
दोहा एशियाली खेलकूदको आजको कार्यक्रमअनुसार, आज हुने विभिन्न खेलहरुमा पैंतालीसवटा स्वर्ण पदकको निर्णय गरिनेछ। शुटिङ्ग, पौडी आदि प्रतियोगितामा चिनियाँ टोलीले स्वर्ण पदक जित्ने प्रवल सम्भावना छ।

अहिलेसम्म चिनियाँ टोली जम्मा पैंसट्ठीवटा स्वर्ण पदकसहित पदक तालिकामा पहिलो स्थानमा रहेको छ भने जापान तथा दक्षिण कोरिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन।

|