• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-12-05 16:06:49    
चिनियाँ खेलकुद प्रतिनिधि मण्डलका उत्तम नतीजाहरु

cri Author: यु

         चिनियाँ ओलिम्पिक खेलकुद आयोग, क्वाङ्ग चाउ एशियाली खेलकुद समारोह आयोजक समिति र छाङ्ग ठुन एशियाली हिउंदे खेलकुद आयोजक समितिले दोहाको स्थानीय समय अनुसार चार तारिख साँझ समारोहको आयोजना गरेका थिए। एशियाई खेलकुद समारोहमा सहभागि हुनुभएका अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका सदस्य, एशियाली ओलिम्पिक परिषदका सदस्य र विभिन्न मुलुकहरु एवम क्षेत्रहरुका ओलिम्पिक समितिका सदस्यहरु आदी तीन सय जती व्यक्तिहरु उक्त समारोहमा सहभागी हुनुभएको छ। त्यस अवसरमा उहाँहरुले एशियाली खेलकुद प्रतियोगितामा राम्रा राम्रा नतिजा देखाउंदै आएका चिनियाँ खेलाडीहरुको ठूलो मूल्याङ्कन गरेका छन्।

 

        हिजो अर्थात् चार तारिखका दिनसम्म चिनियाँ खेलाडीहरुले अठतिस वटा स्वर्ण पदक प्राप्त गरेका थिए र त्यो नतिजाबाट खेल निकै आकर्षित भएको छ। जापानी टेबुल टेनिस संघको स्थायि सदस्य किमुरा कोजीले बोल्दै उक्त प्रयोगिताको शुरुआत हुनेवित्तिकै चिनियाँ खेलाडीहरुले निकै राम्रो खेलको प्रदर्शन गरेका छन्। त्यसैले उनिहरुका सामु जापानी खेलाडीहरुलाई निकै दवाव परेको छ। उहाँ भन्नुहुन्छः

        पदक प्राप्त गर्नका लागि हामिले सक्दो प्रयार गरेका छौं। हामिले चिनियाँ र दक्षिण कोरियाई खेलाडीहरुसं‍ग प्रतिस्पर्धा गरेका छौं। स्वयम हाम्रा लागि चिनियाँ खेलाडीहरुलाई पराजित गर्न निकै गाह्रो हुन्छ। धेरैजसो खेलमा चिनियाँ खेलाडीहरुको क्षमता हाम्रो भन्दा राम्रो छ। चिनियाँ टेबुल टेनिस खेलका खेलाडीहरु विश्वका अग्रसर पंक्तिमा रहेका छन्। जस्तो भनौ‍ महिला खेलाडी वाङ्ग नान तिनीहरुमध्येको एक हुन। उनी हाम्रो ध्यानाकर्षणको मुख्य पात्र हुन्।

         गणतन्त्र कोरियाका अधिकारी शिन याङ्गसुकले पत्रकारसंगको अन्तर्वार्तामा बोल्दै यस पटकको एशियाली खेलकुद प्रतियोगितामा चिनियाँ खेलाडीहरुबाट देखाउंदै आएका टडकारा नतिजाहरुप्रति बधाई व्यक्त गर्नुभएको छ। त्यसका साथसाथै उहाँले यस पटकको प्रतियोगितामा नतिजाको दृष्टिबाट हेर्दा दोस्रो स्थान ओगटने दावी गर्नुभएको छ। उहाँ भन्नुहुन्छः

        चिनियाँ खेलाडीको प्रतिस्पर्धात्मक क्षमता शक्तिशाली छ। अहिले वेट लिफ्टिङ र तारो हनाई आदि लगायतका अनेकौं खेलमा स्वर्ण पदक प्राप्त गरेका छन्। त्यसैले हामि जापानसंग दोस्रो स्थान ओगट्न तंछाड-मछाड गर्न बाध्य भएका छौं।

        त्यसरि माल्डिभ्सको प्रतिनिधि मण्डल चाहिं यस पटक एशियालि खेलकुद प्रयोगितामा सहभागि भएका प्रतिनिधिहरुमध्ये सबभन्दा सानो मानिन्छ। त्यसका खेलाडीहरुले ट्रेक एण्ड फिल्ड, बालुवि मैदानको भलिबल, तारो हनाई आदि आठ वटा खेलको प्रतियोगितामा मात्र सहभागि भएका छन्। मल्डिभ्स ओलिम्पिक समितिका अध्यक्ष जाहिर नास्सेरले पत्रकारसंगको अन्तर्वार्तामा बोल्दै चिनियाँ खेलाडीहरुका उत्तम उपलव्धिहरुप्रति बधाई व्यक्त गर्दै भन्नुहुन्छः

         हामिले चिनियाँ खेलाडीहरुले जस्तै खेल्न सक्दैनौं, तर एशियालि खेलकुद प्रतियोगितामा सहाभागी हुने मौका पाएकोमा हामिलाई एकदमै खुशि लागेको छ। चिनियाँ खेलाडीहरुले आवश्य नै पहिलो स्थान लिने छन् भन्ने कुरामा हामी विश्वस्त छौं।

        

            तर चिनियाँ खेलाडीहरुका प्रक्रिया र अवस्थाबारे खेलकुद सम्बन्धी चिनियाँ अधिकारीहरुले स्पष्ट रुपमा बुझ्दै आउनुभएको छ। अखिल चिनियाँ खेलकुद व्यूरोका उप प्रमुख स्याउ थ्यानले पत्रकारसंगको अन्तर्वार्तामा बताउनुहुन्छः

         खेलाडीहरुले सजिलैसित ती नतिजाहरु प्राप्त गरेका छैनन्। उनिहरुलाई प्रशं‍सा गर्न चाहन्छौं। तर ती नतिजाहरु त विश्वको रिकर्डहरुको तुलनामा केहि अन्तर छन्। ओलिम्पिक समारोहका उपलव्धिहरुबारे अनुमान गर्न अझै विशेष गरि स्पष्ट हुनुपर्छ।

        चिनियाँ राष्ट्रिय खेलकुद प्रधान व्यूरोका प्रमुख एवम चिनियाँ प्रतिनिधि मण्डलका नेता लिउ फङ्गले पनि सोहि दिन उक्त समारोहामा बधाई सम्बोधन व्यक्त गर्दै घरपट्टि मुलुक कतारमा संचालित कार्यको ठूलो मूल्याङ्कन गर्नुभएको छ। यस पटकको खेलकुद समारोह संतोषजनक छ र यो मानिसहरुको जिवनमा कहिले पनि बिर्सन नसक्ने भव्य खेलकुद समारोह पनि हुन जाने छ।