• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-11-20 16:20:39    
अ मै पहाड तथा ल शान पहाडमा बौद्ध पूजा यात्रा

cri Author: हिमा

            यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोताहरु, आजको "चीनको स छ्वान: पाण्डाको जन्मथलो" ज्ञान-विज्ञान प्रतियोगिता सम्बन्धी कार्यक्रमबाट म सञ्चालिका हिमाको नमस्कार।

           आजको कार्यक्रममा हामी हाम्रो रेडियो तथा चीनको स छ्वान प्रान्तको पर्यटन विभागको संयुक्त तत्वावधानमा आयोजित चीनको स छ्वान—पाण्डाको जन्मथलो ज्ञान-विज्ञान प्रतियोगिताको तेस्रो भाग प्रसार गर्दैछौं। आज म तपाईंहरुलाई अ मै पहाड तथा ल शान पहाडआधारित बौद्ध संस्कृतिबारे जानकारी गराउने छु।

           आजको कार्यक्रम शुरु हुनुअघि सर्वप्रथम म यस कार्यक्रम सम्बन्धी दुइवटा प्रश्न तपाईंहरु समक्ष प्रस्तुत गर्दछु। ध्यानपूर्वक सुन्नुहोस, है त!

         एक, अ मै पहाड चीनमा बौद्ध धर्मका पवित्र स्थलहरुमध्येको एक हो?

         दुइ, ल शान पहाडमा भएको बुद्धको मूर्तिको उचाइ कति छ?

         भरखरै मैले सोधेका दुइवटा प्रश्नका जवाफहरु आजैको कार्यक्रममा समावेश भएका छन। अब हामी आजको कार्यक्रमतर्फ लागौं!

          अ मै पहाडलाई धार्मिक दृष्टिकोणले चीनमा "पहिलो पहाड" मानिन्छ। इसापूर्व चौथो शताब्दीमा एकजना भारतीय भिक्षुले चीनको अ मै पहाडको भ्रमण गर्दा यो चङ तानको प्रथम पहाड हो भनेर प्रशंसा गरेका थिए। चङ तान भनेको उत्तरी उषा हो। यो शब्द प्राचीन भारतले चीनका सन्दर्भमा प्रयोग गर्नेगर्दथ्यो। त्यसपछि अ मै पहाडलाई "चीनमा पहिलो पहाड" मानिनथाल्यो र विश्वमा प्रसिद्ध हुनपुग्यो।

           अ मै पहाडको उचाइ समुद्र सतहबाट तीन हजार मिटर जति छ र यो पहाड चीनका प्रसिद्ध पहाडहरुमध्ये सबैभन्दा अग्लो पहाड हो। त्यस पहाडको शिखर तथा फेदीको तापक्रप बीच ठूलो अन्तर हुनेभएकाले त्यहाँ विभिन्न खालका वनस्पतिका लागि राम्रो वातावरण उपलव्ध छ। प्राप्त तथ्याङ्क अनुसार, अ मै पहाडमा पाइने बोट-विरुवाहरुको प्रजातिको संख्या पाँच हजार जति छ र यो संख्या सम्पूर्ण यूरोपमा पाइने वनस्पतिको प्रजातिको कूल संख्या जति छ। सम्बन्धित सामग्रीमा उल्लेख गरिए अनुसार, प्राचीन कालमा अ मैको अर्थ किशोरीका आँखीभौं हो। त्यस पहाडलाई यस्तो नाम दिनु निकै उपयुक्त छ।

          अ मै पहाडको अद्बितीय ओज त्यसको बौद्ध धर्मसङ्गको गहन संस्कृतिसँग घनिष्ट रुपमा सम्बन्धित छ। बौद्ध धर्म इसापूर्व पहिलो शताब्दीमा भारतबाट अ मैसम्म फैलिइसकेको थियो। र त्यस पहाडमा चीनमा बौद्ध धर्मको पहिलो मन्दिरको निर्माण भएको थियो। त्यस वरिपरि अरु मन्दिरहरुको निर्माण भएपछि अ मै पहाड चीनमा बौद्ध धर्मका मुख्य पवित्र स्थलहरमध्येको एक बन्यो र आजसम्म पनि धेरै बौद्ध धर्मावलम्वीहरुले त्यहाँ गएर पूजा-आजा गर्नेगरेका छन।

           अ मै पहाडमा सत्यका प्रतीक बुद्ध समन्तभद्रको मूर्ति राखिएको छ। अहिले अ मै पहाडमा निर्मित तीसवटा मन्दिरहरुमा भिक्षु-भिक्षुणीहरुको संख्या लगभग तीन सय छ।

           अ मै पहाडको विकासका क्रममा बौद्ध धर्मले अ मै संस्कृतिलाई विकसित पारेको छ। विशेष गरी, धेरै मन्दिरहरु, बुद्धका मूर्तिहरु तथा अ मै पहाडको प्राकृतिक दृश्य त्यहाँको प्रतिष्ठित संस्कृति बनेको छ। यसै कारण संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन— युनेस्कोले अ मै पहाडलाई विश्वका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको सूचीमा समावेश गरेको छ।

         अ मै पहाको भ्रमण गरेपछि तपाईंलाई स छ्वानमा आफ्नो बौद्ध धर्म सम्बन्धी यात्रा लम्ब्याउने मन लाग्नसक्छ। यसो भएमा हामी अ मै पहाडदेखि तीस किलोमिटर पश्चिममा अवस्थित विश्वमा सबैभन्दा ठूलो बुद्धको मूर्ति भएको पहाड— ल शान जानसक्छौं। त्यस मूर्तिको अवलोकन गर्नुभएपछि तपाईं त्यस मूर्तिको निर्माणकालमा बौद्ध धर्मावलम्बीहरु आफ्नो धर्मप्रति कति विश्वास गर्थे र बुद्धप्रति कति आदरभाव प्रकट गर्थे भन्ने कुरा थाहा पाउनुहुने छ र यसले तपाईंलाई आश्चर्यचकित पार्नसक्ने छ।

           ल शानमा भएको बुद्धको महामूर्ति मैत्रेय बुद्धको मूर्ति हो। यो मूर्ति पहाडको चट्टानमा कुँदर बनाइको छ। सत्तरी मिटर अग्लो यस बौद्ध मूर्तिको टाउको पहाडको शिखर जति अग्लो छ र त्यस मूर्तिका जुत्ता तीनवटा नदीको संगमस्थल त्रिवेणीमा पर्दछन। त्यस मूर्तिको काँध बीस मिटर जति चौडा छ। मानिसहरु त्यो पहाड बुद्ध हो र बुद्ध त्यो पहाड हो भन्छन। अनि यति ठूलो र यति अग्लो मूर्तिको निर्माण कसले गरेको होला? यस सम्बन्धमा स्थानीय पथ-प्रदर्शक सुश्री उ ली फीङले एउटा कथा सुनाउनुभएको छः

         "यो ल शान महामूर्तिको निर्माण थाङ वंश अर्थात सन् सात सयतिर गरिएको हो। यस मूर्तिको निर्माण शुरु गर्ने मानिस त्यति बेला स छ्वानको यात्रामा रहेका हाइ थुङ नामक भिक्षु हुन। ल शान पहाडको फेदीमा तीनवटा नदीको संगम स्थल भएकाले त्यहाँ पुगेका धेरै डुंगा पल्टिएर मानिसहरु नदीमा डुबेर मरेको कुरा थाहा पाएपछि भिक्षु हाइ थुङले त्यस्ता दुर्घटनाको नियन्त्रण गर्नका लागि ल शान पहाडमा बुद्धको मूर्ति बनाउने निर्णय गरेका थिए। त्यस प्रयोजनका लागि उनी भिक्षा माग्न गाउँतिर लागे र त्यबाट संकलन भएको पैसा लिएर उनी ल शान पहाड फर्केका थिए। तर एकजना खराब स्थानीय अधिकारीले उनको पैसा लुटे। यो देखेर हाइ थुङलाई एकदमै रिस उठ्यो अनि उनले आफ्ना आँखा झिकेर त्यस अधिकारीलाई डराए। त्यो अधिकारी डरले भाग्यो। अनि त्यस मूर्तिको टाउको बनाएपछि मात्रै ती भिक्षु हाइ थुङको स्वर्गबास भयो।"

          त्यसपछिका दुइ पुस्ताका मानिसहरुको प्रयासमार्फत नब्बे वर्षपछि ल शान महामूर्तिको निर्माण बल्ल पूरा भयो।

          ल शान महामूर्तिको पूजा गर्न त्यहाँ पुगेका छिङ्गहाइ प्रान्तको तुङनाला मन्दिरका अवतारी लामा नर्बु रीन्पोचेले आफू त्यहाँ जानुको कारणबारे व्याख्या गर्दै भन्नुभयोः

          "यहाँ आएर बौद्ध धर्मको लामो इतिहास बोकेको यस विशाल मूर्तिको पूजा गर्नपाएकोमा हामी बौद्ध धर्मावलम्बीहरुको मन शान्त र गौरवान्वित भएको छ।"

कार्यक्रमको अन्त्यमा म आजका दुइवटा प्रश्न फेरि एकपल्ट दोहर्‍याउँछु। सुन्नोस् है!

पहिलो प्रश्न: अ मै पहाड चीनमा बौद्ध धर्मका पवित्र स्थलहरुमध्येको एक हो?

दोश्रो प्रश्न, ल शान पहाडमा भएको बुद्धको मूर्तिको उचाइ कति छ?

         हवस् त, श्रोताहरु, "चीनको स छ्वान: पाण्डाको जन्मथलो" ज्ञान-विज्ञान प्रतियोगिता अन्तर्गतको कार्यक्रम-श्रृंखला आजलाई यहीं पूरा हुन्छ। तपाईंहरुले सक्रियताका साथ यस प्रतियोगितामा भाग लिनुहुने आशा हामीले गरेका छौं। सोधिएका प्रश्नहरुको जवाफ छिटोभन्दा छिटो पठाउनुहुन पनि हामी तपाईंहरुसँग अनुरोध गर्दछौं। यसका साथै आजको कार्यक्रम पनि यहीं पूरा हुन्छ, कार्यक्रमबाट म हिमालाई पनि विदा दिनुहोस्, नमस्ते।