 " चीन-आशियान सहयोग यात्रा " सम्बन्धी रेडियो टेलिभिजनका पत्रकारहरुको संयुक्त समाचार-संकलन गतिविधिका संयोजकहरुले आज पैचिंगमा सो गतिविधि शुरु हुन लागेको कुरा घोषणा गरेका छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका निर्देशक वाँग कँग नेनले यस पटकको समाचार संकलन गतिविधिको उद्देश्य चाहिं चीन र आशियानबीच पारस्परिक हित र दुवैलाई फाइदा हुने किसिमको सहयोगको गहन विकासलाई घच्घच्याउनु, सुमधुर अन्तर्राष्ट्रिय जनपथको वातावरण तयार पार्नु र मेलमिलापयुक्त संसारको निर्माण कार्यमा गति प्रदान गर्नु हो भन्नुभयो।
थाहा भए अनुसार यस गतिविधिको संयोजकहरुमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, क्वाँग सी च्वाँग जातीय स्वायत्त प्रदेशअन्तर्गत रेडियो फिल्म टेलिभिजन व्यूरो तथा हङ्गकङ्गको फिनिक्स भूउपग्रह टेलिभिजन समावेश छन्। समाचार-संकलन मण्डलीले यस महिनाको चौबीस तारिख क्वाँग सीबाट भियतनाम, कम्बोडिया, लाओस, थाइल्याण्ड, बर्मा, मलेशिया, सिंगापुर, इण्डोनेशिया, बुर्नाई र फिलिपिन्स लगायत आशियानका दशवटा मुलुकका पैंतीसवटा शहरहरु पुगेर समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुसित अन्तर्वार्ता लिने र आशियानका विभिन्न मुलुकहरुको रिति-रिवाज र रहनसहन बारे समाचार र विशेष लेखहरुद्बारा प्रचार प्रसार गर्ने भएको छ।
|