
दोहा एशियाली खेलकुद अन्तर्गत आज भएको foot race प्रतियोगितामा चिनियाँ खेलाडी हान यु छङ्गले एक घण्टा एक्काइस मिनेट चालीस सेकेन्डमा निर्धारित दूरी पार गरी स्वर्ण पदक प्राप्त गर्नुभयो। यस पटकको एशियाली खेलकुद अन्तर्गत पथ-मैदान प्रतियोगितामा चिनियाँ टोलीमा स्वर्ण पदक हासिल गर्ने उहाँ पहिलो खेलाडी बन्नुभएको छ।

चिनियाँ टोली अहिलेसम्म बयासी स्वर्ण, एकचालीस रजत र बीसवटा काँस्य पदकसहित पदक तालिकामा पहिलो स्थानमा रहेको छ भने जापान तथा गणतन्त्र कोरिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन।

|