनमाथि आक्रमण गरिरहेको जापानी सेनाका लागि जापानी भाषामा प्रसारण गर्न शुरु गरेको थियो। त्यति बेला रेडियोको स्टुडियो एउटा सजिलो गुफा थियो। पछि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण शुरु भएको दिन सन 1941 को डिसेम्बर तीन तारिखलाई तोकिएको छ। त्यस रेडियोका प्रथम सञ्चालिकाको नाम हारा कियोशी हो। उहाँ जापानी अतिक्रमण विरोधी चीनको संघर्षमा संलग्न महिला सैनिक हुनुहुन्थ्यो।

         गत शताव्दीको पचासको दशकमा जापानबाट चीन फर्कनुभएका चिनियाँ प्रवासी लु रु फु लामो समयसम्म चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा जापानी भाषाको प्रसारण सेवामा कार्यरत हुनुभएको थियो। उहाँ त्यति बेला जापानी भाषाको प्रसारणको अवस्थाबारे स्पष्ट पार्दै हुनुहुन्छ। झण्डै सत्तरी वर्ष पुगिसक्नुभएका उहाँले, जापानी प्रसारणका सञ्चालिका हारा कियोशीले यान आनको गुफाबाट गर्नुभएको प्रसारण तिनताका जापानी अतिक्रमण विरोधी युद्धमा जापानी सेनामाथि प्रहारको एउटा महत्वपूर्ण हतियार बनेको थियो भन्नुभयो। यसबारे जानकारी दिंदै श्री लु रु फुले भन्नुभयोः

       "तिनताका सञ्चालिका हारा कियोशीले आफ्नो स्वरमा जापानी सैनिकहरुलाई युद्धको वास्तविकताबारे सुनाउने गर्नुभएको थियो जसले थुप्रै जापानी सैनिकहरुमा प्रभाव पारेको थियो। त्यसपछि हाम्रो रेडियोमा कार्यरत धेरै जापानी विशेषज्ञहरु पहिलेका जापानी सैनिक हुनुहुन्छ। मेरा एकजना गुरु मिचीयुकी ओगी पनि ती जापानी सैनिकहरुमध्येको एक हुनुहुन्थ्यो। पछि उहाँ चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको जापानी भाषा सेवामा कार्यरत हुनुभएको थियो।"

          सन 1947 को शुरुमा यान आन सिन्व्हा रेडियो चीनको ह पै प्रान्तको श जील्लामा सर्‍यो। त्यसपछि सोही वर्षको सेप्टेम्बर महिनामा सो रेडियोको अंग्रेजी प्रसारण शुरु भयो। अंग्रेजी प्रसारणका पहिला सञ्चालिका श्रीमती वै लिन हुनुहुन्थ्यो। हाल उहाँ बयासी वर्षीय हुनुहुन्छ। पहिलेको कुराबारे सिंहावलोकन गर्दै उहाँले हाँस्दै भन्नुभयोः

        "तिनताका हाम्रो स्टुडियो ह पै प्रान्तको श जिल्लाको एउटा गुफामा थियो। त्यसको संरचना निकै सजिलो थियो जसको ढोका पनि थिएन। कहिलेकाहीं हामीले रिकर्डिंग गर्दा बाहिर घुमेका गाई-बाख्राको आवाज पनि रिकर्ड हुन्थ्यो। तिनताका रिकर्डिंग मशिन थिएन। त्यसैले हामी कला-मण्डलीलाई त्यही निमन्त्रणा गर्थ्यौं, र कलाकारहरु माइक्रोफोन अगाडि बसेर प्रत्यक्ष रुपमा गीत गाउने गर्दथे।"

         प्रिय श्रोताहरु, सन 1949 मा जन-गणतन्त्र चीनको स्थापना गरियो। त्यसपछि पहिलेको यान आन सिन्व्हा रेडियो पनि राजनधानी पेइचिंगमा सर्‍यो र त्यसपछि त्यसको नाम पेइचिंग सिन्व्हा रेडियो राखियो। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारणमार्फत बाह्य संसारले चीनका बारेमा राम्रोसँग जानकारी पाउनसकेको छ।

         सन 1949 को अक्टोबर एक तारिखका दिन पेइचिंग सिन्व्हा रेडियोले नयाँ चीनको स्थापना समारोहको रिकर्डिंग गरी जन-गणतन्त्र चीनको स्थापनाको घोषणा बारे सारा विश्वलाई जानकारी दिएको थियो।

        नयाँ चीनको स्थापना भएपछि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले विश्वका विभिन्न मुलुकहरुसमक्ष चीन सरकारको नीति, चीनको राजनैतिक, आर्थिक तथा सामाजिक आदि क्षेत्रहरुमा देखापरेका परिवर्तन र विश्वका विभिन्न मुलुकहरुसितको आदान-प्रदान तथा सहयोगबारे जानकारी दिनेगरेको छ। यसबाट चिनियाँ जनता तथा विभिन्न मुलुकका जनता बीच जानकारी तथा मित्रताको प्रवर्द्धन गर्ने पुलको निर्माण गरिएको छ। यस शिलशिलामा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको पनि निकै विकास भएको छ।

 

         सन 1950 को अप्रिलदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियो "रेडियो पेइचिंग" मा परिणत भएको थियो। तिनताका दक्षिण-पूर्वी एशिया क्षेत्रका जनतालाई नयाँ चीनको अवस्था तथा चीनले कार्यान्वयन गर्ने स्वाधीन तथा स्वतन्त्र र शान्तिपूर्ण कुटनीतिबारे जानकारी दिने उद्देश्यले रेडियो पेइचिंगले एकै साथ भियतनाम, थाइल्याण्ड, इन्डोनेशिया तथा म्यान्मार भाषाको प्रसारण शुरु गरेर दक्षिण-पूर्वी एशियाली मुलुकका जनतालाई चीनको क्रान्तिबारे जानकारी दिनुका साथै राष्ट्रिय स्वाधीनताका लागि प्रयास गर्न तिनीहरुलाई प्रेरित गर्नेगरेको थियो।

        नयाँ चीनको स्थापनाको प्रतीक्षामा रहेका धेरै देशप्रेमी चिनियाँ प्रवासीहरु त्यसपछि स्वदेश फर्केका थिए। तीमध्ये श्री वांग शान चुंग पनि एक हुनुहुन्थ्यो। उहाँले म्यान्मार भाषाको प्रसारणको तयारी कार्यमा भाग लिनुभएको थियो। त्यसको पुनरावलोकन गर्दै उहाँले तिनताकाको अवस्था कठिन भए तापनि त्यति बेला आफूहरुले धेरै खुशीको अनुभव गरेको थियौं भन्नुभयो।

         त्यसपछि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले क्रमशः अरबी, खिस्वाहिली र स्पेनी आदि भाषामा प्रसार शुरु गरेर अरबेली मुलुक, अफ्रिका तथा लाटिन अमेरिका आदि मुलुकहरुसमक्ष समाजवादी चीनबारे जानकारी दिएर चिनियाँ जनता तथा तेस्रो विश्वका जनताहरु बीचको मित्रताको प्रवर्द्धनको कार्य शुरु गरेको थियो।

         सन 1965 सम्ममा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले विश्वका सत्ताइसवटा भाषा र चीनको हान जातिको भाषा तथा अन्य चार किसिमका स्थानीय भाषाहरुमा प्रसारण शुरु गरिसकेको थियो। त्यसको हरेक दिनको प्रसारण जम्मा अन्ठानब्बे घण्टा पुगेको थियो। त्यसरी चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण भाषा र समयको हिसाबले विश्वमा अघिल्ला स्थानमा पुगेको थियो। गत शताव्दीको सत्तरीको दशकको मध्यसम्ममा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोबाट जम्मा त्रिचालिस भाषामा प्रसारण गरिन्थ्यो। तीनमध्ये हाम्रो नेपाली भाषाको प्रसारण सन 1975 को जुन पच्चीस तारिखका दिनदेखि शुरु भएको थियो।

         मित्रहरु, सन 1978 देखि चीनमा सुधार तथा खुलापनको नीति लागू भएको सन्दर्भमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो पनि नयाँ विकासको अवधिमा प्रवेश गरेको छ। यसमा हाम्रो रेडियोले अझ धेरै गौरव हासिल गरेको छ। यस बारेको जानकारी यस पटकको ज्ञान-विज्ञान प्रतियोगिता अन्तर्गत अन्य कार्यक्रमहरुमा सुन्नुहोस् है।

         अब म आजका दुइवटा प्रश्न फेरि एक पटक दोहर्‍याउँछुः पहिलो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका प्रथम सञ्चालिका को हुनुहुन्थ्यो? र दोस्रो, सन 1950 को अप्रिलमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नाम के थियो? यी प्रश्नहरुको जवाफ पत्र वा इ-मेलमार्फत छिट्टै हामीलाई पठाउन म हार्दिक अनुरोध गर्दछु। र यसमा तपाईं विजयी हुनुहोस भन्ने मेरो हार्दिक शुभकामना छ। हवस्त, आजको कार्यक्रम यहीं पूरा हुन्छ। कार्यक्रमबाट म वर्षालाई पनि विदा दिनुहोस, नमस्ते।