• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-02-08 17:34:02    
मित्रता तथा सहयोग यात्रा

cri Author: च्या

          दक्षिण अफ्रिकाको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष हु चिन थाउले हिजो प्रेटोरिया विश्वविद्यालयमा 'चीन र अफ्रिकाबीचको एकतालाई मजबूत पार्दै मेलमिलापयुक्त विश्वको निर्माणलाई प्रबर्द्धन गरौं' भन्ने विषयमा अफ्रिकी युवायुवतीहरुलाई लक्षित गरी आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्नुभयो । अब यस विषयमा एक विस्तृत विवरण सुन्नुहोस् ।

               प्रेटोरिया विश्वविद्यालय प्रेटोरिया शहरको केन्द्रमा अवस्थित दक्षिण अफ्रिकाको सबैभन्दा पुरानो र ठूलो बहुमुखी विश्वविद्यालय हो । हिजो विहान राष्ट्राध्यक्ष हु चिन थाउ विश्वविद्यालयको सभा गृहमा पुग्नुहुँदा त्यहाँका शिक्षक शिक्षिका र विद्यार्थीहरुले उहाँलाई हार्दिक स्वागत गर्नुभयो ।

               हु चिन थाउले प्रवचन दिने क्रममा दक्षिण अफ्रिकाका राष्ट्रपति म्बेकीलाई उदृद्ध गर्दै भन्नुभयोः दक्षिण अफ्रिका नयाँ युगमा प्रवेश गरेको छ । उहाँले भन्नुभयोः

               दक्षिण अफ्रिकी जनताले हासिल गरेका उपलव्धिहरुले दक्षिण अफ्रिकाको विकासमा नयाँ आशा दिलाएको मात्र नभई त्यसले अफ्रिका र मानव जातिकै प्रगतिशील महान उद्देश्य प्राप्तिको आशा पनि जगाएको छ ।

               हु चिन थाउले विगत आधा शताब्दीभन्दा बढी समयमा चीन र अफ्रिकी जनताले राष्ट्रिय मुक्तिको संघर्षमा एकले अर्कालाई समर्थन गरेको, विकास निर्माणको पथमा सदिच्छापूर्वक सहयोग गरेको तथा अन्तर्राष्ट्रिय मामिलामा दृढताका साथ एकले अर्कालाई साथ दिएको इतिहासलाई सिंहावलोकन गर्दै भन्नुभयोः

              चीन र अफ्रिका भौगोलिकरुपमा टाढा भए तापनि दुबै पक्षबीच प्रचीनकालदेखिको मित्रता रहिआएको छ । यो परम्परागत मित्रतालाई चिनियाँ र अफ्रिकी जनताले स‌युक्तरुपमा प्रवर्द्घन गरेका र सुख-दुःखमा एक-अर्कालाई साथ दिएकाले दुबै पक्षबीच आत्मीय सम्बन्ध रहिआएको छ। विगतमा चिनियाँ र अफ्रिकी जनताबीच रहिआएको समानता र समझदारी तथा आपसी विश्वासमा आधारित मैत्रीपूर्ण सम्बन्ध युगानुयुगसम्म कायमै रहिरहने छ ।

               चीन र अफ्रिकाबीचको सहयोगमा मौजुद समस्याबारे श्री हु चिन थाउले भन्नुभयोः

               चीन अफ्रिकाबीचको सहयोगमा तीब्र गतिले विकास हुंदै जाने क्रममा केही नयाँ समस्याहरु देखा परे तापनि यी समस्या चीन तथा अफ्रिकाबीचको सहयोगको विकासका क्रममा देखा परेका समस्या मात्र हुन् । मैत्रीपूर्ण सल्लाह र सहयोगलाई अरु गहन पार्ने तरिकामार्फत यी समस्याहरुको समाधान गर्न सकिन्छ ।

               श्री हु चिन थाउले सन् 1978देखि चीनले सुधार र खुलापनको नीति कार्यान्वयन गरेर हासिल गरेका उपलव्धिबारे पनि अवगत गराउनुभयो। उहांले भन्नुभयोः

               चीनको विकास शान्तिपूर्ण, खुल्लापन र मेलमिलापयुक्त विकास हो । चीनले स्वदेशभित्र मेलमिलापयुक्त समाजको स्थापना गर्दै विभिन्न मुलुकसित मिलेर दीर्घकालीन शान्ति, साझा प्रगति र मेलमिलापयुक्त विश्वको स्थापना गर्ने इच्छा लिएको छ । चीनले लचकताका साथ शान्ति, विकास र सहयोगको झण्डा उचाल्दै, स्वतन्त्रता र आत्मनिर्भरताको शान्तिपूर्ण परराष्ट्रनीति अवलम्वन गरेर विश्वशान्ति र विकासको बाटो पहिल्याउंदै सबैको हित हुने खालको खुलापनको रणनीति अपनाउंदै जानेछ ।

               श्री हु चिन थाउले भावुक हुँदै युवापुस्ता मुलुकको भविष्यका कर्णधार र राष्ट्रको भरोसा भएको कुरा बताउनुभयो ।

                दक्षिण अफ्रिकाको भविष्य तपाईंहरुमा निर्भर रहेको छ । अफ्रिकाको विकास र उत्थानको भविष्य सम्पूर्ण अफ्रिकी युवापुस्तामा निर्भर छ । चिनियाँ र अफ्रिकी युवाहरु चीन र अफ्रिकाबीचको मित्रतालाई अझ दरिलो पार्ने विशाल शक्ति हुनुका साथै मेलमिलाप विश्वको निर्माण गर्ने महत्वपूर्ण निर्माता पनि हुन्।

              सो अवसरमा त्यस विश्वविद्यालयका छात्रा रौसले भन्नुभयोः

              राष्ट्राध्यक्ष हु चिन थाउको सम्बोधनबाट म अति नै प्रशन्न छु । यो एक निकै महत्वपूर्ण प्रवचन हो । चीन विश्वकै सबैभन्दा ठूलो विकासोन्मुख मुलुक हो भने दक्षिण अफ्रिका विकासोन्मुख मुलुकहरुमध्येको केन्द्रिकृत महाभूमिको नेतृत्वदायी मुलुक हो । चीन र दक्षिण अफ्रिकाबीचको सम्बन्ध निकै महत्वपूर्ण छ ।