• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-04-19 17:47:10    
चीन-आशियान सहयोग यात्रा कार्यक्रम शुरु हुने

cri Author: लिउ

          "चीन-आशियान सहयोग यात्रा"ठूलो खालको रेडियो र टेलिभिजनको संयुक्त समाचार संकलन कार्यक्रम समितिले हिजो चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, क्वांग सी च्वांग जातीय स्वायत्त प्रदेश अन्तर्गतको ब्रोडकाष्टिंग र टेलिभिजन विभाग तथा हंग कंगको फिनिक्स भू-उपग्रह टेलिभिजनको संयुक्त तत्वावधानमा "चीन-आशियान सहयोग यात्रा" ठूलो खालको रेडियो र टेलिभिजनको संयुक्त समाचार संकलन कार्यक्रम शुरु हुनलागेको कुरा जनाएको छ।

            हिजो पैचिंग होटेलमा आयोजित सो सम्बन्धी पत्रकार सम्मेलनमा चीनको राज्य परिषद्‌ अन्तर्गत प्रेस कार्यालय , चीनको सामान्य राष्ट्रिय ब्रोडकाष्टिंग , फिल्म र टेलिभिजन ब्यूरो , परराष्ट्र मन्त्रालय , चिनियाँ वैदेशिक मैत्री संघ तथा चीनका लागि आशियानका दशवटा मुलुकका अधिकारीहरु तथा प्रतिनिधिहरुको सहभागिता थियो।

             उक्त पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका निर्देशक वांग कन् निआन्‌ले"चीन-आशियान सहयोग यात्रा"ठूलो खालको रेडियो र टेलिभिजनको संयुक्त समाचार संकलन कार्यक्रम गत वर्ष चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सफलताका साथ "चीन-रुस मैत्री यात्रा"ठूलो खालको समाचार संकल कार्यक्रमको आयोजना गरेपछि आफ्नो सहकर्मी अंग र देशबाहिरको सञ्चार माध्यमसित जोडेर विदेशका लागि राष्ट्रिय प्रचार-प्रसार कार्यलाई अघि बढाउने अर्को यौटा महत्वपूर्ण अभ्यास भएको कुरा बताउनुभयोः चीन र आशियान डाँडा-काँडा र खोला-नाला जोडिने असल छिमेकी हुन। तिनीहरु महत्वपूर्ण रणनैतिक सहयोग साझेदारी पनि हुन। चीन र आशियानबीचको पारस्परिक हितको सम्बन्धलाई प्रगाढ पार्नका लागि हामीहरुले अवसरको फाइदा उठाई हातमा हात मिलाई सशक्त प्रचार-प्रसारको समर्थन उपलव्ध गरौं। छिमेक मुलुकलाई साझेदारीका रुपमा बनाउने र छिमेक मुलुकलाई राम्रो व्ववहार गर्ने चीनको परराष्ट्र नीतिलाई अघि बढाउनका लागि राम्रो अन्तर्राष्ट्रिय वातावरण तयार पारौं र चीन तथा आशियानबीचको सम्बन्धको नयाँ अध्याय थप्न तथा मेलमिलापयुक्त विश्वको निर्माण गर्नका लागि नयाँ योदान गरौं।

             क्वांग सि च्वांग जातीय स्वायत्त प्रदेशका अधिकारी शन् पै हाइले क्वांग सी प्रदेश चीन र आशियानबीचको यौटा महत्वपूर्ण स्थान हो र यस प्रदेशले खुला र सहयोगपूर्ण नीतिलाई अघि बढाएको अवस्थामा यस्तो ठूलो खालको समाचार संकलन कार्यक्रमको आयोजना गर्नुको महत्वपूर्ण अर्थ रहेको कुरा बताउनुभयोः 

              यस पल्टको कार्यक्रमअन्तर्गत चीन-आशियान स्वतन्त्र ब्यापार क्षेत्रको निर्माण कार्यलाई अघि बढाउने क्रममा चीन र आशियानबीचको मैत्रीपूर्ण सहयोगात्मक प्रक्रियाको प्रचार-प्रसार आशियानका विभिन्न मुलुकहरु र विश्वका विभिन्न मुलुकहरुमा गर्नेछ जसबाट चीन र आशियाबीचको सहयोग, क्वांग सी प्रदेश, विशेषगरी क्वांग सी प्रदेशको उत्तरी खाडी क्षेत्रको विकास र सहयोगलाई गति प्रदान गर्न महत्वपूर्ण असर पार्नेछ।

              आशियानका मुलुकका राजदूताबासका केही अधिकारीले पनि यस कार्यक्रमबाट ठूलो अपेक्षा गर्नुभएको छ। चीनका लागि मलेशियाली राजदूताबाका व्दितीय सचिव नोर खुजाइमाह सुपारले भन्नुभयोः यस पल्टको सहयोग यात्रा कार्यक्रमबाट चीन र मलेशियाबीचको सम्बन्ध झन् घनिष्ट हुनसक्ने आशा हामीले गरेका छौं। विशेषरुपमा भन्नु पर्ने कुरा के हो भने चालू वर्ष मलेशियाको स्थापना भएको पचासौं वार्षिकोत्सव हो। हाम्रा लागि यो वर्ष पनि विशेष वर्ष हो । यस पल्टको सहयोग यात्रा चीनले मलेशियाबारे जानकारी लिनका लागि यौटा राम्रो अवसर हो। यसका अतिरिक्त चालू वर्ष मलेशियाको मैत्रीपूर्ण अवलोकन वर्ष पनि हो। यसैले त्यो कार्य यौटा राम्रो अवसर बन्नेछ।

             थाहा भएअनुसार, चालीसजनाभन्दा बढी सदस्य संगठित "चीन-आशियान सहयोग यात्रा" समाचार संकल टोलीको विभिन्न तयारी काम पूरा भइसकेको छ। सो टोली यसै महिनाको चौबीस तारिखका दिन प्रस्थान गर्नेछ । त्यस टोलीले भियतनाम, कम्बोडिया , लाओस, म्यान्मार, थाइल्याण्ड, मलेशिया, इण्डोनेशिया, सिंगापूर, ब्रुनेइ र फिलिपिन्स यी दशवटा आशियानका मुलुकका पैंतिसवटा शहरको भ्रमण गर्नेछ। तत्स्थानमा सो टोलीले आशियानका मुलुकका विभिन्न तहका व्यक्तिहरुसित कुराकानी गर्नेछ र ती मुलुकहरुको रितिरिवाज र चालचलनको व्यापक रुपमा रिपोर्ट गर्नेछ।