आदरणीय केशरी दिदीनमस्कार
आज मलाई धेरै खुशी लागेको छ । किनभने आज मैले सिआरआईले पठाएको 2 वटा पार्सल पाए । त्यसको लागी म सिआरआई लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु । हुनत पार्सलमा पाएको मितेरी पुल मैले सिआरआईको वेभ साईटमा पनि हेरेको थियो तर पत्रिकाको रुपमा छापिएको मितेरी पुल पढदा निकै राम्रो लाग्यो । धेरै कुरा बुझन पनि पाईयो । ज्ञान विज्ञान प्रतियोगिताको लागि मैले तपाईले पठाएको खाममा हुलाक माफत चिठि पनि पठाईसकेको छु । आशा छ त्यो पछि तपाईहरु संग पुग्ने छ । पार्सलमा धेरै खाम र ज्ञान विज्ञान प्रतियोगिताको फारमहरु छन के ती फारम हरु म आफना साथी भाईहरुलाई दिन सक्छु ?केशरी दिदी मैले यो भन्दा पहिलेका इमेलमा पनि सोधेको कुरा अझै पनि थाहा पाउन सकेको छैन ।
सि आर आईको श्रोता समुह कसरी बन्नाउन सकिन्छ ?के यसको लागि कुनै विशेष प्रकृया छ की ?सिआरआई का श्रोता कल्वहरु सुदूर पश्चिममा अहिले सम्म कती ओटा छन र कहा छन ?कृपया झर्को नमानी वताई दिनु होला । अवका दिनमा पनि सिआरआई संग यसरी नै सम्पर्कमा रही राख्ने आशा राख्दछु ।हवस त अन्तमा पत्र पठाउनु भएकोमा तपाईहरुलाइ पुन: धन्यवाद दिदै आजलाई यतिकै
धिरेन्द्र सिनाल
स्थानीय विकास मन्चँन्इ महेन्द्रनगररु भासी ,कन्चनपुर
पो.वा. नं. 28
सुदूर पश्चिम नेपाल
सि.आर.आई नेपाली सेवाले वेवसाइटलाई पनि राम्रो बनाउने काममा तल्लीनता प्रदर्शन गरेको छ । यस बमोजिम यहाँहरुले विभिन्न नेपाली समाचारहरु पनि समेट्न थाल्नुभएको छ । नेपाली श्रोता तथा पाठकका लागि आफू नजीकका समाचारहरु रोचक बन्ने गर्दछन् ।
यसकारण पनि यहाँहरुले यस्ता सामग्रीहरुलाई पनि आगामी दिनमा निरन्तरता दिंदै जानुभयो भने वेवसाइट पनि अझ लोकपि्रय हुँदै जाने मेरो विश्वास छ । यहाँहरुको सफलताका लागि मेरो तफबाट शुभकामना छ ।आजलाई नमस्कार ।
लक्ष्मी लम्साल
रेडियो एच.बी.सी.14 एफ.एम.पोष्ट
बक्स नं.8974 सी.पी.सी.94 आनन्दपुर,
तीनचुली बौद्ध काठमाडौं ।
|