• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-05-12 11:06:22    
"म र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो" ज्ञान-विज्ञान प्रतियोगिताको तेस्रो भाग —उज्ज्वल भविष्य

cri Author: हिमा

       प्रिय मित्रहरु, "म र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो"ज्ञान-विज्ञान प्रतियोगिता सम्बन्धी आजको कार्यक्रममा म हिमाको नमस्कार। यस अघिका दुइवटा कार्यक्रममा हामीले हाम्रो रेडियोको पैंसट्ठी वर्षको इतिहासबारे जानकारी गराएका थियौं। आज म भविष्यमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो— सि.आर.आइ.को विकासको लक्ष्यबारे अवगत गराउने छु।

 

        आजको कार्यक्रम शुरुहुनुअघि म, सर्वप्रथम यस कार्यक्रम सम्बन्धी दुइवटा प्रश्न प्रस्तुत गर्दैछु।

         एक, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले कुन मुलुकमा आफ्नो पहिलो एफ.एम.रेडियो स्थापित गरेको छ?

         दुइ, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोद्बारा सञ्चालित बेभ-साइटको नाम के हो?

          अब हामी आजको कार्यक्रमतिर लागौं।

          प्रिय मित्रहरु, तपाईंहरुलाई शायद थाहै छ होला, पहिले हाम्रा श्रोताहरुमध्ये अधिकांशले शर्टवेभमा हाम्रा कार्यक्रमहरु सुन्नेगर्नुहुन्थ्यो। तर विगत केही वर्षदेखि यस्तो अवस्थाको परिवर्तन आएको छ।

         सन् 2006को फेब्रअरी सत्ताइस तारिखको दिन, हाम्रो रेडियोका लागि एउटा महत्वपूर्ण दिन हो। त्यस दिन चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले केन्याको राजधानी नेरोबीमा सि.आर.आई.द्बारा सञ्चालित एफ.एम. 91.9 बाट औपचारिक रुपमा प्रसारण शुरु गरेको थियो।

         उक्त एफ.एम. सि.आर.आई.द्बारा विदेशमा स्थापित पहिलो एफ.एम. हो। यस स्टेशनबाट प्रसारण शुरु भएपछि हाम्रो रेडियोमा कार्यरत धेरै पुस्ताका मानिसहरुको कल्पना पूरा भएको छ।

         विगत 65 वर्षको अवधिमा हाम्रो रेडियोले विदेशका लागि 38 किसिमका भाषा र चिनियाँ भाषा फु थुङ ह्वा एवम् चार किसिमका चिनियाँ स्थानीय भाषामा प्रसारण गर्दैआए तापनि कार्यक्रम प्रसारणको समय तथा प्रसारण क्षेत्र, प्रसारणको तरिका र प्रविधिका कारण सिमित हुनपुगेको छ। केन्यामा एफ.एम.को स्थापना गर्नु हाम्रो रेडियोका श्रोताहरुको नजिक आउने र स्थानीय विकास रणनीतिलाई व्यवहारमा उतार्ने महत्वपूर्ण कदम हो। हाम्रा रेडियोका निर्देशक वाङ कङ नेन हाम्रो रेडियोको आगामी पाँच वर्षको विकास योजनाबारे जानकारी दिँदै भन्नुहुन्छः

          "सि.आर.आई.ले आगामी पाँच वर्षमा विदेशमा एक सयवटा एफ.एम.स्टेशन एवम् मिडियम वेभ स्टेशन खडा गर्ने योजना बनाएको छ जसबाट एशिया, अफ्रिका, ल्याटिन अमेरिका आदि क्षेत्रका विकासोन्मुख मुलुकहरु एवम् उत्तर अमेरिका र यूरोपेली मुलुकहरुमा हाम्रो प्रसारण क्षेत्रको विस्तार प्रभावकारी रुपमा गर्न सकियोस। यसका साथै यसो गर्दा ती क्षेत्रका लागि प्रसारित कार्यक्रमहरु अरु क्षेत्रगत भई तीनीहरुको गुणस्तर पनि उकासिने छ। यसो भएमा विदेशका हाम्रा अधिकांश श्रोताहरुले अझ बढी रुचीका साथ हाम्रा कार्यक्रमहरु सुन्नपाउनुहुने छ। यसरी हामी र हाम्रा श्रोताहरु बीचको दूरीलाई पनि घटाइनेछ। यसो भएमा अन्तर्राष्ट्रिय समाजको मुख्य धारले पनि चीनबारेको अझ चौतर्फी तथा निष्पक्ष जानकारी हासिल गर्नपाउने छ।

          परम्परागत रेडियो प्रसारणलाई उकास्नुका साथै सि.आर.आई.ले विश्वका सञ्चार माध्यमहरुको विकसित मूल प्रवाहअनुरुप इन्टर्नेटमार्फत अन-लाइन प्रसारणको विकास गर्ने कोशिस गरिरहेको छ। आजकाल हाम्रो वेभ-साइट— सि.आर.आई.अन-लाइनमा क्लीक गर्नुभयो भने तपाई जहाँ पनि जहिले पनि हाम्रा पछिल्ला कार्यक्रमहरु सुन्न सक्नुहुन्छ। यसका साथै तपाईं अन्य विभिन्न भाषाका वेभ-साइटहरुमा भएका समाचार, खेलकुद, दैनिक जीवन आदि कार्यक्रम सुनेर अथवा पढेर चीन सम्बन्धी विविध सूचना पाउन सक्नुहुन्छ।

           हालसम्म सि.आर.आई.अन-लाइनमा प्रतिदिन राखिने श्रव्य कार्यक्रमको कूल समय दुइ सय दश घण्टा जति छ। हरेक भाषाको वेभ-साइटमा राखिने कार्यक्रमहरु हरेक हप्ता परिवर्तन हुन्छन। हरेक दिन यस वेभ-साइट हेर्ने मानिसहरुको संख्या असी लाख पुग्नेगरेको छ। गत वर्षको जुलाइदेखि सि.आर.आई. अनलाइनले इन्टर्नेट प्रयोगकर्ताहरुका लागि बहु-भाषी इन्टर्नेट रेडियो अर्थात् आइनेट रेडियो शुरु गरेको छ। यस रेडियोले व्यापक इन्टर्नेट प्रयोगकर्ताहरुको स्वागत प्राप्त गरेको छ।

           चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका उप-प्रमुख सम्पादक एवम् सि.आर.आई.अनलाइनका प्रमुख सम्पादक मा वै कुङ यस वेभ-साइटको भावी लक्ष्यबारे चर्चा गर्दै भन्नुहुन्छः

         "हामीले हाम्रो बहु-भाषी विशेषतालाई निरन्तरता दिनुका साथै तीनवटा क्षेत्रमा हुने कार्यलाई सबल पार्नुपर्छ। यी तीनवटा क्षेत्रहरुमा सर्वप्रथम, भविष्यमा ब्लग तथा पोटकास्ट शुरु गर्नेछौं जुन चिनियाँ भाषादेखि अंग्रेजी, जापानी हुँदै अन्य भाषामा पनि फैलिनेछ। दोस्रो, उचित समयमा नयाँ प्रविधिको प्रयोग गर्नेछौं। जस्तैः मोबाइलमार्फत प्रसारण, मोबाइलमार्फत टेलिभिजनका कार्यक्रम प्रदान आदि। यस बाहेक, हामी वेभ-साइटमा इन्टर्नेटमार्फत हाम्रा श्रोताहरुलाई भाषा सिकाउने काम पनि गर्नेछौं।"

         मित्रहरु, चीनको आर्थिक तथा सामाजिक विकासका साथसाथै वैदेशिक आदान-प्रदानमा पनि वृद्धि हुँदैआउने क्रममा बढीभन्दा बढी चिनियाँहरु विदेशमा पढ्न, घुम्न तथा व्यापार गर्न जानेगरेका छन। विदेशका लागि चीनको एउटै मात्र राष्ट्रिय स्तरको रेडियो स्टेशनको हैसियतले सि.आर.आई.ले चिनियाँहरुका लागि विश्वको बारेमा जानकारी दिने जिम्मेवारी बहन गरेको छ। हालसम्म हाम्रो रेडियोद्बारा शुरु गरिएको "सि.आर.आई. न्यूस रेडियो" आदि च्यानलहरुले पैचिङ्ग, शाङ्गहाइ आदि ठूला शहरहरुमा प्रसारण गर्नेगरेका छन।

          यसका साथै हाम्रो रेडियोले हरेक दिन पाँच घण्टा जति लामो अन्तर्राष्ट्रिय समाचार सम्बन्धी कार्यक्रम बनाएर उपग्रहमार्फत चीनभरिका तीन सयवटा च्यानल र टेलिभिजन स्टेशनलाई दिनेगरेको छ।

          सि.आर.आई.ले भविष्यमा विभिन्न किसिमका श्रोतहरुलाई समेटी अझ राम्रो विकासको मौका खोज्नेछ। हाम्रो रेडियोका निर्देशक वाङ कङ नेन हाम्रो रेडियोको विकास लक्ष्यबारे जानकारी दिँदै भन्नुहुन्छः

         "सि.आर.आई.को विकास लक्ष्य भनेको रेडियोमार्फत प्रसारण गर्ने तरिकाबाट रेडियो प्रसार, अन-लाइन प्रसारण तथा बहु-सञ्चार माध्यमको प्रयोग गर्ने संमग्र आधुनिक सञ्चार माध्यम बन्नु हो। हामीले रेडियो प्रसारण, इन्टर्नेट तथा टेलिभिजन आदि बहुमुखी प्रसारणका माध्यममार्फत चीन सम्बन्धी सूचनाका सन्दर्भमा विदेशीहरुको माग चौतर्फी रुपमा पूरा गर्ने लक्ष्य बनाएका छौं। चीन र विश्व बीच आदान-प्रदान गर्ने झ्यालको भूमिका खेल्ने हाम्रो रेडियोले विदेशीहरुले चीनबारे अझ बढी जानकारी हासिल गर्न सहयोग दिनुका साथै चिनियाँहरुलाई पनि विश्वबारे अझ बढी जानकारी हासिल गर्न सघाउने प्रयास गर्ने छ।"

          निर्देशक वाङका अनुसार, सन् 2010सम्म प्रविधि तथा प्रबन्धको स्तर, कार्यक्रमको निर्माण तथा प्रसारण क्षमता, प्रसारण फ्रिक्वीन्सीको संख्या, प्रसारणको कूल समय, प्रसारण क्षेत्र, विदेशस्थित संस्थाहरुको संरचना आदि क्षेत्रमा सि.आर.आई. विश्वका मुख्य अन्तर्राष्ट्रिय रेडियोको परिधि तथा स्तर बराबर हुनेछ। यस आधारमा केही वर्षको प्रयासपछि चिनियाँ अन्तर्राष्ट्रिय रेडियो चीनको शक्तिअनुकुल हुनेछ र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव पार्नसक्ने समग्र आधुनिक अन्तर्राष्ट्रिय सञ्चार माध्यम बन्ने छ।

          मित्रहरु, आजको कार्यक्रमको अन्तमा आजका दुइवटा प्रश्न म फेरि एक पटक दोहर्‍याउँछु।

          एक, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले कुन मुलुकमा आफ्नो पहिलो एफ.एम.रेडियो स्थापित गरेको छ?

         दुइ, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोद्बारा सञ्चालित बेभ-साइटको नाम के हो?

          यी दुइवटा प्रश्नहरु राम्रोसँग सुन्नुभयो, हैन त? तीनको सही उत्तर लेखेर हामीलाई पठाउनुहोस। हामी तपाईंको जवाफको प्रतिक्षामा रहनेछौं। हाम्रो इमेल ठेगाना होः nepali@cri.com.cn /

        यस पटकको प्रतियोगितामा तपाईं विजयी हुनुहोस भन्ने मेरो शुभकामना छ।

हवस्त, आजको कार्यक्रम यहीं पूरा हुन्छ। अर्को कार्यक्रममा यस प्रतियोगिताको चौधो भागका लागि हामी तपाईंलाई आमन्त्रण गर्दछौं। आजको कार्यक्रमबाट हिमालाई विदा दिनुहोस, नमस्ते।