• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-11-21 17:10:14    
चीनको स छ्वानः पाण्डाको जन्मथलो ज्ञान-विज्ञान प्रतियोगिता

cri

               श्रोताहरु, चीनको स छ्वानबारेको चर्चा सुन्दा तपाईंहरुलाई अपरिचितजस्तो लागेको होला। तथापि पाण्डाबारे चर्चा गर्दा तपाईंहरुलाई नयाँ अनुभव नहुनसक्छ किनकि यसका बारेमा तपाईंहरुले धेरै पटक सुनिसक्नुभएको छ। त्यो सुन्दर जनावर तपाईंहरुलाई मन पर्छ कि? त्यसको जन्मथलो चीनको दक्षिण-पश्चिमी भागमा पर्ने स छ्वान प्रान्त हो।

               स छ्वान प्रान्तमा धरतीको स्वर्ग मानिएको "च्यु चाइ कौ र ह्वांग लुंग उपत्यका", चीन र विदेशकै लागि पनि धार्मिक पवित्र पहाड- अ मै पहाड, ल शान पहाड, अहिलेसम्म यथावत रुपमा आफ्नो भूमिका निर्वाह गरिरहेको विश्वको सबैभन्दा पूराना जल-संभार परियोजना- तु च्यांग यान बाँध आदि त्यसै क्षेत्रमा पर्दछन। थाववादको उद्गम स्थल- छिंग छंग पहाडको भ्रमण गर्ने पर्यटकहरुको संख्या पनि प्रतिवर्ष बढ्दो छ।

                श्रोताहरु, तपाईंहरुले स छ्वान प्रान्तबारे अरु बढी जानकारी लिनखोज्नुभएको खण्डमा हाम्रा विशेष कार्यक्रम सुन्नुहुन हामी अनुरोध गर्दछौं। हामीले डिसेम्बर चार तारिखदेखि हाम्रो रेडियो तथा यसको वेभ-साइटमार्फत "चीनको स छ्वान: पाण्डाको जन्मथलो" शिर्षकको विशेष कार्यक्रम तपाईंहरु समक्ष प्रस्तुत गर्नुका साथै यसलाई मुख्य विषय बनाएर ज्ञान-विज्ञान प्रतियोगिताको आयोजना गर्नेछौं। यस ज्ञान-विज्ञान प्रतियोगितामा तपाईंहरुले सक्रियताका साथ भाग लिने आशा हामीले गरेका छौं। स्वागत छ, तपाईंहरुलाई।

              यस अघि आयोजित ज्ञान-विज्ञान प्रतियोगिता झैं, हरेक कार्यक्रमको अन्त्यमा हामी श्रोताहरुका लागि दुइवटा प्रश्न तयार पार्नेछौं। यस पटकको ज्ञान-विज्ञान प्रतियोगिताको प्रश्नोत्तर-पत्र फर्काउने अन्तिम समय आगामी वर्षको अप्रिल पन्ध्र तारिख हुनेछ। श्रोताहरुका प्रश्नोत्तर-पत्र पढेपछि हामी प्रथम, दोश्रा, तेश्रा र विशेष पुरस्कार विजेताहरुको छनोट गर्नेछौं। विशेष पुरस्कार विजेतालाई यस पटकको ज्ञान-विज्ञान प्रतियोगितापछि चीनको स छ्वान प्रान्तको निःशुल्क भ्रमणको अवसर दिइने छ। यस प्रतियोगितामा राम्रो उपलव्धि हासिल गर्नुहोस, यहीं हाम्रो शुभकामना छ।