
आज तेह्र तारिखका दिन एशियाली खेलकूद अन्तर्गत महिला टेनिस तर्फको सिंगल्सको अन्तिम प्रतिस्पर्धामा चिनियाँ खेलाडी चंग चेले सुन्नाका विरुद्ध तीन राउण्डले भारतीय खेलाडी मिर्जालाई पराजित गरी च्याम्पियनशीप हाँसिल गरेकी छिन् ।

आज तेह्र तारिखका दिन दोहामा भैरहेको एशियाली खेलकूदमा एकचालिस वटा स्वर्ण पदकको निर्णय हुनेछ । आजको प्रतिस्पर्धा अन्तमा चिनियाँ प्रतिनिधि मण्डलले प्राप्त गर्ने स्वर्ण पदकको संख्या सन् 2002को एशियाली खेलकूदमा पाएका एक सय पचास वटा स्वर्ण पदकभन्दा बढी पाउने निकै सम्भावना रहेको जनाइएको छ ।
अहिलेसम्म चिनियाँ प्रतिनिधि मण्डलले एक सय अठतीस वटा स्वर्ण पदक , छयहत्तर वटा रजद पदक र अन्ठाउन्न वटा काँस्य पदकको उपलव्धिले पदकको सूचिमा पहिलो स्थान पाएको छ भने गणतन्त्र कोरिया र जापानले दोस्रो र तेस्रो स्थान पाएका छन् ।
|