• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-04-30 09:27:29    
ज्ञानबहादुरले दिनुभएको अन्तर्वार्ता

cri

रमेश-हाम्रो नियमित स्तम्भ "नया" चीन र cri वारे नेपालीको धारणा" मा आज हामीले 2 जना cri का श्रोतालाई निम्त्याएका छौ । वहा"हरु ज्ञान वहादुर खड्का र वेदना वस्ती हुनुहुन्छ ।

ज्ञान बहादुर खड्काले म संग टेलीफोन कुराकानी मै आफनो र cri वारे विस्तृत जानकारी दिनु भयो । प्रस्तुत छ सो को विवरण ।

रमेश-तपाईले cri कहिले देखि सुन्न थाल्नु भएको हो?

ज्ञानबहादुर-मैले cri सन् 1995 देखी सुन्न थालेको हु" । भने सन् 2000देखी सक्रिय रुपमा सहभागी हुदै सन् 2003 अक्टोवर 15 देखी छिमेकी cri श्रोता क्ल्ब स्थापना गरी अध्यक्षं पदमा रहेर काम गदैछु ।

रमेश- मितेरी पुल वारे तपाईको धारणा कस्तो छ ?

ज्ञानबहादुर- cri रेडियो मार्फत समेटन नसकिएका अन्य श्रोतालाई समेटने भएकोले यो ऋच्क्ष्को ज्ञान दिलाउन सक्रियछ । मलाई मन पर्ने कार्यक्रमहरुमा चीनको तिब्बत, पत्र मंजुषा, श्रोता सहभागीता रमाईलो शनिवार हुन।

रमेश-cri बाट संचालन गरीने ज्ञान-विज्ञान प्रतियोगिता र डकुमेन्ट्री कार्यक्रमका वारेमा के भन्नु हुन्छ?

ज्ञानबहादुर-सुरुमा प्रतियोगितालाई वास्ता नगरेपनि हाम्रो श्रोता क्ल्बको गठन पछि बहा"हरु सकारात्मक रुपमा लागि पर्नु भएको छ । डकुमेन्ट्री कार्यक्रममा श्रोतालाई सहभागी गराउदै अरु थुप्रै श्रोतालाई समेटनु हुन्छ राम्रो लाग्छ । साथै चीनीया भाषा सिकाउने हो भने अब रेडियो मार्फत आउनुपर्छ।

रमेश-cri र चीनवारे केही भन्नु हुन्छ ?

ज्ञानबहादुर- सर्वप्रथम मितेरी आवाजलाई र मलाई cri संग परिचित गराउने काजिराम गौतम र नारायण पोखरेललाई धन्यवाद । वास्त्वमै चीन नेपालको एक असल छिमेकी मुलुक हो । नेपाल-चीन वीच सदियौ पुरानो सम्बन्ध छ । अन्तर्राष्ट्रिय स्तरमा यी दुवै देशको गरिमा उच्च स्तरको रहेको छ । विशेषत 21 औं शताब्दीमा एशीयाको ठूलो मुलुक भएर चीनको अझ ठूलो महत्व छ । यसले गरेका प्रगती र चीनको प्रभावले विश्वमै एक नौलो आयाम थपेको छ भन्ने मेरो विचार छ । वास्तवमा विश्व शान्ति र विकासका पक्षमा चीनले गरेको कार्य प्रसंसनिय छ । आफ्नै देशमा एक देश दुई व्यवस्थाको नौलो निति लागु गरेर चीन अझ समृद्धि तर्फ वीना रोकतोक अगाडि बढेको छ । चिनिया" कम्युनिष्ट पार्टि र अनुभवी नेताको सफल नेतृत्वमा चीनले भिषण परिवर्तन र सुधार गरिसकेको छ । चीनिया" जन कांग्रेसको पटक पटकका अधिवेसनहरु मार्फत देशको माटो सुहाउदो निति र विकासका पुर्वाधार खडा गरि सोहि अनुरुप अघि बढ्ने चीनको कार्य सैलि अन्तर्राष्ट्रिय स्तरमै प्रसम्सनिय चर्चाको विषय हो । छोटो अवधिमै धेरै सुधार र निर्माण चीनमा भैरहेको छ । सन् 1978 देखि लागू भएको विदेशका लागि खुल्लापन को नितिले चीनमा थुप्रै परिर्वतनहरु ल्याएको छ । वस्तवमा विदेशी पुंजी निम्त्याउने र त्यसको सहि सदुपयोगबाट आज आर्थिक प्रविधिक तथा बैज्ञानिक विकासमा समेत अग्रस्थानमा आईपुगेको छ । करिब 1 अरब 30 करोड को भारि जनसंख्यालाई जिवनका हर चुनौतिको सामना गर्न सक्ने बनाउन सरकारका निम्ति कठिनकार्य हो । तर पनि चीनले सो कुरामा पुर्नता र सफलता प्राप्त गर्न सफल भएको छ । छोटो अवधिमा धेरै विकासका कार्य गर्न सफल चीनलाई मुल्याङकन गर्दा मेरो विचारमा चीन विश्वका सफल देशहरु मध्ये अग्रस्थानमा आउछ भन्ने ठम्याईछ । अन्तरिक्ष अनुसन्धानमा समेत पाईला टेकीसकेको चीन अब प्रविधि को चरम सिमामा पुग्ने तयारी गर्दैछ की जस्तो मलाई लाग्छ । चीनलाई आफनै आखा"ले देखन नपाएपनि विभिन्न सञ्चारका माध्यम तथा श्रव्य दृश्य एवम सि.आर.आइं मार्फत चीनले गरेका उन्नतिहरु सुन्दा र देख्नपाएबाट साच्चै चीन भ्रमण गरेर आएका विभिन्न व्यक्तिहरुको अनुभव हुदैछ। चीन साच्चैनै एक सफल र विकसित मुलुक भैसकेको छ भन्ने मलाई लाग्छ।

रमेश- वेदना वस्ति विराटनगर निवासी एक जना महिला कार्यक्रम संचालक हुनुहुन्छ । वहाले सि.आर.आई र चीनका वारेमा आफनो दृष्टिकोण आफैले बनाउनु भएको छ । रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाज मार्फत वहा" आफनो विचार यसरी सुनाउनुहुन्छ ।

सञ्चारको सबैभन्दा ठूलो माध्यम "रेडियो" आज यो तीन अक्षरको रेडियो शब्द यति ब्यापक रुपमा फैलिएको छ की यसको मोहमा नपर्ने सायदै कोही होला । अझ भन्नुपर्दा यसको महत्व कति सम्म छ भन्ने कुरा त हामी सोझै थाहा पाउन सक्छौ किन भने प्रत्येक राष्ट्रमा रेडियोको यति स्थापना भएको छ कि त्यसबाट पनि हामी मान्छेलाई रेडियो को कति आवश्यकता पर्दोरहेछ त भन्ने कुरा थाहा पाउन सक्छौ । तर रेडियो स्टेशनहरु खुल्दैमा प्रत्येक रेडियोले उत्कृष्ट प्रसारण गर्छ भन्न पनि सकिदैन । किन भने अहिलेको यो सञ्चार माध्यमको यसगमा यति रेडियोहरु छन कि ती सबै संग प्रतिस्पर्धा गरी अगाडी बढन निकै गार्हो छ । यति हुदा छुटै पनि चीनको ऋच्क्ष्ले प्रतिस्पर्धामा यसरी उत्रिएको छ कि आफनो राष्ट्रमा मात्र नभएर विश्वका कयौ मुलुकमा आफनो सेवा प्रदान गर्दै आएको छ । विश्वको दोस्रो ठूलो अन्तर्राष्ट्रिय रेडियो ऋच्क्ष्ले प्रत्येक दिन 43 भाषामा प्रसारण सेवा गर्ने गर्दछ । वास्तवमा cri को मुल उद्देश्य भनेको विश्व शान्तिको कामना अनि शान्ति र विकास को हातेमालो गर्दै अगाडि बढनु हो । र यही कामनाको साथमा अहिले सम्म निरन्तर रुपमा संचालन भईरहेको छ । विश्वका धेरै मुलुकहरुमा सेवा प्रसारण गर्ने ऋच्क्ष्ले सन 1975 को जुन 25 तारिख देखी नेपाली सेवा शुरु गरेको थियो। सुरुमा आधा घण्टा प्रसारण गर्दै आएको नेपाली कार्यक्रम यसको लोकप्रीयता र उत्कृष्टताका कारण लागभग 1 बर्ष देखी प्रत्येक दिन 1 घण्टा प्रसारण छुटै आएको छ । र यो प्रसारणलाई हामी 3 पटक सम्म सुन्न सक्छौ । यति मात्र हैन कि cri ले प्रकाशित गर्ने आकर्षक मितेरी पूल: पत्रिकाले धेरै श्रोताका विचार र भावना समेटेको छ । cri नेपाली सेवाको कार्यक्रमहरुमा खेलकुद र स्वास्थ्य चीनका महिला श्रोता सहभागिता मितेरी आवाज रेडियो डकुमेन्ट्री कार्यक्रम चीनको तिब्बत अर्थ जगत, रमाइलो शनिवार, चीनको सेरोफेरो जस्ता उत्कृष्ट कार्यक्रमहरु सुन्न पाइन्छ । र छिटै नै cri नेपाली सेवाले चिनिया भाषा पनि सिकाउने भएको छ । वास्तवमा भन्ने हो भने २ देशका वीचमा रहेको परम्परागत सम्बन्धलाई जनस्तरमा र श्रोता क्लबहरुको माध्यमबाट जोडन cri ले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । र अन्तमा cri ले निरन्तर उत्कृष्ट कार्यक्रम लिएर अगाडि बढीरहोस भन्ने म कामना गर्दछु ।