• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-05-12 11:09:42    
"म र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो"ज्ञान-विज्ञान प्रतियोगिता (चौथो भाग)

cri Author: मेघा

 

     

            यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोताहरु, आजको "म र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो" ज्ञान-विज्ञान प्रतियोगिता सम्बन्धी कार्यक्रममा म मेघाको नमस्कार छ। वितेका तीनवटा कार्यक्रममा हामीले तपाईंलाई चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको स्थापनादेखि हालसम्मको विकासको अवस्था बारे जानकारी दिएका छौं। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले त्यति बेलादेखि हालसम्म हासिल गरेको ठूलो उपलब्धि विदेशमा रहेका हाम्रा थुप्रै श्रोताहरुको समर्थन र सहयोग विना संभव थिएन। आज म तपाईंहरु समक्ष "म र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो" ज्ञान-विज्ञान प्रतियोगिता सम्बन्धी अन्तिम लेख प्रस्तुत गर्दैछु। आदरणीय श्रोताहरु, आज हामी तपाईंहरुसँगसँगै श्रोताहरु र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो बीचका घत लाग्दा कथाहरु सुनौं है त!

          कार्यक्रमको शुरुमा म आजका दुइवटा प्रश्न प्रस्तुत गर्दैछु। ध्यानपूर्वक सुन्नुहोस है त! पहिलो प्रश्न: हाल विदेशमा सञ्चालित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका श्रोता क्लबहरुको संख्या कति छ? दोस्रो प्रश्न: सन् 2005 मा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा प्राप्त श्रोताहरुका चिट्ठीहरुको कूल संख्या कति छ? यी दुइवटा प्रश्नको उत्तर आजको कार्यक्रममा समावेश छन, कार्यक्रम ध्यानपूर्वक सुन्नुहोस है।

          केही दिनअघि श्रीलंकामा रहेको विश्वको एउटा प्रसिद्ध कोर्निया भण्डारले कोर्नियाको दान सम्बन्धी एउटा विशेष निवेदन प्राप्त गरेको छ। सो निवेदनकर्ता श्री इन्द्रनान्द अबिसेकारा श्रीलंकाको राजधानी कोलम्बोका एकजना बासिन्दा हुनुहुन्छ। उहाँले आफ्नो निवेदनमा लेख्नुभएको छ: सम्भव भएमा मेरो कोर्निया एकजना चिनियाँलाई प्रदान गर्न म इच्छुक छु। उहाँले हाम्रो रेडियोलाई भन्नुभयो:

          (आवाज: एक)

          म चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको एकजना पूरानो श्रोता हुँ। सि.आर.आई.का कार्यक्रममार्फत मैले चीनबारे धेरै ज्ञान प्राप्त गर्नुका साथै चीनप्रति हार्दिक भावना पनि साँचिसकेको छु। म चीनको निकै माया गर्छु।

          श्री इन्द्रनान्द सि.आर.आई.श्रीलंकाली श्रोता परिषद्का अध्यक्ष हुनुहुन्छ। धेरै वर्षदेखि यता उहाँले श्रीलंका र चीन बीचको आदान-प्रदानमा अथक प्रयास गर्दैआउनुभएको छ। उहाँको प्रोत्साहन र प्रयासमा मध्य चीनको हु नान प्रान्तको सदरमुकाम छाङ्ग शा शहर तथा श्रीलंकाको कालुद्रा शहर बीच भगिनी सम्बन्ध कायम भएको छ। उहाँले चीन सरकारद्बारा वितरण गरिएको "राष्ट्रिय मित्रता पुरस्कार" तथा चीनको वैदेशिक मित्रता संघद्बारा वितरण गरिएको "श्रीलंकाको मैत्रीपूर्ण राजदूत सम्बन्धी पुरस्कार"प्राप्त गर्नुभएको छ। चीनका राष्ट्राध्यक्ष हु चिन थाऊ लगायतका चिनियाँ नेताहरुले पनि उहाँको प्रशंसा गर्नुभएको छ। उहाँको अथक प्रयासमा हाल श्रीलंकामा रहेका सि.आर.आई.का श्रोता क्लबहरुको संख्या

        सात सयभन्दा बढी पुगेको छ।

         विगत पैंसट्ठी वर्षदेखि यता, श्री इन्द्रनान्द जस्तै विदेशमा रहेका चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका श्रोताहरुको संख्या दिनप्रति बढ्दैगएको देखिन्छ। स्पेनमा बसोबास गर्ने हाम्रा पूराना श्रोता एलेजान्ट्रो ब्रोंजालेस हरेक साँझ आफ्नो रेडियोनजिक बसेर चीनबाट आउने आवाज ध्यानपूर्वक सुन्नुहुन्छ। यसो गर्नु उहाँको नियमित दिनचर्या बनिसकेको छ। उहाँ भन्नुहुन्छ:

          (आवाज: दुइ)

          चिनियाँ अन्तर्राष्ट्रिय रेडियकोका सबै कार्यक्रमहरु मलाई निकै मन पर्छ। ती कार्यक्रमहरुमध्ये चीनको सेरोफेरो, संस्कृति, पत्र मन्जूषा र चीनको पर्यटन भन्ने कार्यक्रम मलाई खुबै मन पर्छन। विशेष गरी, हरेक पत्र मन्जूषा कार्यक्रम म नियमित रुपमा सुन्नेगर्छु। पत्र मन्जूषा कार्यक्रम म र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो बीचको एउटा "मितेरी पूल" जस्तै मलाई लाग्छ। सि.आर.आई.का यी कार्यक्रमहरुमार्फत एउटा अनौठो तथा विशेष चीन र त्यसको रंगीचंगी रीतिरिवाज मेरो सामू देखा पर्दछ।

           चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका कार्यक्रमहरुमार्फत हाम्रा श्रोताहरुले क्रमश: चीनबारे धेरै ज्ञान प्राप्त गर्नुका साथै चीनप्रति उनीहरुको भावना पनि गहन हुँदैआएको देखिन्छ। हाम्रा श्रोता-मित्रहरुले इ-मेल, चिट्ठी वा टेलिफोनमार्फत सि.आर.आई.प्रति माया-ममता व्यक्त गर्नुका साथै थुप्रै

          मूल्यवान सुझाव पनि प्रस्तुत गरेका छन।

           अफ्रिकाका केन्या, तान्जानिया, युगाण्डा र बुरुण्डीमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको स्वाहिली सेवाका श्रोताहरुको संख्या निकै बढी छ।

         सो सेवामा कार्यरत् श्री ह्वाङ्ग येन लिङ्ग भन्नुहुन्छ:

         (आवाज: तीन)

          श्रोताहरु प्रतिस्पर्धा गरेजस्तै गरी हामीलाई चिट्ठी पठाउनुहुन्छ। एकजना श्रोताले हरेक दिन हामीलाई एउटा चिट्ठी लेख्नेगर्नुहुन्छ। आफ्नो चिट्ठीमा उहाँहरु कुनै निश्चित दिनको कार्यक्रममा हामीले के-के नियमित कार्यक्रमहरु प्रसारण गर्‍यौं र कुन सञ्चालकले कुन समाचार पढ्नुभएको जस्ता विषय स्पष्टसँग लेखेर हामीलाई पठाउनुहुन्छ। आफ्ना चिट्ठीमा उहाँहरु हाम्रा कार्यक्रमका लागि धेरै रचनात्मक सुझाव पनि प्रस्तुत गर्नेगर्नुहुन्छ। श्रोताहरुको यस्तो सौहार्दपूर्ण भावना र ठूलो समर्थन हाम्रो कार्यका लागि सबैभन्दा ठूलो प्रोत्साहक हो।

         चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमलाई चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका सबैभन्दा लोकप्रिय कार्यक्रमहरुमध्येको एक मानिएको छ। अधिकांश श्रोताहरुले यस किसिमको कार्यक्रममार्फत चिनियाँ भाषा सिकेपछि आफ्नो वरिपरिका विदेशीहरुलाई पनि सिकाउने गर्नुभएको छ। यसले गर्दा चीनको संस्कृति विदेशमा पनि विभिन्न तरिकामार्फत फैलिंदैआएको देखिन्छ।

         जापानी श्रोता साकुराइ किमिकोले चीनमा दुइ वर्षसम्म बसेर

          चिनियाँ भाषाको अध्ययन गर्नुभएको थियो। स्वदेश फर्केपछि उहाँले आफ्नो चिनियाँ भाषाको स्तरलाई उकास्नका लागि निरन्तर रुपमा सि.आर.आई.का कार्यक्रम सुन्दैआउनुभएको छ। हाल उहाँले केही माध्यमिक विद्यालय र भाषा प्रशिक्षण विश्वविद्यालयमा चिनियाँ भाषा सिकाउने गर्नुभएको छ। उहाँको प्रेरणामा उहाँका विद्यार्थीहरुमा चीनप्रतिको ममता पनि दिनप्रति बढ्दैगएको देखिन्छ। उहाँ र उहाँका विद्यार्थीहरुमा अवसर मिलेको खण्डमा पैचिंग आएर अवश्य नै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको निरीक्षण गर्ने इच्छा विकसित भएको छ। उहाँ भन्नुहुन्छ:

           (आवाज: चार)

          म र मेरा विद्यार्थीहरु पैचिंगमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो घुम्छौं, जापानी सेवाका साथीहरुसित कुराकानी गर्छौं, कहिलेकाहीं हामी चिनियाँ भाषामा कुरा गर्दछौं भने कहिलेकाहीं जापानी भाषामा। कति रमाइलो र मज्जाको कुरा हगी? मेरा विद्यार्थीहरुले सि.आर.आई.का साथीहरुसँग फोटो खिचेपछि जापानका आफ्ना साथीहरुलाई खुशीका साथ देखाउनुभएको छ। उनीहरुका साथीले यस्तो फोटो देखेर त्यसको मुक्त कण्ठले सराहना गरेका छन। उनीहरुले भनेका छन: यो चीन हो? यो साँच्चि नै सि.आर.आई.हो र? चीनको सि.आर.आईको अवलोकन गर्नु उनीहरुको हृदयदेखिको इच्छा नै भएको छ। यसले गर्दा चीन र जापान बीचको आदान-प्रदानको परिधि पनि झन-झन विस्तारित हुँदैछ।

          चिनियाँ अन्तर्राष्ट्रिय रेडियो भवनको दोश्रो तलामा एउटा प्रदर्शनी

छ। सो प्रदर्शनीमा विभिन्न मुलुकका श्रोताहरुले पठाउनुभएका सुन्दर कोसेलीहरु प्रदर्शित गरिएका छन। ती कोसेलीहरुमध्ये अफ्रिकाबाट पठाइएका काठबाट बनाइएका मूर्ति, जापानी पुतली, भियतनामबाट पठाइएका बाँसबाट बनाइएका वादन सामग्री, एक/तीसको अनुपातमा बनाइएको फ्रान्सको एफिल स्तम्भ तथा अन्तर्राष्ट्रिय प्रसिद्ध खेलाडीहरुद्बारा सही गरिएको इटलीका हाम्रा श्रोताहरुद्बारा हामीलाई प्रदान गरिएको फुटबल पनि समावेश छन। सो प्रदर्शनीमा केही पूराना श्रोताहरुद्बारा पठाइएका कार्ड, प्रश्नोत्तर पनि समावेश छन। यी कोसेलीहरुबाट सि.आर.आई.प्रति विदेशी श्रोताहरुको गहिरो भावना पनि प्रतिबिम्बित भएको छ।

          श्रीमती श ली चिनियाँ अन्तर्राष्ट्रिय रेडियो अन्तर्गत पत्राचार विभागका प्रमुख हुनुहुन्छ। उहाँका अनुसार, 65 वर्षदेखि यता सि.आर.आई.का विदेशी श्रोताहरुको संख्या द्रुत गतिले बढ्दैआएको छ। उहाँ भन्नुहुन्छ:

         (आवाज: पाँच)

           पैसट्ठी वर्षको विकासको अवधिमा हाम्रा श्रोताहरु पूरै विश्वभरि फैलिएका छन। श्रोता क्लबहरुको संख्या पनि वर्षैपिच्छे बढ्दैआएको देखिन्छ। हाल विदेशमा रहेका चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका श्रोता क्लबहरुको संख्या तीन हजार छ सय पुगेको छ। श्रोताहरुमध्ये उच्च तहका श्रोताहरुको संख्या पनि बढ्दैआएको देखिन्छ। प्रत्येक वर्ष हामीले विभिन्न मुलुक पुगेर त्यहाँका श्रोता क्लबहरुका सदस्यहरुसित भिन्नाभिन्नै

             किसिमका कार्यक्रमको आयोजना गर्नेगरेका छौं। हामीले उनिहरुको भावना निकै सौहार्दपूर्ण र हार्दिक भएको पाएका छौं। यस किसिमका कार्यक्रमहरुमार्फत श्रोता र सि.आर.आई.बीचको आदान-प्रदान पनि सुदृढ हुदैगएको छ। सन् 2005 मा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा प्राप्त श्रोताहरुका चिट्ठीहरुको कूल संख्या एक्काइस लाख सत्तरी हजारभन्दा बढी पुगेको छ।

            श्रोताहरु, कार्यक्रमको अन्त्यमा म आजका दुइवटा प्रश्नलाई फेरि एकपल्ट दोहोर्‍याउँछु। सुन्नोस् है! पहिलो प्रश्न: हाल विदेशमा रहेका चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका श्रोता क्लबहरुको संख्या कति छ? दोस्रो प्रश्न: सन् 2005 मा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा प्राप्त श्रोताहरुका चिट्ठीहरुको कूल संख्या कति छ?

               हवस्त, श्रोताहरु, यस कार्यक्रमका साथै "म र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो" ज्ञान-विज्ञान प्रतियोगिता अन्तर्गतको श्रृंखलाबद्ध कार्यक्रम पूरा हुन्छ। तपाईंहरु यस प्रतियोगितामा सक्रियताका साथ सहभागी हुनुहुने आशा हामीले गरेका छौं। आफ्ना उत्तर-पत्रहरु छिटोभन्दा छिटो हामीलाई पठाउनुहुन हामी तपाईंहरुसँग विनम्र अनुरोध गर्दछौं। आजको कार्यक्रम पनि यहीं पूरा हुन्छ, कार्यक्रमबाट मेघालाई पनि विदा दिनुहोस्, नमस्ते।