
चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज विहान सेसेल्सको राजधानी भिक्टोरियामा सेसेल्सका राष्ट्रपति जेम्स एलेक्स माइकलसंग भेट-वार्ता गर्नुभयो। सो अवसरमा चीन र सेसेल्सबीच रहिआएको मित्रतालाई अझ गहन पार्न दुबै नेताहरु सहमत हुनुभएको छ।
श्री हुले चीन र सेसेल्सबीच दौत्य सम्बन्ध स्थापना भएको तीस वर्षयता, सेसेल्सको अर्थतन्त्रको विकास गर्न र त्यहाँका जनताको जीवनस्तर सुधार्नका लागि सेसेल्स सरकारले गरेको प्रयासको चीनले समर्थन गर्दै निरन्तररुपमा सहयोग गरिरहेको बताउनुभयो ।
यसका साथै श्री हुले चीन र सेसेल्स भौगोलिकरुपमा ठूलो र सानो मुलुक भए तापनि यी दुई मुलुकबीचको मित्रता, एकता र सहयोग उदाहरणीय रहेको कुरा बताउनुभयो।
सेसेल्सका राष्ट्रपति जेम्स एलेक्स माइकले चीन सेसेल्सको एक घनिष्ट मित्र हो भन्नुभयो। उहाँले सेसेल्सले एक चीनको नीतिलाई कायमै राखिरहेको कुरा दोहोर्याउनुभयो।
|