• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-11-22 15:19:52    
धरतीको स्वर्ग च्यु चाइ कौ र ह्वांग लुंग उपत्यकाको यात्रा

cri Author: रवि

             यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। श्रोताहरु, आजको कार्यक्रमबाट म रविको नमस्कार। चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र चीनको स छ्वान पर्यटन ब्यूरोद्वारा संयुक्त रुपमा आयोजित "चीनको स छ्वान: पाण्डाको जन्मथलो" ज्ञान-विज्ञान प्रतियोगितामा भाग लिन हामी तपाईंहरुलाई स्वागत गर्छौं। स छ्वान प्रान्तको भ्रमणका क्रममा च्यु चाइ कौ र ह्वांग लुंग क्षेत्रमा नगएको खण्डमा तपाईंहरुलाई अवश्य नै अफसोस लाग्ने छ। स छ्वान प्रान्तको पश्चिमी भागमा पर्ने ती दुइवटा दृश्यावलोकन स्थलहरुका विशेषता के छन? किन चिनियाँहरु ती क्षेत्रलाई "धरतीको स्वर्ग" भन्दछन?

            आज हामी हाम्रो यस प्रतियोगिताको पहिलो भाग प्रस्तुत गर्नेछौं। आजको कार्यक्रम शुरु हुनुअघि हामी तपाईंहरुका लागि दुइवटा प्रश्न प्रस्तुत गर्छौं। एक, त्यस दृश्यावलोकन क्षेत्रमा नौवटा तिब्बती गाउँ रहेका कारण "च्यु चाइ कौ" नाम दिइएको हो? दुइ, च्यु चाइ कौ र ह्वांग लुंग दृश्यावलोकन क्षेत्रलाई विश्व प्राकृतिक सम्पदा सूचीमा समावेश गरिएको छ? तपाईंहरु हाम्रो कार्यक्रम ध्यानपूर्वक सुन्नुहोस। यी प्रश्नको जवाफ तलको कार्यक्रममा समावेश छ।

              च्यु चाइ कौ चीनको स छ्वान प्रान्तको पश्चिमी भागमा पर्ने आपा तिब्बती जाति र छ्यांग जातीय स्वायत्त प्रिफेक्चरमा पर्छ। त्यसको आकार अंग्रेजी अक्षरको वाइ जस्तै छ। त्यस क्षेत्रमा नौवटा तिब्बती गाउँ रहेका कारण त्यसलाई "च्यु चाइ कौ" नाम दिइएको हो।

             इजरेली पर्यटक नेरोहेम याम चीनको विभिन्न स्थानमा घुम्न मन पराउनु हुन्छ। बितेका केही वर्षमा चीनका पैचिंग, शांहाई, च च्यांग तथा पल्लो शान सि लगायतका स्थानको भ्रमण गरेपछि उहाँले चीनको चालचलन, रितिरिवाज तथा सुन्दर दृश्यबारे केही जानकारी हासिल गर्नुभएको छ। तथापि च्यु चाइ कौ पुगेपछि त्यसको सुन्दरता देखेर उहाँ निकै मुग्ध हुनुभएको छ। (आवाज दुइ)

             यो चीनको सबैभन्दा सुन्दर ठाउँ हो। मैले अरु ठाउँमा यति सुन्दर दृश्य देखेको छैन। यहाँको दृश्य विशेषखालको छ।

            यहाँको पानीका कारण च्यु चाइ कौ अद्भुत छ। पानी च्यु चाइ कौको आत्मा नै हो। च्यु चाइ कौका खोलामा एक सयभन्दा बढी सुन्दर ताल छन। स्थानीय तिब्बतीहरु तिनीहरुलाई "हाइ च" भन्छन जसको अर्थ "समुद्रको छोरा" हुन्छ।

          "हाइ च"को पानी पारदर्शी छ। तालको पानी यति पारदर्शी छ कि तपाईं तालभित्रका घाँस-पात, ढुंगा सबै स्पष्टसँग देख्नसक्नुहुन्छ। त्यहाँको पानीको रंग पनि फरक छ। कुनै तालको रंग जुहारत जस्तै निलो देखिन्छ भने कुनै तालको रंग निलमणिजस्तै हरियो। उदाहरणका लागि, च्यु चाइ कौको सबैभन्दा ठूलो ताल छांग हाईलाई लिनसकिन्छ जसलाई नजिकबाट हेर्दा हरियो देखिन्छ भने टाढाबाट हेर्दा नीलो। तालको दुबैतिरका हरिया पहाडको छायाँ त्यसमा परेका कारण त्यो ताल अति सुन्दर देखिन्छ।

          जापानी पर्यटक मोरिशिटा सादामासाले त्यो ताल देखेपछि निकै रमाउँदै त्यसको प्रसंसा गर्नुभएको छ।

           मैले जापानमा च्यु चाइ कौ सम्बन्धी वृत्त-चित्र हेरेको थिएँ। तथापि आफै यहाँ आएर यसको वास्तविक दृश्य हेरेपछि मलाई यो ताल वृत्त-चित्रमा देखेकोभन्दा सुन्दर लागेको छ। जापानमा पनि केही यस प्रकारका ताल छन, तथापि च्यु चाइ कौ जापानका यस्ता तालहरुभन्दा अझै राम्रो देखिन्छ। (आवाज चार)

           च्यु चाइ कौको पानी "हाई च"मा सधैं शान्त देखिन्छ। पहराबाट खस्दा त्यो पानी छहरो बन्छ जुन निकै चञ्चल देखिन्छ। च्यु चाइ कौ क्षेत्रमा छहराहरुको संख्या सत्र छ जसमध्ये नो र लांग नामक छहरालाई चीनको सबैभन्दा फराकिलो छहरो मानिएको छ। त्यस पहराबाट फैलिएर खसेको पानी एउटा पर्दाजस्तै देखिन्छ। सूर्यको किरणका कारण त्यस पर्दामा इन्द्रेणी देखापर्दछ, कति राम्रो दृश्य!

          चिनियाँहरुले धरतीको स्वर्ग नाम दिएको च्यु चाइ कौलाई राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन— युनेस्कोले सन् 1992 मा विश्व प्राकृतिक सम्पदा सूचीमा समावेश गरेको छ।

          च्यु चाइ कौको दृश्यावलोकनपछि अब हामी ह्वांग लुंगको दृश्यावलोकन गर्न त्यतातिर लागौं। ह्वांग लुंग च्यु चाइ कौबाट एक सय तीस किलोमिटर टाढा पर्छ। च्यु चाइ कौ सँगसँगै ह्वांग लुंगलाई पनि राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन— युनेस्कोले सन् 1992 मा विश्व प्राकृतिक सम्पदा सूचीमा समावेश गरेको छ। यहाँको मुख्य दृश्य पनि पानी नै हो।

          ह्वांग लुंगमा पानीको दृश्यालोकन गर्दा माथि डाँडाबाट तलतिर हेर्नुपर्छ। क्याल्सियमबाट बनेको करिब चार किलो मिटर लामो त्यस डाँडो एउटा स्वर्ण ड्राकनजस्तै वन-जंगल र हिम पहाड बीच फैलिएको छ। त्यसमा तीन हजारभन्दा बढी तलाउ छन। माथिबाट हेर्दा ती तलाउहरु खेतका गराजस्तै देखिन्छन। सबैभन्दा माथिल्ला तलाउलाई "रंगीचंगी तलाउ" भनिएको छ। तीनको संख्या सात सयभन्दा बढी छ। ती स-साना तलाउहरु घाममा रंगीचंगी देखन्छन जुन ह्वांग लुंग दृश्यावलोकन क्षेत्रको सबैभन्दा सुन्दर दृश्य हो।

          ती "रंगीचंगी तलाउ"हरु समुद्र सतहदेखि चार हजार मिटरको उचाइमा छन। सबै पर्यटकहरुलाई हिंडेरै त्यहाँ पुग्न गाह्रो हुन्छ। ह्वांग लुंग दृश्यावलोकन क्षेत्रका जिम्मेवार व्यक्ति खौ या ह्वैले अहिले यस कठिनाइको सामना गर्ने उपाय फेला पारिएको जानकारी दिनुभएको छ। (आवाज पाँच)

            हामीले यसै वर्ष रज्जु मार्गको निर्माण गरिसकेका छौं। अब पर्यटकहरु रज्जु मार्गमार्फत पहाडको शिखरमा पुगेर "रंगीचंगी तलाउ"को दृश्यावलोकन गर्नसक्छन। यसका अतिरिक्त, हामीले पहाडको बाटोमा पाँचवटा निःशुल्क अक्सिजन बारको निर्माण गरेकाछौं। यसका साथै, अरु दुइवटा अक्सिजन बारको निर्माण कार्य पनि भैरहेको छ। पैदल यात्रा गरी शिखरमा पुग्ने पर्यटकहरुका लागि ती अक्सिजन बार निःशुल्क छन।

           हवस त, श्रोताहरु, "चीनको स छ्वान: पाण्डाको जन्मथलो" ज्ञान-विज्ञान प्रतियोगिताको पहिलो भाग आज यहीं सकिन्छ। अन्त्यमा म आजको कार्यक्रमको शुरुमा तपाईंहरुका लागि प्रस्तुत गरेका दुइवटा प्रश्न फेरि एक पटक दोहर्‍याउँछु। एक, त्यस दृश्यावलोकन क्षेत्रमा नौवटा तिब्बती गाउँ रहेका कारण "च्यु चाइ कौ" नाम दिइएको हो? दुइ, च्यु चाइ कौ र ह्वांग लुंग दृश्यावलोकन क्षेत्रलाई विश्व प्राकृतिक सम्पदा सूचीमा समावेश गरिएको छ? चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र चीनको स छ्वान पर्यटन ब्यूरोद्वारा संयुक्त रुपमा आयोजित "चीनको स छ्वान: पाण्डाको जन्मथलो" ज्ञान-विज्ञान प्रतियोगितामा सक्रियताका साथ भाग लिन हामी तपाईंहरुलाई स्वागत गर्छौं। भोली तपाईंहरु "चीनको स छ्वान: पाण्डाको जन्मथलो"ज्ञान-विज्ञान प्रतियोगिताको दोश्रो भाग सुन्नुहुनेछ। आजलाई कार्यक्रमबाट रविलाई विदा दिनुहोस्, नमस्ते।