
दोहा एशियाली खेलकूदको आजको कार्यक्रमअनुसार, महिलातर्फ ट्र्यायलोन प्रतियोगिताको फाइनलमा चिनियाँ खेलाडी वांग हुंग निले च्याम्पिएन-सिप प्राप्त गरी स्वर्ण पदक हाँसिल गर्न सफल हुनुभएको छ। यो चिनियाँ टोलीले यस पटकको एशियाली खेलकूदमा प्राप्त गरेको एकान्नवेऔं स्वर्ण पदक हो।

आज दोहा एशियाली खेलकूदमा ट्रेक एन्ड फिल्ड, शुटिंग लगायत धेरै खेलको फाइनलको आयोजना गरिनेछ। चिनियाँ टोलीले अहिलेसम्म एकान्नब्बे वटा स्वर्ण, पचास रजत र बीसवटा काँस्य पदकसहित पदक तालिकामा पहिलो स्थानमा रहेको छ भने जापान तथा गणतन्त्र कोरिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन।

|