• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-11-20 16:11:28    
छिंग छंग पहाड तथा तु च्यांग यान जल परियोजना

cri Author: वर्षा

               श्रोता-मित्रहरु हाम्रो रेडियो र चीनको स छुआन प्रान्तको पर्यटन बोर्डले संयुक्त रुपमा आयोजना गरेको "चीनको स छुआनः पाण्डाको जन्मथलो" ज्ञानविज्ञान प्रतियोगिता अन्तर्गत पहिलेको कार्यक्रममा तपाईंले बौद्ध धर्मका प्रसिद्ध पहाड अमै पहाड तथा ल शान पहाडबारे जानकारी हासिल गरिसक्नुभएको छ। आजको कार्यक्रममा म स छुआन प्रान्तको सदर मुकाम छंग तुको नजिकै अवस्थित दुइवटा विश्व साँस्कृतिक सम्पदा— छिंग छंग पहाड र तु च्यांग यान जल परियोजनाबारे जानकारी दिंदैछु। सर्वप्रथम म आजका दुइवटा प्रश्न तपाईंहरुसामु प्रस्तुत गर्दैछु, ध्यापूर्वक सुन्नुहोस हैः पहिलो प्रश्न छ, छिंग छंग पहाडलाई चीनमै उत्पन्न भएको ताउ धर्मका उद्गमस्थलहरुमध्येको एक मानिन्छ कि मानिन्दैन? र, दोस्रो प्रश्न, तु च्यांग यान विश्वको सबैभन्दा लामो इतिहास भएको जल-परियोजना हो। त्यसको निर्माण कार्य कति वर्षमा पूरा भएको थियो? तलको विषय-वस्तुलाई ध्यान दिएर सुन्नुभएमा तपाईंले यी दुइवटा प्रश्नका ठीक जवाफ दिनसक्नुहुने विश्वास मैले गरेकी छु। हवस्त, आज कार्यक्रमतर्फ लागौं।

               स छुआन प्रान्तको सदर मुकाम छंग तुबाट छिंग छंग पहाड पुग्न गाडीमा एक घण्टाजति लाग्छ। त्यो पहाड त्यहाँबाट उत्तर-पश्चिमतिर पर्दछ। यस पहाडी क्षेत्रमा प्रवेश गरेर विस्तारै-विस्तारै उकालो चढ्दा तपाईं "छिंग छंग पहाड विश्वमा सबैभन्दा शान्त ठाउँ हो" भन्ने कुरामा विश्वास गर्नुहुन्छ। बाटाका दुबैतिरका आकाश छुने रुखहरु अजङका देखिन्छन भने नागबेली आकारका साना-साना खोल्साहरु कलकल गर्दै बगिरहेका हुन्छन अनि रेशमी बादलहरु पहाडका चुचुराहरु बीचबाट बगिरहेका हुन्छन। कस्तो सुन्दर र शान्त वातावरण!

              छिंग छंग पहाड चीनमै उत्पन्न भएको ताउ धर्मका महान स्थलहरुमध्येको एक मानिन्छ। ताउ धर्ममा मानव जाति र प्रकृति बीचको मेलमिलापयुक्त सम्बन्धलाई महत्व दिइन्छ। एक हजार आठ सय वर्ष भन्दा पहिले ताउ धर्मका संस्थापक चांग लिंग चंगले छिंग छंग पहाडको शान्तिपूर्ण वातावरणलाई मन पराएपछि त्यहीं बसेर सन्न्यासी जीवन बिताउने निर्णय गर्नुभएथ्यो होला।

              ताउ धर्मले केही समयसम्म चीन अनि सम्पूर्ण पूर्वी एशियामा निकै ठूलो प्रभाव पारेको थियो। एकजना पर्यटन निर्देशक खांग युले हाल छिंग छंग पहाडमा बस्ने ताउ धर्मका सन्न्यासीहरुको संख्या एक सयभन्दा बढी पुगेको जानकारी दिनुभएको छ। ताउ धर्मका सन्न्यासीहरुको जीवनबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

             "शुरु-शुरुमा ताउ धर्मावलम्वी सन्न्यासीहरु आफ्नै घरमा सन्न्यासी जीवत व्यतित गर्नपाउँथे। तिनताका सन्न्यासीहरुले विवाह गर्न र रक्सी र मासु पनि खान पाउँथे। तर हालआएर यसो गर्न निषेध गरिएको छ।"

               छिंग छंग पहाडमा हालसम्म पनि दशभन्दा बढी प्राचीन कालका भवन तथा कक्षहरु र थुप्रै सांस्कृतिक-पूरातात्विक वस्तुहरु संरक्षित छन। ताउ धर्ममा प्रकृति तथा सहज भावनालाई महत्व दिइएका कारण ती भवन तथा कक्षहरु धेरैजसो वनभित्र निर्माण गरिएका छन। छिंग छंग पहाडको सबैभन्दा अग्लो चुचुरोमा पर्ने शांग छिंग कुंग भवनमा पूजा-आजा गर्न आउने धर्मावलम्बीहरुको संख्या सबैभन्दा बढी हुनेगर्दछ।

                वास्तवमा, छिंग छंग पहाडको अवलोकन भ्रमण गर्ने अर्को एउटा विशेष बाटो पनि छ जुन छिंग छंग पहाडको पछाडिपट्टि पर्ने थाइ आन प्राचीन गाउँतिरबाट जान्छ। त्यो गाउँ निकै शान्त र सफा देखिन्छ। छिंग छंग पहाडमा घुमेपछि थकाइ लागेको खण्डमा त्यस गाउँमा एकै छिन बसेर आराम गर्दा निकै आनन्दको अनुभव हुन्छ।

               थाइ आन प्राचीन गाउँको सफा बाटोबाट दायाँ-बायाँ साना-साना खोलाहरु बगिरहेका देखिन्छन। त्यहाँका ढुंगा छापेका बाटामा हिंड्दा जुत्ता पनि लगाउनु पर्दैन। बाटाका दुबैतिर सर्वसाधारणका घर पनि छन, पसलहरु पनि छन। ती पसलका दराजमा विभिन्न किसिमका साग र पकाइएका खाने कुरा तथा रक्सीहरु राखिएका छन।

              कुनै एउटा घरमा बसेर चिया खाँदा-खाँदै अगाडिको पहाडमा लहराइरहेका बादलहरु देख्नपाउँदा मनै आनन्दित हुन्छ। सानै उमेरदेखि चिनियाँ परम्परागत चित्रबारे अध्ययन गर्नुभएका श्री व्हांग वै छि थाइ आन प्राचीन गाउँको शान्तिपूर्ण वातावणदेखि निकै प्रभावित हुनुभएको छ। उहाँ दक्षिणी चीनको समृद्ध शहर क्वांग चौबाट त्यहाँ पुग्नुभएको हो। त्यहाँको ताजा हावा, सफा, प्राकृतिक तथा सहज वातावरणमा उहाँ निकै रमाइरहनुभएको छ। उहाँले भन्नुभयोः

               "चिनियाँ परम्परागत चित्रबारे अध्ययन गर्ने मजस्तो मानिसका लागि छिंग छंग पहाड एउटा निकै उपयुक्त ठाउँ हो। यहाँको रितीरिवाज सरल छ भने मानिस-मानिस बीचको सम्बन्ध पनि हार्दिक र मेलमिलापयुक्त छ। आगामी दिनमा, अवसर पाएको खण्डमा मैले यहाँ एक महिनासम्म बस्ने आशा गरेको छु।"

              श्रोता-मित्रहरु, छिंग छंग पहाडको शान्ति र चीनको ताउ धर्मको विशेष परम्परागत संस्कृतिबारे अनुभव गर्नुभएपछि अब म तपाईंहरुलाई अर्को एउटा दृश्यावलोकन स्थलमा लैजान्छु। छिंग छंग पहाडको नजिकै पर्ने तु च्यांग यान विश्वमा सबैभन्दा लामो इतिहास भएको जल-परियोजना हो।

              तु च्यांग यान जल-परियोजना चीनको मिन च्यांग नदीको मध्य भागमा पर्दछ। त्यसको निर्माण दुइ हजार वर्षअघि स्थानीय अधिकारी लि पिंगको नेतृत्वमा गरिएको थियो। विश्वमा चर्चित प्राचीन जल-परियोजनाहरुमध्ये प्राचीन शाही बेबिलोन राज्य र प्राचीन रोम राज्यका कृत्रिम खोलानालाहरु धेरै समय अघिदेखि प्रयोग गर्ननसकिने अवस्थामा छन। तर तु च्यांग यानको प्रयोग अहिलसम्म पनि भइरहेको छ। त्यसैले यसलाई विश्वमा सबैभन्दा लामो इतिहास बोकेको जल-परियोजना मानिएको हो।

             प्राप्त जानकारी अनुसार, तु च्यांग यान जल-परियोजनाको निर्माण हुनुअघि हरेक वसन्त र ग्रीष्ममा आउने बाढीबाट स्थानीय सर्वसाधारणहरु नराम्ररी प्रभावित हुनेगर्दथे। तु च्यांग यान जल-परियोजनाको निर्माणका क्रममा मिन च्यांग नदीको पानीलाई दुइ भाग बनाएर बगाइएको छ जसबाट, एकातिर बाढीको प्रकोप उत्पन्न हुने खतरालाई कम पारिएको छ भने, अर्कातिर सिंचाईका लागि राम्रो व्यवस्था गरिएको छ। तु च्यांग यान जल-परियोजनाको सम्पूर्ण प्रणालीमा सबैभन्दा महत्वपूर्ण तथा कुशल डिजाइन भनेको माछाको मुखरुपी बाँध हो।

               मिन च्यांग नदीको केन्द्रीय भागमा निर्माण गरिएको बाँध देखेर तपाईंलाई त्यहाँ एउटा ठूलो माछा देखेको जस्तो लाग्छहोला। त्यस बाँधले मिन च्यांग नदीको पानीलाई दुइ भागमा बाँडेर बगाउँछ र नदीलाई भित्री र बाहिर नदीका रुपमा विभाजित गर्दछ। भित्री नदीको पानी सिंचाईका लागि उपयोगमा ल्याइन्छ भने बाहिर नदीले बाढी नियन्त्रकको भूमिका निर्वाह गर्दछ। एकजना पर्यटन निर्देशक चौ च्युन थिंगले यसबारे जानकारी दिंदै भन्नुभयोः

          "तिनताका स्थानीय अधिकारी लि पिंगले भित्री नदीको मार्गलाई निकै गहिरो र कम फराकिलो पार्नुभएको छ। यसको ठीक विपरित, बाहिरी नदीको वहाव मार्ग भित्री नदीको तुलनामा उच्चा हुनुका साथै फराकिलो छ जसको परिणामस्वरुप सुख्खा मौसममा नदीको पानी माछाको मुख जस्तो बाँधबाट भित्री नदीमा बग्छ र भित्री नदीमा पानीको परिमाण बाहिरी नदीको तुलनामा बढी हुन्छ जसबाट सिंचाईका लागि सुविधा भएको छ, र बाहिर नदीमा त्यति धेरै पानी नभएकाले बाढी आउने खतरा पनि कम भएको छ।"

             अमेरिकी पर्यटक केन बोएतले तु च्यांग यान जल-परियोजनाको कुशल डिजाइन तथा प्राचीन कालका चिनियाँहरुको बुद्धिमानीको उच्च प्रशंसा गर्नुभएको छ। उहाँले भन्नुभयोः

           "दुइ हजार वर्षभन्दा पहिले तु च्यांग यान जल-परियोजनाको निर्माण कार्य पूरा गरिएको कुराबाट म आश्चर्यचकित भएको छु। यसको विशेषता पानीको कुशल उपयोग र बाढीको प्रभावकारी नियन्त्रणमा देख्नसकिन्छ। बाँधको यस्तो अवस्थाले सुख्खाको अवधिमा सिंचाईका लागि पर्याप्त पानी उपलव्ध गराउनसक्छ भने वर्षा ऋतुमा बाढी नियन्त्रणको भूमिका निर्वाह गर्नसक्छ।"

              तु च्यांग यान जल-परियोजनाका कारणले गर्दा स छुआन प्रान्तमा त्यति धेरै पूरातात्विक वस्तु र सुन्दर दृश्यावलोकन स्थलहरुको सुरक्षा गर्नसकिएको भन्ने भनाइ छ। तपाईंको विचारमा, यो भनाइ ठीक छ कि छैन?

              श्रोता-मित्रहरु, स छुआन प्रान्तको छिंग छंग पहाड र तु च्यांग यान जल-परियोजना सम्बन्धी जानकारी आजलाई यत्ति नै। अन्तमा म आजका दुइवटा प्रश्न तपाईंहरुका लागि फेरी एक पटक दोहर्‍याउँदै छुः पहिलो प्रश्न छ, छिंग छंग पहाडलाई चीनमै उत्पन्न भएको ताउ धर्मका उद्गमस्थलहरुमध्येको एक मानिन्छ कि मानिन्दैन? र, दोस्रो प्रश्न, तु च्यांग यान विश्वको सबैभन्दा लामो इतिहास भएको जल-परियोजना हो। त्यसको निर्माण कार्य कति वर्षमा पूरा भएको थियो?

           "चीनको स छुआनः पाण्डाको जन्मथलो" ज्ञानविज्ञान प्रतियोगितामा सक्रियताका साथ भाग लिन म तपाईंलाई हार्दिक अनुरोध गर्दछु। पत्र, फ्याक्स वा इ-मेलमार्फत पठाइएको तपाईंको उचित जवाफको प्रतिक्षामा म रहने छु। यसका साथै तपाईंले यस पटक अवश्य पुरस्कार जित्नुहुने छ, मेरो हार्दिक शुभकामना।