• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-02-07 18:31:57    
चीनका राष्ट्राध्यक्ष हु चनि थाउ अफ्रिकी मुलुकस्थित चिनियाँ लगानीका उद्योग-व्यवसायका प्रतिनिधिहरुको गोष्ठीमा सहभागी

cri Author: च्या

         दक्षिण अफ्रिका पुग्नुअघि चीनका राष्ट्राध्यक्ष हु चिन थाओले हिजो नामिबिआमा अफ्रिकी मुलुकस्थित चिनियाँ लगानीमा संचालित उद्योग-व्यवसायका प्रतिनिधिहरुको गोष‌ठीमा सहभागी भई महत्वपूर्ण धारणा ब्यक्त गर्नुभयो । सो अवसरमा हु चिन थाउले अफ्रिकी मुलुकहरुलाई सहयोग गर्ने चीनको बोली र व्यवहार एउटै रहेको तथा यसबाट व्यवहारिकरुपमा राम्रो नतीजा निकाल्न सकिने कुरामा अफ्रिकी मित्रहरु र अन्तर्राष्ट्रिय समाजलाई सुनिश्चित पार्नु नै आफ‍नो यस पल्टको भ्रमणको उद्देश्य हो भन्नुभयो । यस बारे एउटा विस्तृत विवरण सुन्नुहोस् ।

             चीन अफ्रिकाका लागि एक महत्वपूर्ण साझेदारी हो । चीनको वाणिज्य मन्त्रालयद्वारा उपलव्ध गराइएको पछिल्लो तथ्यांकअनुसार गत वर्ष चीन र अफ्रिकाबीचको कारोबारको परिमाण पच्पन्न अरब अमेरिकी डलर पुगेको छ भने यसमा परारको तुलनामा चालिस प्रतिशतले बृद्धि भएको छ । गत वर्षको अन्तसम्म चीनले अफ्रिकामा लगाएको लगानीको परिमाण जम्मा छ अरब चौसठी करोड अमेरिकी डलर पुगिसकेको छ । लगानी लगाउने परियोजनाहरु उनन्पचास वटा अफ्रिकी मुलुकहरुमा फैलेका छन् । हिजो दिउंसो नामिबिआको राजकीय भ्रमण सम्पन्न गर्नुअघि हु चिन थाउले अफ्रिकी मुलुकमा लगानी गरेका चिनियाँ उद्योग-व्यवसायका प्रतिनिधहरुसितको गोष्ठीमा सहभागी हुनुभयो। सो अवसरमा श्री हु चिन थाउलाई चीनको पेट्रोल र प्राकृतिक ग्याँस समूह, व्हा लि ख थाइ औषधि व्यवसाय लिमिटेडलगायत केही कम्पनीहरुका प्रतिनिधिहरुले उक्त गोष्ठीमार्फत आ-आफना कम्पनीहरुले अफ्रिकामा गरेको आर्थिक र व्यापारिक कारोवार र ठेक्कामा लिइएका परियोजनाहरुको अवस्था बारे जानकारी दिए। हु चिन थाओले उनीहरुको कुरा सुन्नुभएपछि ती उद्योग व्यवसायहरुलाई 【 पुराना अफ्रिकी 】भनेर बताउनुभयोः

              नयाँ वर्षको शुरुमै अफ्रिकालाई पहिलो भ्रमण गन्तव्य छानेर चीन र अफ्रिका बीचको परंपरागत मित्रतालाई सुदृढ गर्नु, चीन अफ्रिका सहयोग मंचको पैचिंग बैठकको नतीजालाई व्यवहारमा उतार्नु, व्यावहारिक सहयोगलाई साकार तुल्याउनु, साझा विकासलाई प्रबर्द्धन गर्नु, अफ्रिकी मित्र र अन्तर्राष्ट्रिय समाजलाई अफ्रिकासित सहयोग गर्ने चीनको बोली र व्यवहार एउटै रहेको देखाउदै व्यवहारिकरुपमा राम्रो नतीजा निकल्न सकिने बनाउनु नै आफ्नो यस पल्टको भ्रमणको उद्देश्य रहेको कुरा श्री हु चिन थाउले बताउनुभयो ।

              हु चिन थाउले अफ्रिका भन्नाले विकासोन्मुख मुलुकहरु केन्द्रित रहेको महाभूमि हो भन्दै अफ्रिकी मुलुकहरुसित मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धको विकास गर्नु चीनका लागि महत्वपूर्ण रणनैतिक अर्थ रहेको स्पष्ट पार्नुभयो ।

              चीन र विश्वबीचको भातृत्वको विकासबाट चीन र अफ्रिकाबीचको मित्रताको विकासलाई अलग्याउन सकिदैन, चीन र अफ्रिकाबीचको सम्बन्धको विकासले मेलमिलापयुक्त विश्वको निर्माणका लागि हितकर पूर्वाधार तयार गर्नेछ। द्विपक्षीय आर्थिक सहयोग चीन र अफ्रिकाबीचको नयाँ ढाँचाको रणनीतिक साझेदारी सम्बन्धको विकासका लागि एक महत्वपूर्ण प्रेरक शक्ति हो।

              हाल चीन र अफ्रिका बीचको आर्थिक सहयोगको प्रक्रियालाई अरु सुदृढ पार्ने सन्दर्भमा अफ्रिकास्थित ती उद्योग-व्यवसायहरुको भूमिका महत्वपूर्ण रहेको छ। यसबारे श्री हु चिन थाउले तीन बुंदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

              पहिलोः आफ्नो दायित्वलाई बुझेर आवश्यकताअनुसार सेवा उपलव्ध गराउनुपर्छ । दोस्रोः प्रतिष्ठा र गुणस्तरलाई पहिलो स्थानमा राख्ने गर्नुपर्छ। तेस्रोः मेलमिलापको प्रबर्द्धन र जन-साधारणको हितका लागि काम गर्नुपर्छ।

              श्री हु चिन थाउले अफ्रिकास्थित ती उद्योग-व्यवसायहरुले आफ्नो व्यवसायको मात्र प्रतिनिधित्व गरेको नभई आफ्नो महान मातृ-भूमिको पनि प्रतिनिधित्व गरेका छन भन्दै ती उद्योग-व्यवसायहरुले ठेक्का लिएका परियोजना, उत्पादन गरेका वस्तु तथा उपलव्ध गराएका सेवालाई अफ्रिकी जनताले चीनसितको सम्पर्कका रुपमा लिएका छन। त्यसैले पहिलो स्तरको प्रविधि, उत्पादन र सेवा मार्फत आफ्ना उद्योग-व्यवसायलाई पहिलो स्तरमा स्थापित गर्नुपर्छ। श्री हु चिन थाउले भन्नुभयोः

               चीन र अफ्रिका बीचको सहयोगको दीर्घकालीन इतिहासको दृष्टिबाट हेर्दा ती उद्योग-व्यवसायहरुले स्थानीय समाजसँगै मिलेर अझ सक्रियताका साथ सामाजिक जिम्मेवारी वहन गर्दै त्यहाँको रोजगारी प्रबर्द्धन गर्ने, जीवनको अवस्थामा सुधार गर्ने, सार्वजनिक हितकारी परियोजनाको निर्माण गर्ने तथा निर्माणका लागि दक्ष व्यक्तिहरु उत्पादन गर्ने कार्य गर्नुपर्छ।