यस वर्षको जुलाई एक तारिखदेखि सञ्चालनमा आएको छिङहाइ-तिब्बत रेल-मार्गले तिब्बतको आर्थिक विकासमा सकारात्मक प्रभाव पारेको छ।
तिब्बत स्वायत्त प्रदेशको विकास तथा सुधार समितिका उप-प्रमुख ह पन युनले हिजो राति आयोजित पत्रकार सम्मेलनमा बोल्दै छिंगहाइ-तिब्बत रेल-मार्ग शुरु भएको बीस दिनमा तीन लाख पर्यटकहरु तिब्बतको भ्रमणमा आएको जानकारी दिनुभयो। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा चालीस प्रतिशतले बढी भएको कुरा पनि उहाँले वताउनु भयो।
|