
दोहा एशियाली खेलकुद शुरु भएको आज तेस्रो दिन हो। स्थानीय समय अनुसार, आज विहान सम्पन्न भएको महिला समूहतर्फको दश मिटर निशाना प्रतियोगितामा चीनका खेलाडी स्यु स्युआनले स्वर्ण पदक हासिल गर्नुभयो भने लीउ काङले पुरुष समूहतर्फको पच्चीस मिटर एयर पेस्तोलको प्रतियोगितामा च्याम्पियनशिप हासिल गर्नुभयो। यो यस पटकको सुटिङ प्रतियोगितामा चिनियाँ टोलीले हासिल गरेको बाह्रौं स्वर्ण पदक हो।
आज सम्पन्न महिला बास्केटबल प्रतियोगितामा चिनियाँ टोलीले लेबनानलाई पराजित गरेको छ।
आज भइरहेका शुटिङ, पौडी लगायतका प्रतियोगिताहरुमा अठतीसवटा स्वर्ण पदकको छिनोफानो हुने कार्यक्रम छ। चिनियाँ टोलीले पौडीलगायतका प्रतियोगिताहरुमा स्वर्ण पदक जित्ने सम्भावना छ।
चीनले हालसम्म एकतीस स्वर्ण, बाह्र रजत र आठवटा काँस्य पदक हासिल गरी पदक तालिकामा पहिलो स्थानमा रहेको छ। जापान तथा दक्षिण कोरिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन।
|