
छिंगहाई-तिब्बत रेल-मार्ग गत जुलाई एक तारिखदेखि पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ। यसरी पेइचिंगदेखि ल्हासा जाने टि. 27 नम्बरको रेल पनि औपचारिक रुपमा सञ्चालनमा आएको छ। सो रेलले सेवा दिन शुरु गरेको दश दिनदेखि यता प्रशस्त यात्रुहरुले यसको स्वागत गरेका छन। यस रेलमा यात्रा गरेका यात्रुहरुको संख्या सो रेलमा यात्रा गर्नसक्ने यात्रुहरुको कूल संख्याको पन्चानब्बे प्रतिशत पुगेको छ।

पेइचिंग पश्चिम रेल स्टेशनका सम्बन्धित जिम्मेवार व्यक्तिका अनुसार, जुलाई एक तारिखदेखि हिजोसम्म सो रेलबाट यात्रा गर्ने यात्रुहरुको संख्या आठ सयभन्दा बढी पुगेको छ।
सो रेललाई पेइचिंगदेखि ल्हासा पुग्न जम्मा सतचालीस घण्टा लाग्दछ।
|