• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-07-01 18:51:54    
विश्वको सबैभन्दा अग्लो उचाईमा पर्ने छिंगहाई-तिब्बत रेल-मार्ग सञ्चालनमा

cri Author: वर्षा

           श्रोतामित्रहरु, चीनको छिंगहाई-तिब्बत टारभूमिलाई पार गरिएको रेल-मार्ग आज देखि सञ्चालनमा आएको छ। यस रेलमार्ग सुरु गर्नका लागि आज चीनमा एउटा भव्य समारोहको आयोजना गरिएको छ। यो चीनको भित्री भागदेखि तिब्बत स्वायत्त प्रदेशतर्फ जाने पहिलो रेल-मार्ग हुनुका साथै विश्वको सबैभन्दा अग्लो स्थानमा पर्ने रेल-मार्ग पनि हो। छिंगहाई-तिब्बत रेल-मार्गले विश्वमा ठूलो ध्यानाकर्षण गरेको कारण के हो? त्यसको निर्माण कसरी पूरा भएको छ? अब सो रेल-मार्ग संचालन भएबाट चीनको छिंगहाई र तिब्बतको विकासमा के कस्तो प्रभाव पर्ने छ? आजको समाचार सन्दर्भको विशेष रिपोटमा म यसबारे केही चर्चा गर्ने छु।

         आज बिहान चीनको भित्री भागदेखि तिब्बततर्फ जाने पहिलो रेल छिंगहाई प्रान्तको कर्मुबाट प्रस्थान गर्‍यो। लगभग छ सय जना सौभाग्यशील यात्रुहरुले सो रेलमार्फत तिब्बत पुग्ने पहिलो खेपका यात्रु बनेका छन। कर्मु रेल स्टेशनमा आयोजित समारोहमा चीनका विभिन्न ठाउँहरुबाट आएका मानिसहरु भेला भएका थिए। तिनीहरुमध्ये छिंगहाई-तिब्बत रेल-मार्गको डिजाइनकर्ता तथा निर्माणकर्ताहरु हुनुका साथै सामान्य नागरिकहरु पनि छन।

         आजको समारोहलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका महासचिब एवम् चीनका राष्ट्राध्यक्ष हु चिन थाउले छिंगहाई-तिब्बत रेल-मार्गको निर्माण नै मानव जातिको रेल-मार्गको निर्माणको इतिहासमा भएको एउटा अभुतपुर्व विजय हो भन्नुभयो। उहाँले अगाडि भन्नुभयोः

         "छिंगहाई-तिब्बत रेल-मार्गको निर्माण पुस्तौं पुस्ताका चिनियाँहरुको आकाँक्षा हो। यस् रेल-मार्गको निर्माणबाट चीनको मिलीजुली शक्ति र वैज्ञानिक तथा प्राविधिक क्षमताबारे मुल्याङ्कन र निरीक्षण गरिएको छ। अब पुस्तौं पुस्ताका चिनियाँहरु र विशेष गरी सो रेल-मार्ग वरिपरीका क्षेत्रमा बसोबास गर्ने विभिन्न जातिका जागरिकहरुको इच्छा पूरा भएको छ। छिंगहाई-तिब्बत रेल-मार्गको निर्माण चीनको रेल-मार्ग निर्माणको इतिहासमा भएको महान कार्य हुनुका साथै विश्वको रेल-मार्ग निर्माणको इतिहासमा एउटा अकल्पनिय एवम् अभुतपुर्व विजय पनि हो।"

         छिंगहाई-तिब्बत रेल-मार्ग सञ्चालनमा आएबाट रेलद्बारा तिब्बतमा प्रवेश गर्ने इच्छा भएका मानिसहरुलाई राम्रो अवसर प्रदान गरिएको छ। यसबारे चर्चा गर्दै कर्मुका एक जना व्है जातिकी बासिन्दा मा यु मैले गदगद भएर भन्नुभयोः

           "मलाई अति खुशी लागेको छ। अब ल्हासामा घुम्न जान पहिलेभन्दा धेरै सजिलो र सुविधा हुन्छ।"

            श्रीमती मायु मैको छेऊमा उभिएका हान जातिको सत्र वर्षीय युवा यांग चंग सनले रेलद्बारा तिब्बत जाने आफ्नो आकाँक्षालाई साकार तुल्याउन आफू इच्छुक रहेको कुरा बताउँदै भनेः

           "तिब्बतमा घुम्न त्यहाँको दृश्यको आवलोकन गर्न म इच्छुक छु। तिब्बतको पोताला दरबार जाने मेरो इच्छा छ। छिंगहाई-तिब्बत रेल-मार्ग सञ्चालनमा आएबाट कर्मुको आर्थिक विकासलाई पनि अघि बढाइने भएको छ। अनि हाम्रो आम्दानी पनि बृद्धि हुने भएको छ। यसबाट व्यापार गर्न पनि सुविधा हुन्छ।"

            श्रोतामित्रहरु, यता कर्मुका बासिन्दाहरु खुशी हुनुका साथै उता छिंगहाई-तिब्बत रेल-मार्गको अन्तिम स्टेशन ल्हासा शहरले पनि खुशीको समुद्र बनेको महशुस गरेको छ।

            भर्खरै निर्माण सम्पन्न भएको ल्हासा रेल स्टेशनको चोकमा तिब्बती सर्वसाधारणहरुले आफ्नो चाड मनाए जस्तै आफ्ना जातिय भेषभुषाले सजिसजाउ भएर तिब्बती जातिको विशेष नाचगान प्रदर्शन गर्दै छिंगहाई-तिब्बत रेल-मार्ग सञ्चालनमा आएको उपलक्षमा खुसियाली मनाएका छन। तिब्बतीहरु किन यस्तो शुखी छन त? यसबाट तिब्बतमा रेल-मार्ग भएको इतिहासलाई अन्त्य पारिनुका साथै छिंगहाई र तिब्बतका जनताहरुको जीवनमा सौविध्याता पनि प्रदान गरिएको छ। छबीय वर्षीय चासी यसअघि कहिल्यै पनि तिब्बतबाट बाहिर जानुभएको छैन। अब सो रेल-मार्गमार्फत बाहिर जान उहाँ इच्छुक हुनुहुन्छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

           "म ज्यादै खुशी छु। पहिले भित्री भागमा जान सुविधा थिएन। जुलाई एक तारिखदेखि सो रेल-मार्ग सञ्चालनमा आएको छ। अब यसबाट बाहिर जाने सुविधा हुनुका साथै यसमा गर्नुपर्ने खर्च पनि कम हुने भएको छ। पछि म शांगहाई र पेइचिंग आदि ठूल्ठूला शहरमा जाने मेरो योजना छ।"

             आज छिंगहाई-तिब्बत रेल-मार्ग सञ्चालनमा आएको पहिलो दिनमा हाम्रो सम्वाददाता छाइ चिंग प्याउले ल्हासाबाट छिंगहाई प्रान्तको सिनिंग शहर जाने रेलमा चढ्नुभएको छ। उहाँले टेलिफोनबाट हामीसँग कुराकानी गर्दा सो रेलको संरचना राम्रो रहेको जानकारी दिनुभएको छ। उहाँले अगाडि भन्नुभयोः

           "मैले चढेको रेल चीनमै बनेको हो। सो रेलको गलैंचा र झ्यालको पर्दा आदि बस्तुहरुबाट तिब्बती जातिको विशेषता झल्किन्छ। निकै फराकिलो झ्यालबाट यात्रुहरुले टारभूमिको रमणीय दृश्य देख्न पाउँछन। यसका अतिरिक्त सो रेलमा ओक्सिजन उपलव्ध गराउने दुइटा विशेष प्रबन्धहरु पनि छन। यात्रुहरु किमकर्तव्यविमुढ भएर वातावरणिय सुन्दरतामा दृश्यविभोर हुनुका साथै टारभूमिमा ओक्सिजन कम रहने बिषयबारे चिन्तामुक्त पनि हुनेभएका छन्।"

              छिंगहाई र तिब्बतका सर्वसाधारणहरुले सो रेल-मार्गबाट आफूहरुमा के के हित-कल्याण प्राप्त गर्न सकिन्छ त भन्ने बिषयमा सबैभन्दा ठूलो महत्व दिएका छन। सो रेल-मार्गको छेऊमा बस्नुभएका एक जना तिब्बती वृद्ध तोर्जे वांचाको परिवारमा जम्मा सात जना सदस्यहरु छन। तिनीहरुले अठतीस वटा चौरी गाई र एक सय भन्दा बढी बाख्राहरु पालेका छन। पहिले निर्माणकर्ताहरुले आफ्नो घर नजिक पुगेर रेल-मार्गको निर्माण शुरु गर्दा आफू निकै चिन्तित भएको कुरा बताउँदै उहाँले भन्नुभयोः

            "तिनताका रेल-मार्गको निर्माण शुरु गरिएको कुरा थाहा पाएपछि म खुशी पनि थिएँ चिन्तित पनि थिएँ। रेल-मार्गको निर्माणले यहाँको घाँसे मैदानलाई बिगारेर पशुपालनमा असर पर्ने हो की भन्ने मेरो चिन्ता थियो। पशुपालनमा असर परेमा हाम्रो आम्दानी कम हुने र जीवन-स्तर घट्ने विषयमा मेरो ठुलो चिन्ता थियो।"

             छिंगहाई-तिब्बत रेल-मार्गको निर्माण बढिरहेको परिप्रेक्षमा श्री तोर्जे वांचाको चिन्ता पनि हरायो। किन भने यसबाट घाँसे मैदान बिग्रेको छैन र तिनीहरुलाई थप आम्दानी हुने अवसरहरु पनि उपलव्ध भएका छन्। अहिले उहाँले एउटा सानो पसल खोलेर खाने कुरा बेच्ने गर्नुहुन्छ। उहाँको परिवारका अन्य केही सदस्यहरुले रेल-मार्गको संरक्षण टोलीमा काम गरेर पैसा कमाउँछन। उहाँले आफ्नो नयाँ योजनाबारे जानकारी दिंदै भन्नुभयोः

            "पछि रेलद्बारा कर्मु पुगेर हाम्रो गाउँमा बनेका चौरी गाई तथा बाख्राको छाला र कश्मिरा जस्ता आदि बस्तुहरुलाई बेच्ने र त्यहाँ बनेका बस्तुहरु किनेर आफ्नो घरमा ल्याएर यहाँका बासिन्दाहरुलाई बेच्ने मेरो योजना छ।"

              वास्तवमा छिंगहाई-तिब्बत रेल-मार्गबाट श्री तोर्जे वांचाको परिवारमा मात्र परिवर्तन भएको होइन। यसले त त्यस क्षेत्रका सम्पर्ण नागरिकहरुको जिवन शैलिमा निकै परिवर्तन ल्याउने विषयमा कसैको दुईमत पनि छैन। यसै विषयमा आज आयोजित समारोहमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले सो रेल-मार्गबाट छिंगहाई र तिब्बतमा निकै ठूलो विकासको अवसर प्रदान गरिने कुरा बताउनुभएको छ।

            यस्तो राम्रो अवसर समात्नका लागि धेरै मानिसहरु तयार भइरहेका छन। तीमध्ये चिनियाँ पनि छन र विदेशी साथीहरु पनि छन। ल्हासामा बाईस वर्षसम्म व्यापार गर्नुभएका नेपाली व्यापारी रत्न कुमार तुलाधर ती मध्येका एक जना हुनुहुन्छ।

             श्री रत्न जीको ल्हासाको पाको सडकमा नेपाली बस्तु बेच्ने एउटा निकै प्रसिद्ध चाँदी पसल छ। हाल उहाँले आफ्नो कारोबारलाई स्थगित गरेर एक लाख पाँच हजार चिनियाँ युआनको खर्च गराएर आफ्नो पसलको मर्मत गरिरहनुभएको छ। छिंगहाई-तिब्बत रेल-मार्गको उज्ज्वल भविष्य रहेकोमा उहाँ विश्वस्त हुनुहुन्छ। हाम्रो रेडियोको सम्वाददातासँग कुराकानी गर्दै उहाँले अंग्रेजीमा भन्नुभयोः

            "चीनको तिब्बत र नेपाल दुवैका लागि यो एउटा राम्रो अवसर हो। थुप्रै चिनियाँ बस्तुहरुलाई सो रेल-मार्गमार्फत छिंगहाईबाट ल्लाहा पुर्‍याउन सकिने छ। त्यसको खर्च हालको तुलनामा कम हुने भएको छ। हामीले ती बस्तुहरुलाई नेपालमा बेच्न पाउने छौं र नेपालमा बनेका बस्तुहरुलाई पनि चीनमा बेच्न पाउने छौं।"

               ढुवानीमा हुने सुधार र कम खर्चले चीन र दक्षिण एशियाली मुलुकहरु बीचको द्बिपक्षीय व्यापारमा निकै प्रवर्द्धन हुने भएको छ। यसबाट यी दुवै पक्षहरु बीचको व्यापारको मात्रामा पनि तिब्र वृद्ध हुने भएको छ। आशा गरौं सो रेलमार्गले उपलव्ध गराउने विभिन्न अवसरहरुले हिमाल आरोहण लागायत विविध क्षेत्रको विकाशका लागि संधै आउने बिहानी नौलो रहोस।