• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-07-03 08:55:18    
चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी संग मितेरी आवाजको भलाकुसारी(2)

cri Author: हिमा

मितेरी आवाज : प्रस्तावित कोशी ल्हासा राजमार्गको निर्माणका लागी चीन अध्ययन केन्द्रले के कस्तो पहल गर्दैछ त ?

मदन रेग्मी : प्रस्तावित कोशी ल्हासा राजमार्ग हाम्रो आर्थीक तथा साँस्कृतिक सुसम्वन्ध जोडने दिशामा कोशे ढुँगो सावित हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौ । त्यसैले यो राजमार्ग निर्माणका लागी आवश्यक पहल हुन्छ र पुर्वाञ्चलवासी जनताको भावना बुझ्न सक्नुहोस भनेर हामीले नेपालका लागी महामहिम चीनीया राजदुत श्रीमान सुन हेपिङ्गलाइ एक वर्ष अगाडी संखुवासभा जिल्लाको सदरमुकाम खाँदवारी भ्रमणका लागी निम्त्यायौ। वहाँले संखुवासभा बासिको विकास प्रतिको भावना वुझीदीनु भयो र सहयोगका लागी पनि चीन सरकार ईच्छुकरहेको जानकारी गराउनु भयो। तर यो राजमार्गको निर्माणका लागी सरकार-सरकार विचमा वार्ता र समझ्दारी हुनुँ आवश्यक छ। चीन सरकारले नेपालको शान्ति, स्थाइत्व , विकास र स्वतन्त्रतालाइ सधै सम्मान गरिरहेको छ र हामीले पनि मित्रराष्ट्र चीनलाइ सक्दो सहयोग गरिरहेका छौ। हाम्रो सामुहिक प्रयासवाट प्रस्तावित कोशी ल्हासा राजमार्ग को निर्माण सहज हुन सक्छ त्यसका लागी यस क्षेत्रका व्यापारी , उद्योगपति , प्राध्यापक सबैको सामुहीक दवाव सरकारमा पर्नुपर्छ र हामी पनि यस अभियानमा शक्दो सहयोग गर्ने छौ।

चीन सरकारले प्रत्येक वर्ष नेपाललाई करोडौ रुपैया सहयोग गर्ने गरेको छ। यदि प्रत्येक वर्ष सरकारले बाह्र करोड रुपैया यो राजमार्गको निर्माणमा छुट्याउने हो भने जनश्रमदानबाट समेत हामी वाटो निर्माण गर्न सक्छौ ।

मितेरी आवाज : सि आर आई नेपाली सेवाले आफनो प्रसाणको तीस वर्ष पुरा गरिसकेको छ । यस अवधिमा सि आर आई ले नेपाल र चीन वीचको दुई पक्षिय सुसम्वन्धलाई विकसित गर्न खेलेको भुमीकालाई कसरी मुल्यांकन गर्नु भएको छ ?

मदन रेग्मी : सि आर आई ले नेपाल र चीन विचका सुसम्वन्धलाइ जनस्तरसम्म विकसितगर्न महत्वपूर्ण भुमीका निर्वाह गरेको हाम्रो ठहर छ। नेपालको समाचार नेपालीकै लागी भन्ने मान्यतालाई सि आर आई ले जाड दिएको छ। सि आर आइ को लोकप्रीयता दिनानुदिन वढिरहेको छ। यसका लाखौ श्रोता र सयौ श्रोता कल्वहरु नेपालमा रहेका छन् । नेपालको विकास , भाषा, संस्कृती र गौरवलाई सि.आर.आइ.ले आत्मसात गरेको छ । चीन दिनानुदिन विश्वको आर्थीक सक्तीको रुपमा स्थापीत हुदै छ । त्यो वृद्धि संग चीनको संचार जगत पनि शसक्त ढंगमा अगाडी वढिरहेको छ । सि.आर.आइ.को क्षमतामा हामीले दिनानुदिन विस्तार भइरहेको पाएका छौ भने सि.आर.आइ.ले दुइ पक्षीय सम्वन्धलाई जोड्ने जनमतको सृजना गर्न सक्रिय भुमिका निर्वाह गरेको छ । वादविवादमा नअड्की श्रोतालाई सहि सुचना संप्रेषण गर्न सि.आर.आइ. निपूर्ण छ र त्यो नै यसको लोकप्रीयता को प्रमुख कारण पनि हो। चीनले विश्वमा शान्ति , विकाश र मित्रताको हात फैलाएको छ। र त्यो सन्देश विश्वका कुना कुनामा फैलाउन सि आर आई सक्रिय भएकोले नै यसको लोकप्रियता वढिरहको जस्तो लाग्छ।

मितेरी आवाज : मुल्यवान टापु थाईवानको शान्तिपुर्ण एकिकरणका लागी नेपाल सरकार र नेपाली जनताले चीन सरकारलाई कस्तो खालको सहयोग गर्नु आवस्यक ठान्नुहुन्छ?

मदन रेग्मी : थाईवान चीनको अभिन्न अंग हो। छिटो ढिलो थाईवान मातृभूमी चीनमा आएरै छाड्छ र यसलाई कसैले रोकेर रोकीन्न । हामीले एक चीनको नीतिलाई मान्यता दिएका छौ ।हामीले व्यापक प्रचार प्रसारको माध्यमवाट चीन विरोधी हुनसक्ने गतिविधी लाई निस्तेज पार्नुपर्छ र यो महान अभियानलाई सहयोग पुर्याउन सबैले आ-आफनो ठाउँ वाट सक्तो सहयोग गर्नु पर्छ ।