• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-02-09 16:26:51    
चीनका राष्ट्राध्यक्ष हु चिन थाउको मोजाम्बिकको भ्रमण

cri

         चीनका राष्ट्राध्यक्ष हु चिन थाउ गणतन्त्र मोजाम्बिकका राष्ट्रपति गौबुजाको निमन्त्रणामा मोजाम्बिकको राजकीय भ्रमणका क्रममा हिजो राजधानी माबुटो पुग्नुभयो । यस बारे एउटा विवरण सुन्नुहोस ।

              सोहिली भाषामा"उज्यालो प्रकासको आगमन"भन्ने अर्थ रहेको मोजाम्बिक अफ्रिकाको दक्षिण-पूर्वी क्षेत्रमा अवस्थित छ र त्यसको छेउमा हिन्द महासागर पर्दछ ।

              मोजाम्बिक स्वतन्त्र हुनुअघि मोजाम्बिकको मुक्ति संगठनले राष्ट्रिय स्वतन्त्रताका लागि गरेको संघर्षको चीनले सशक्तरुपमा समर्थन गरेको थियो। सन् 1975को जुन महिनाको पच्चीस तारिखका दिन अर्थात् मोजाम्बिक स्वतन्त्र भएकै दिन चीन र मोजाम्बिकबीच दौत्य सम्बन्ध स्थापना भयो । तीस वर्षभन्दा लामो समयसम्म चीन र मोजाम्बिकका जनताहरुबीच अगाध मित्रता गांसिएको छ । श्री हु चिन थाउले राष्ट्रप्रमुखको रुपमा गर्नुभएको यो पहिलो मोजाम्बिक-भ्रमण हो । मोजाम्बिक सरकार र त्यहाँका जनताले चीनका राष्ट्राध्यक्ष हु चिन थाउको हार्दिक स्वागत गरेका छन् ।

              राष्ट्राध्यक्ष हु चिन थाउको स्वागतार्थ मोजाम्बिकका राष्ट्रपति गौबुजा विमानस्थलमा उपस्थित हुनुका साथै श्री हुको सम्मनमा त्यहाँ भव्य स्वागत समारोहको आयोजना गरिएको थियो। टन्टलापुर घामलाई समेत बेवास्ता गर्दै मोजाम्बिकका हजारौं नरनारीहरुले रंगिबिरंगी पहिरनमा नाचगानसहित श्री हु चिन थाउको हार्दिक स्वागत गरेका थिए।

              संयुक्त राष्ट्र संघले निर्धारण गरेका विश्वका अति कम विकसित मुलुकहरुमध्ये मोजाम्बिक पनि एक हो । लामो समयसम्म चीनले आफ्‍नो सामर्थ्यले भ्याएसम्म मोजाम्बिकलाई विभिन्न किसिमका सहायता दिने क्रममा संसद भवन, सैनिक क्षेत्रको नयाँ आवास, परराष्ट्र मन्त्रालयको भवन र अन्तर्राष्ट्रिय सभागृहको निर्माण गरिदिएको छ। चिनियाँ अनुदान सहयोगमा मोजाम्बिकमा एउटा राष्ट्रियस्तरको रंगशाला निर्माण गरिने कुरा चीनले गत वर्षको सुरुमै सार्वजनिक गरिसकेको छ।

               श्री हु चिन थाउले माबुटोमा मोजाम्बिकका राष्ट्रपति गौबुजासित वार्ता गर्नुभयो। वार्तापछि दुबै राष्ट्रनायकले दुई मुलुकबीच अर्थिक, प्रविधिक, कृषि, शैक्षिक, खेलकूदलगायत आठ वटा क्षेत्रमा सहयोग बढाउने विषयको सम्झौतापत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुनुका साथै पत्रकारहरुलाई सम्बोधन गर्नुभयो। सो अवसरमा हु चिन थाउले भन्नुभयोः

               चीन-अफ्रिका सहयोग मंचको पैचिंग शिखर सम्मेलको नतीजालाई व्यवहारमा उतार्ने, चीन र मोजाम्बिकबीचको परम्परागत मित्रतालाई सुदृढ पार्ने, व्यावहारिक सहयोगलाई प्रबर्द्धन गर्ने तथा साझा विकासलाई सम्बर्द्धन गर्ने मेरो यस भ्रमणको उद्देश्य हो । भर्खरै म र राष्ट्रपति गौबुजाबीच भएको वार्तामा चीन र मोजाम्बिकबीचको मित्रता र सहयोगलाई अझै मजबूत पर्ने विषयमा सहमति भएको छ । उच्चस्तरीय भ्रमणहरुको आदान-प्रदानलाई निरन्तरता दिने, आर्थिक र व्यापारिक सहयोगलाई गहन पार्ने, अन्तर्राष्ट्रिय मामिलामा ऐक्यवद्धता जनाउनेलगायतका विषयमा पनि हामीले सहमति जनाएका छौं । भर्खरै हस्ताक्षर भएको सम्झौतापत्र चीन र मोजाम्बिकबीच व्यवहारिक सहयोगलाई विस्तृत गर्ने विषयको एउटा ठोस प्रतिबिम्ब हो ।

              श्री हु चिन थाउले चीन-अफ्रिका सहयोग मंचको पैचिंग शिखर सम्मेलनको नतीजालाई व्यवहारमा उतार्दै मोजाम्बिकको आर्थिक विकासमा सहयोग गर्ने र त्यहाँका जनताको जीवनस्तर उकास्ने उद्देश्यले चीनले मोजाम्बिकलाई दिएको निर्व्याजी ऋण मिन्हा गर्ने तथा भन्सारहित बजार सुविधा उपलब्ध गराउने कुरा सार्वजनिक गर्नुभयो। उहाँले यसका अतिरिक्त चीनले मोजाम्बिकमा कृषि-प्रविधिसम्बन्धी एक अनुसन्धान केन्द्रको स्थापना गर्ने, ग्रामिण क्षेत्रमा विद्यालय र मलेरिया रोग नियन्त्रण केन्द्रको निर्माण गर्ने तथा मोजाम्बिकका लागि आफ्नो बजार खुला गर्ने जानकारी दिनुभयो। हु चिन थाउले भन्नुभयोः

               मलाई के विश्वास छ भने चीन र मोजाम्बिकको संयुक्त प्रयासले दुबै देशबीच रहिआएको मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धको भविष्य अझ उज्ज्वल बनाउन सहयोग गर्नेछ।

               सो अवसरमा मोजाम्बिकका राष्ट्रपति गौबुजाले भन्नुभयोः

               श्री हु चिन थाउको यस भ्रमण दुबै मुलुकबीचको परम्परागत मित्रताको प्रतिफल हो । यसबाट गणतन्त्र मोजाम्बिकलाई चीनले निकै महत्व देखाएको तथ्य उजागर भएको छ । इतिहासको सिंहावलोकन गर्दा चीनले हामीलाई धेरै सहयोग गरेको कुरा थाहा हुन्छ। अझै पनि हरेक क्षेत्रमा चीनले मोजाम्बिकलाई सहायता दिदैं आएको छ। विश्व-शान्ति र स्थिरताका लागि संयुक्त प्रयास गर्ने कुरामा दुबै पक्षको सहमति छ। विश्व-शान्ति र स्थिरता अन्तर्राष्ट्रिय समाजको विकास र विश्वकै जनताको सुखका लागि अत्यावश्यक पूर्वाधार हो। यसबाहेक दुई पक्षीय सम्बन्धलाई अझ विकासित गर्ने विषयमा पनि हाम्रो सहमति भएको छ।