
दोहा एशियाली खेलकूदको आजको कार्यक्रमअनुसार, महिलातर्फ माराथुन प्रतियोगितामा चिनियाँ खेलाडी चौ छुन स्यौले अन्य खेलाडीलाई जितेर स्वर्ण पदक प्राप्त गर्नुभयो। उहाँले प्राप्त गर्नुभएको यो स्वर्ण पदक चिनियाँ टोलीले आज प्राप्त गरेको पहिलो स्वर्ण पदक पनि हो। जापानका खेलाडीहरुले बेग्लाबेग्लै गरी रजत र काँस्य पदक प्राप्त गर्नुभयो।

आज दोहा एशियाली खेलकूदमा ट्रेक एन्ड फिल्ड, टेन्निस लगायत धेरै खेलको फाइनलको आयोजना गरिदैछ। चिनियाँ टोलीले अहिलेसम्म छयान्नब्बे वटा स्वर्ण पदकसहित पदक तालिकामा पहिलो स्थानमा रहेको छ।

|