• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-02-06 16:50:21    
चीनका राष्ट्राध्यक्ष हु चिन थाउद्बारा नामिबियाको राजकीय भ्रमण

cri Author: वर्षा

        नामिबियाका राष्ट्रपति हिफिकेपुन्या पोहाम्बाको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष हु चिन थाउ नामिबियाको राजकीय भ्रमणको सिलशिलामा स्थानीय समयअनुसार हिजो राजधानी विन्तहोएक पुग्नुभयो।

             नामिबिया अफ्रिका महाद्बीपको दक्षिण-पश्चिमी भागमा पर्दछ। त्यहाँको मौसम घमाइलो छ भने गर्मी अलि बढी नै छ। नामिबियाको लामो इतिहास छ। तर अफ्रिका महाद्बीपमा उपनिवेशिक शासनबाट स्वतन्त्र भएको नामिबिया अन्तिम मुलुक हो। त्यसैले त्यसलाई अफ्रिकाको सबैभन्दा पछिल्लो गणतन्त्रिक मुलुक भनिन्छ।

             उत्साही नामिबियाली सर्वसाधारणले विन्तहोएक विमानस्थलमा श्री हु चिन थाउको सम्मानमा नाचगान गरी धेरै टाढाबाट आउनुभएका चिनियाँ अतिथिको स्वागत गरेका थिए।

             चीन र नामिबियाबीचको दूरी धेरै भए तापनि यी दुइ देशका जनताहरुबीच निकै घनिष्ठ सम्बन्ध छ। नामिबिया स्वतन्त्र भएको भोलिपल्ट अर्थात् सन् 1990 को मार्च बाईस तारिखका दिन चीन र नामिबियाबीच दौत्य सम्बन्ध कायम भएको थियो। नामिबियाका राष्ट्रपति पोहाम्बाले श्री हु चिन थाउको सम्मानमा आयोजना गर्नुभएको स्वागत समारोहलाई सम्बोधन गर्दै श्री हु चिन थाउले चिनियाँ र नामिबियाली जनताबीच रहेको गहन मित्रताको उच्च मूल्याँकन गर्नुभयो। उहाँले अगाडि भन्नुभयोः

           "नामिबियाको राष्ट्रिय मुक्ति युद्धका अवधिमा चीन र नामिबिया एउटै मोर्चाका मित्र थिए। स्वतन्त्र भएपछिको नामिबियाको विकासनिर्माणमा चीन नामिबियाको हितैसी र सहयोगी साझेदार भएको छ। चीन र नामिबियाबीचको दौत्य सम्बन्धको स्थापना भएको सत्र वर्षदेखि यता यी दुवै पक्षहरुबीच आर्थिक तथा व्यापारिक, शैक्षिक, स्वास्थ्य र संस्कृतिकलगायत विभिन्न क्षेत्रहरुको सहयोग निरन्तररुपमा विस्तार हुँदै आएको छ भने दुइ देशका जनताहरुबीचको आपसी समझदारी तथा मित्रता पनि दिनप्रति दिन गहन हुँदै आएको छ। यी दुवै पक्षहरुले अन्तर्राष्ट्रिय मामिलामा एकअर्कालाई विश्वास तथा समर्थन गर्दै आएका छन्। नामिबियाले एक चीनको नीतिलाई कायम राख्नुका साथै चीनको एकिकरणको महान लक्ष्यलाई पनि समर्थन गर्दै आएको छ। चीनलाई आवश्यक परेका बेलामा नामिबियाली सरकार तथा जनताले सधैं नै हामीलाई दृढ समर्थन दिने गरेका छन्। यसलाई हामीले कहिल्यै पनि बिर्संदैनौं। चीनले नामिबियालाई सबैभन्दा विश्वासिलो मित्र मान्छ।"

             गत वर्षको नोभेम्बरमा सफलतापूर्वक सम्पन्न चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पेइचिंग शिखर सम्मेलनमा अनेकन उपलव्धीहरु हासिल भएको थियो। श्री हु चिन थाउले नामिबियाली नेतागणसित चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पेइचिंग शिखर सम्मेलनको उपलव्धिहरुलाई कसरी व्यवहारमा उतार्ने भन्ने बिषयमा छलफल गर्नु नै आफ्नो यस पटकको भ्रमणको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो। यसका साथै श्री हु चिन थाउले नामिबियाको आर्थिक विकास तथा नामिबियाली जनताको जीवनस्तर उकास्न श्रृंखलाबद्धरुपमा चालिने कदमहरुको घोषणा गर्दै भन्नुभयोः

          "चीन सरकारले नामिबियालाई केही अनुदान सहायता तथा निर्व्याजी ऋण प्रदान गर्नेछ। यसका साथै चीनले सन 2007 देखि 2009 सम्म नामिबियालाई दश अरब चिनियाँ युआन सौविध्य ऋण र दश करोड अमेरिकी डलर सौविध्य निर्यात ऋण प्रदान गर्नेछ।"

             श्री हु चिन थाउका अनुसार चीनले ठूला चिनियाँ व्यवसायीहरुलाई नामिबियामा लगानी गर्न उत्साहित गर्ने, नामिबियाली व्यवसायीहरुसँग व्यापारिक विकास, आधारभूत प्रबन्धको निर्माण तथा कृषि क्षेत्रको सहयोग विस्तार गर्ने, नामिबियाबाट गरिने आयातमा बृद्धि गरी दुवै पक्षबीच व्यापारिक सन्तुलन कायम राख्ने, नामिबियामा व्यावसायिक तालिम केन्द्र तथा अस्पतालको निर्माण गर्ने, युवा स्वयम् सेवकलाई नामिबियामा पठाउने, सूचना प्रविधिका क्षेत्रमा नामिबियालाई सघाउ पुर्‍याउनेलगायतका सहयोग गर्नेछ।

             नामिबियाका राष्ट्रपति पोहाम्बाले राष्ट्रिय मुक्ति युद्ध र आर्थिक तथा सामाजिक विकासका क्रममा चीन सरकार र चिनियाँ जनताले दृढताका साथ दिएको समर्थनलाई नामिबियाली जनताले कहिल्यै पनि नबिर्सने कुरा बताउँदै चीनसितको मित्रतालाई नामिबियाले अत्यन्तै महत्व दिनुका साथै दुइ देशबीच विभिन्न क्षेत्रहरुमा मौजुद पारस्परिक सहयोगको विस्तारका लागि नामिबियाले निरन्तररुपमा प्रयास गरिरहेको उल्लेख गर्नुभयो। उहाँले अगाडि भन्नुभयोः

           "नामिबिया सरकारले एक चीनको नीतिको पूर्ण समर्थन गर्दछ। थाइवान चीनको अविभाज्य भाग हो। आफ्नो सार्वभौमिक्ता र अक्षुणताका लागि चीनले गरेको प्रयासको नामिबिया सरकारले दृढ समर्थन गर्दछ र चीनको एकीरण महान कार्यको समर्थन गर्दछ।"