• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-11-21 17:13:11    
रहस्यमय सान् सिन् त्वी

cri Author: लिउ

              श्रोता मित्रहरु चिनियां अन्तर्राष्ट्रिय रेडियो र चीनको स व्छान् प्रान्तको पर्यटन व्यूरोले संयुक्त रुपमा आयोजित गरेको "चीनको स व्छान प्रान्त पाण्डाको जन्मथलो"नामक पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताको विशेष कार्यक्रम सुन्नुहुन हामीहरु स्वागत गर्दछौं । आज हामीहरुले सो प्रतियोगिताको दोस्रो भागको कार्यक्रम प्रसारित गर्नेछौं। आजको कार्यक्रम शुरु हुनुभन्दा अघि हामीहरुले तपाईहरुलाई आजको कार्यक्रम सम्बन्धी दुइटा प्रश्न राख्दै छौं । पहिलो प्रश्न छ- सान् सिन् त्वी अवशेष कति वर्षसम्म जीवन्त रहेको थियो ? दोस्रोः सान् सिन् त्वी नामक ठाउँमा खनेर निकालिएका सांस्कृतिक पुरातात्विक वस्तुहरुमध्ये कुन कुन मालबाट त्यस बेलाको कलात्मक कौशलताको प्रदर्शन गर्न सक्दछन् ? जेड वा तामाको वस्तु ?

             "सान् सिन् त्वी"लाई "सान् सिन् गाउँ"को नाउँले परिचित भई रहेको बेला येन् थरको एकजना किसानले ग्रीष्म ऋतुमा हलोद्वारा खेतजग्गाका काम गर्दा अचम्मको कुरा पत्ता लगाएको घटनालाई कसैले पनि सोच्न सकेको छैन । उक्त अचानक पत्ता लगाएको तथा त्यसपछिका दर्जनौं वर्षसम्म जारी रहेको उत्खनन र अनुसन्धानबाट अहिलेभन्दा पांच हजार वर्ष अघि देखि तीन हजारवर्षसम्म त्यस प्राचीन सु राज्यको राजधानी रहेको कुरा प्रमाणित भएको छ । त्यसबेला एकदमै समृद्ध भएको सभ्यता झण्डै दुइ हजार वर्षसम्म जीवन्त हुँदै आएको थियो । सान् सिन् त्वी अवशेषको आविष्कार भएको कारणले मानिसहरुले जंगली स्थानका रुपमा हेरेको सु राज्यको इतिहाँस अघि दुइ हजारवर्षसम्म रहेको थियो। उक्त आविष्कारले चिनियां सभ्यताको इतिहासलाई झन् झन् पूर्णता दिलाएको छ । जसबाट सान् सिन् त्वी सभ्यताले प्रतिनिधित्व गरेको यांगत्से नदीको सभ्यता र पीत नदीको सभ्यता जस्तै चिनियां सभ्यताको उत्पत्ति स्थल हुने कुरा पनि प्रतिबिम्बित भएको छ ।

               सान् सिन् गाउँ चीनको दक्षिण पश्चिम भागमा पर्ने स व्छान प्रान्तमा पर्दछ । प्रान्तको सदरमुकाम छन् तुदेखि करिब एक घण्टा जति गाडी चलेपछि त्यहां पुगिन्छ । हाल उक्त सानो गाउँमा पहिलेको शान्त र सुनसान पन हराएको छ । किनकि पचहत्तर वर्षअघिको आविष्कारको कारणले अन्दाजी दश वर्षअघि तत्स्थानमा यौटा म्युजियमको निर्माण भएको थियो। सो म्युजियमलाई सान् सिन् त्वीको नाउँ दिइएको छ ।

             सान् सिन् त्वी म्युजियमकी प्रदर्शक सुश्री छ्यु स्युए छिंगले जानकारी दिंदै उत्तरी अक्षांश तीस डिग्रीको ठाउंमा सान् सिन् त्वी जस्तो सभ्यताको अवशेषको आविष्कारको महत्वपूर्ण अर्थ रहेको कुरा बताइन

              यस अक्षांश रेखामा झोमोरान्मा चुचुरो , मायाको सम्यता ,बर्मुडा त्रिकोण जस्ता दृश्यहरु रहेका छन् । तिनीहरुको रहस्यपूर्ण साझा विशेषता हो । सान् सिन् त्वी हाल चीनको दक्षिण पश्चिम भागमा पत्ता लगाएको सांस्कृतिक पुरातात्विक वस्तुहरुको विभाजन सबैभन्दा व्यापक रुपमा रहने , तिनीहरुको रहेको समय सबैभन्दा लामो र सबैभन्दा बढी सांस्कृतिक विषय रहेको यौटा प्राचीन शहर , प्राचीन राज्य हो ।

              सान् सिन् त्वीबाट खनेर निकालिएका सांस्कृतिक पुरातात्विक वस्तुहरुबाट हेर्दा बढी रहस्यपुर्ण वस्तुहरु निस्केका छन् । म्युजियमका प्रदर्शक सुश्री छ्यु स्युए छिंगले हाम्रो प्रश्नको जवाफ दिंदा सान् सिन् त्वीमा सबैभन्दा हेर्नलायक चीज त तामाको वस्तु हो भनेर बताइन । केही तामाको मूर्तिले हाल मानिसहरुको कल्पनालाई नाघेको छ । ती मूर्तिको अनुहारमा ठूलो आंखा ठाडो नाक रहेको छ । जुन एशियालीको आकारको भन्दा निकै फरक रहेको छ । उनले सो म्युजियममा सबैभन्दा टडकारो सांस्कृतिक पुरातात्विक वस्तुबारे विशेष गरी जानकारी दिइन । सो सांस्कृतिक पुरातात्विक वस्तु तामाको मकुण्डो हो । जनश्रुतिका अनुसार सो मकुण्डो सु राज्यको पहिलो पुस्ताका राजाको सक्कल वर्णन हो ।

                यो विश्वमा सबैभन्दा ठूलो तामाको मकुण्डो हो । त्यो हाम्रो मुलुकको राष्ट्रिय मूल्यवान् वस्तु पनि हो । त्यो एकदमै विशेष खालको छ। खास गरी त्यसको पांच इन्द्रियको आ-आफ्नो विशेषता छ । पर्यटकहरुले त्यसलाई दूरबीन र टाढा टाढा आवाज सुन्न सकिने कान भन्ठानेका छन् ।

              फ्रान्सेली हुम्बर्ट ड्रोजलाई आकर्षित गर्ने वस्तु सो म्युजियममा प्रदर्शन गरिएको तमाको रुख हो । निकै टाढाबाट आएका पर्यटकले आफ्नो विवेकलाई पनि शंका गरेका हुन्छन ।(音响3 恩贝尔 德洛兹讲话出 法语)

               उहांका अनुसार , ती वस्तुहरु केही वर्षअघि फ्रान्समा प्रदर्शित गरिएका थिए । चाहे उहांलाई चीनको निकै पुरानो इतिहास भएको थाहा पाएर होस वा उहांलाई ती वस्तुहरु फेरि देख्दा अझ अचम्म लागेको होस किनकी त्यसले उहाँलाई निकै आकर्षित गरेको छ।

             फ्रान्सेली हुम्बर्ट ड्रोजलाई आकर्षित गर्ने उक्त तमाको मानव निर्मित रुखलाई विश्वको चमत्कार भनिएको छ । त्यसको अल्गाई तीन दशम्लब छ मिटर छ । चीनको प्राचीनकालमा मानिसहरुले रुख सिंगै अन्तरिक्षको अवतार हो भन्ठान्थे । सूर्य , चन्द्रमा र ताराहरु त सो रुखमा फलेका फलहरु हुन् । प्रदर्शक सुश्री छियु स्यए छिंगले दिएको जानकारी सुनेपछि शायद तपाईले पनि सो रुखको विशेषता महसूस गर्न सक्नुहुन्छ । (音响4 邱讲话出)

             सो रुख बनाउनका लागि सबैभन्दा अप्ठ्यारो , सबैभन्दा सुक्ष्म रहेको तामाको वस्तुको उच्चत्तम गुणस्तरयुक्त अमूल्य सामान हो। किनकि सो रुखको आकार संसारमै देख्न पाइन्दैन । सो रुखको ढलान गर्ने प्रविधि पनि अभूतपूर्व रहेको छ । यत्रो ठूलो रुखको ढलान गर्ने कार्य एकै चोटि पूरा हुने सम्भावना छैन । पटक पटक गरी धेरै चोटी ढलान गरेपछि मात्र सो रुख बनाउने काम पूरा हुन सक्छ । त्यस स्थानमा सान् सिन् त्वीबाट खनेर निकालिएका आठवटा तामाका रुखहरुमध्ये पूनर्जिर्णोद्धार गरी बनाएका दुइवटा रुखहरु मात्र छन् । खालि यस रुखको जीर्णोद्धार गर्नका लागि स्थानिय कलाकारहरुले तीन वर्षको समयको उपयोग गरेका बताइन्छ ।

               वास्तवमा प्रविधिको आश्चर्य बाहेक ती तामाका रुखहरुको निर्माणलाई केलाएर हेर्दा आकाश-भूमि र अन्तरिक्षप्रति प्राचीनकालीन चिनियांहरुको चिनजान भएको पाइन्छ । यस सन्दर्भमा हामीहरुले सो म्युजियमका सल्लाहकार श्री आउ थिआन् चाउबाट केही जानकारी लिएका छौं । सत्तरी वर्षभन्दा बढी उमेरका उक्त बूढाले सान् सिन् त्वी सांस्कृतिको अनुसन्धान गर्नुभएको समय आधा शताव्दीमात्र पुगेको छ । उहांले सान् सिन् त्वीबाट खनेर निकालिएका तामाका वस्तुहरुबाट के ठान्नुभएको रहेछ भने, देव-अधिकार र राजा अधिकारको घनिष्ट संयोग त्यस युगको शासनको विशेषता हो । पहिले त्यो ठाउँ दर्शन यात्राको केन्द्र थियो ।(音响5 敖讲话出) सान् सिन् त्वीबाट खनेर निकालिएका यति धेरै तामाका मूर्तिहरु र अन्त्येष्टिका तामाका सामग्रीहरुबाट हेर्दा सान् सिन् त्वी राज्यले सबैभन्दा पहिलेको आदिमकालीन यूगको धर्ममार्फत प्राकृतिको भक्ति ,कुलायनको भक्ति र पुर्खाको अनुकरण गरी विचारधारा र संगठनमा एकीकरण र नियन्त्रणको काम गर्ने कुरा देख्न पाइन्छ । प्राचीनकालको सु राज्यले भिन्ना भिन्नै विश्वास भएका टाढा वा नजिकका जातिहरुलाई आकर्षित पार्नका लागि सधैं नै केही भव्य बलिदान समारोहको आयोजना गर्ने गर्‌थ्यो।

               तामाको वस्तु सान् सिन् त्वीबाट खनेर निकालिएका सांस्कृतिक पुरातात्विक वस्तुहरुमा सबैभन्दा बढी प्रतिनिधित्वयुक्त माल हो भन्न सकिन्छ । त्यसबाट पूर्ण रुपमा त्यस युगमा उत्कृष्ट कार्य कौशल देखाइएको छ। तर सान् सिन् त्वीबाट अझ थुप्रै हत्तिको दांत र समुद्री सिपी पनि खनेर निकालिएका छन् । यो पनि अर्को रहस्यको कुरा हो । वर्तमान स व्छान्‌को भौगोलिक स्थितिबाट हेर्दा यहां हत्तीको अस्तित्व भएको सम्भावना नै छैन । किनकी त्यो ठाउँ समुद्रदेखि निकै टाढा छ । र म्युजियमका प्रदर्शक सुश्री छ्यु स्युए छिंगले दिएको जानकारीबाट पर्यटकहरुले शायद केही उत्तर पाउन सक्छन् ।(音响6 邱讲话出)

              केही विव्दानहरुका अनुसार हत्ति-दांत "दक्षिण रेशम बाटो"बाट भित्रीएको हो । तर हत्ति दांतबाहेक सो बाटोबाट भित्रिएका अर्को यौटा महत्वपूर्ण माल समुद्री सिपी पनि छ । हामीहरुले करिब पांच हजारवटा सिपी खनेर निकालेका छौं । भूपरिवेष्टित छन् तु शहरमा पनि सीपी रहने सम्भावना छंदै छैन । यी कुराहरुबाट के प्रतिबिम्बित हुन्छ भने तत्कालको सु राज्यको व्यापार निकै फैलिएको थियो । त्यो पश्चिम एशिया र दक्षिण एशियासम्म पुगेको थियो । त्यस बेलाको वाणिज्य निकै विकसित रहेको कुरा पनि ती आविष्कारबाट प्रमाणित हुन सकेको छ ।

               सान् सिन् त्वी सांस्कृतिले मानिसहरुलाई अनगिन्ति अनुमान र शंका उब्जाएको छ । त्यसैले सो म्युजियम शुरु भएको दश वर्ष मात्र भएको छ । तर सो म्युजियमले थुप्रै पर्यटकहरुलाई आकर्षित गरेको छ । सान् सिन् त्वी म्युजियममा संचित भएका सांस्कृतिक पुरातात्विक वस्तुहरु अफ्रिकाबाहेकका अन्य चारवटा महाव्दीपमा प्रदर्शित गरिएका थिए । सान् सिन् त्वी म्युजियमका उपप्रमुख चांग वै चोंगले जानकारी दिंदै भन्नुभयोःविदेशी पर्यटकहरुका लागि सान् सिन् त्वीका अनौठा , उत्कृष्ठ सांकृतिक पुरातात्विक वस्तुहरु र रहस्यमय तथा प्राचीन सभ्यताको ठूलो आकर्षक शक्ति रहेको छ ।(音响7 张讲话出)

              पर्यटकहरुको सबैभन्दा ठूलो रुचि सान् सिन् त्वीको प्राचीन र रहस्यमय सांस्कृति हो । त्यसलाई विदेशमा यांगत्से नदीको सभ्यताको श्रीपेच भनेर प्रशंसा पनि गरिएको छ । सान् सिन् त्वीका उत्कृष्ट र सुक्ष्म सांस्कृतिक पुरातात्विक वस्तुहरु संसारमा विरलै देखिन्छन् । ती पुरातात्विक वस्तुहरुसित पूर्व र स व्छान् प्रान्तको प्राचीन सु राज्यको सांस्कृतिको विशेषता छ ।

             हाल मानिसहरुले बीस हेक्टर क्षेत्रफल भएको र थुप्रै उत्कृष्ट सांस्कृतिक पुरातात्विक वस्तुहरु रहेका म्युजियमको निरीक्षण गरेपछि स्वतः त्यस रहस्यमय अवशेषप्रति आफ्नो चिनजान र बुझाई पाउन सक्छन् ।

               श्रोता मित्रहरु , कार्यक्रमको अन्तमा हामीहरु फेरि एक पल्ट आजको कार्यक्रम सम्बन्धी दुइटा प्रश्न दोहोर्‍याउँछौं । पहिलोःसान् सिन् त्वी अवशेष कति वर्षसम्म जीवन्त रहेको थियो ? दोस्रोः सान् सिन् त्वी नामक ठाउँमा खनेर निकालिएका सांस्कृतिक पुरातात्विक वस्तुहरुमध्ये कुन कुन वस्तुबाट त्यस बेलाको कलात्मक कौशलताको प्रदर्शन गर्न सक्दछन् ? जेड वा तामाको वस्तु ?

              तपाइहरुले सक्रियताका साथ उक्त प्रश्नको जवाफ दिनुहुने छ भन्ने हाम्रो आशा छ । अर्को कार्यक्रममा हामीहरुले तपाईहरुलाई अ मै पहाड र ल शान् पहाडको बुद्ध-यात्राबारे जानकारी दिनेछौं । हाम्रो कार्यक्रम सुन्नुहुन स्वागत गर्दछौं ।