 दोहा एशियाली खेलकुदअन्तर्गत आज भएका पथ-मैदान प्रतियोगिता, टेबुल-टेनिस, कुश्ती आदि खेलहरुमा छत्तीसवटा स्वर्ण पदकको फैसला भएको छ। आज विहान भएको पुरुषतर्फको एक सय दश मीटर अवरोध दौडको प्रारम्भिक छनौटमा चिनियाँ खेलाडी लिउ श्याँग तेह्र दसमलव चौहत्तर सेकेण्डमा दूरी पार गरी पहिला भए।

चिनियाँ खेलाडीहरुले अहिलेसम्म एक सय दशवटा स्वर्ण पदक, त्रिसट्ठीवटा रजत पदक र उनान्चालीसवटा काँस्य पदक हासिल गरी पदक तालिकामा पहिलो स्थानमा रहेको छ। दोश्रो र तेश्रो स्थानमा क्रमशः जापन र गणतन्त्र कोरिया रहेका छन।
|