
दोहा एशियाली खेलकुदको हिजो दोस्रो दिन, चिनियाँ खेलाडीहरुले हिजोसम्ममा उनान्तीसवटा स्वर्ण पदक हासिल गरी चीनलाई पदक तालिकामा पहिलो स्थानमा राखेका छन। सो प्रतियोगितामा चीनपछि जापान सातवटा र गणतन्त्र कोरिया चारवटा स्वर्ण पदकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन।
त्यसका साथै, पुरुष सिन्गल्स् साइकल प्रतियोगितामा व्हुआङ्ग चिन पोले चीनको हङ्गकङ्गका लागि पहिलो स्वर्ण पदक जित्नुभएको समाचार छ।
टेबुल टेनिस प्रतियोगितामा चिनियाँ पुरुष र महिला दुबै टोलीले क्रमशः गणतन्त्र कोरिया र सिंगापुरलाई पराजित गरि विजय हासिल गरेका छन।

त्यसका अतिरिक्त, फुटबल प्रतियोगितामा चिनियाँ पुरुष टोलीले मलेशियालाई पराजित गरेको छ।
आजको प्रतियोगितमा अरु अट्ठाइसवटा स्वर्ण पदकको फैसला गरिने कार्यक्रम छ।
|