• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-04 15:53:57    
"चीन-आशियानन सहयोग यात्रा" भियतनामको भ्रमण सम्पन्न

cri Author: वर्षा

          "चीन-आशियानन सहयोग यात्रा" शिर्षकको विशाल समाचार संकलन कार्यक्रममा सहभागी प्रतिनिधिमण्डलले हिजो भियतनामको भ्रमण सम्पन्न गरेको छ। भियतनामका केही मुख्य सञ्चार माध्यमहरु र उक्त प्रतिनिधिमण्डलबीचको भेटघाट कार्यक्रम हिजो दिउँसो राजधानी हो ची मिन्ह शहरमा आयोजना गरियो। भियतनामको "जन-समाचार पत्र", राष्ट्रिय टेलिभिनजन र भियतनामी आवाज रेडियो आदि सञ्चार माध्यमहरु उक्त भेटघाट कार्यक्रममा सहभागी भए।

          "चीन-आशियान सहयोग यात्रा" शिर्षकको विशाल समाचार संकलन कार्यक्रममामा सहभागी प्रतिनिधिमण्डलको आशियानका दशवटा सदस्य-मुलुकको भ्रमणका क्रममा भियतनाम पहिलो मुलुक हो। गत अप्रिल चौबीस तारिखका दिन सो प्रतिनिधिमण्डल दक्षिणी चीनको क्वांस सी च्वाङ जातीय स्वायत्त प्रदेशबाट भियतनामतर्फ प्रस्थान गरेको थियो। विगत दश दिनको अवधिमा सो प्रतिनिधिमण्डलले भियतनामको हनोई, हाई फुंग र ना नांग आदि ठाउँहरुमा समाचार संकलन गरेको छ।

            सो कार्यक्रमबाट भियतनामका स्थानीय सञ्चार माध्यमको व्यापक ध्यानाकर्षण भएको छ। सो प्रतिनिधिमण्डलले गत अप्रिल पच्चीस तारिखका दिन भियतनामका राष्ट्राध्यक्ष न्युयन मिन्ह ट्रेटसँग अन्तर्वार्ता गरेको थियो। यसबारे भियतनामका मुख्य सञ्चार माध्यमहरुले विस्तृत विवरण प्रस्तुत गरेका छन। उक्त प्रतिनिधिमण्डलको सहयोगमा संलग्न भियतनामको परराष्ट्र मन्त्रालयको प्रेस विभागका एकजना अधिकारीले सो प्रतिनिधिमण्डलको भ्रमणले आफूमा ठूलो छाप पारेको कुरा बताउनुभएको छ। उहाँले भन्नुभयोः

         "चीन-आशियान सहयोग यात्रा कार्यक्रममा सहभागी चिनियाँ प्रतिनिधिमण्डलसँग भितयनाममा समाचार संकलन गर्न पाएकोमा म धेरै खुशी छु। चालिसभन्दा बढी चिनियाँ पत्रकारहरुले दश दिनको अवधिमा गर्नुभएको समाचार संकलन कार्यबाट म निकै प्रभावित भएकी छु। चिनियाँ पत्रकारहरुले चीन पठाउनुभएका समाचार तथा फोटोहरुबाट चीन र भियतनाम दुइ देशका जनताबीचको मैत्रीपूर्ण भावनाको विकासमा अझ बल पुग्ने विश्वास मैले गरेकी छु। आगामी दिनहरुमा दुइ देशका सञ्चार माध्यमबीच अझ बढी सहयोग तथा आदान-प्रदान हुनसक्ने आशा मैले गरेकी छु। यसका साथै, चिनियाँ प्रतिनिधिमण्डलको आशियानका अन्य नौवटा मुलुकको भ्रमण पनि सफल हुनेछ भन्ने मेरो हार्दिक कामना छ।"

         

             चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख सु सिन शंगले पनि यस पटकको भियतनाम भ्रमणबाट प्रशस्त अनुभव प्राप्त गर्नुभएको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

         "भियतनाम चीनसँग निकै नजिक छ। भियतनाम एउटा रमणीय मुलुक हो। यो मुलुक ऊर्जा श्रोतको धनि छ। र यसको आफ्नै विशेषखालको सांस्कृतिक परम्परा पनि छ। परिश्रमी तथा मायालु भियतनामी जनताले नयाँ इतिहासको सिर्जना गरिरहेका छन। भियतनाममा प्रवेश गरेपछि मात्र यस मुलुकबारे वास्तविकरुपमा जानकारी लिन सकिन्छ। यस पटकको भ्रमणबाट हामीबीचको दूरी अझ घटेको अनुभव मैले गरेको छु।"

            चिनियाँ अन्तर्राष्ट्रिय रेडियोलगायतका केही चिनियाँ सञ्चार माध्यमहरुद्बारा गठित सो प्रतिनिधिमण्डलले दश दिनको भ्रमण अवधिमा चीनमा प्रशस्त समाचार विवरण पठाएको छ। यसबारे जानकारी दिंदै श्री सु सिन शंगले भन्नुभयोः

           "हामीले पठाएका समाचारबाट हेर्दा धेरैजसो पत्रकारहरुले यहाँको अर्थतन्त्रमा ठूलो महत्व दिएको देखिन्छ। हामीले भियतनामको विकासबाट प्राप्त अनुभव तथा वर्तमान अवस्थाबारे जानकारी दिनुका साथै चीन र भियतनामबीचको आर्थिक सहयोगको उज्ज्वल भविष्यबारे पनि जानकारी दिएका छौं। यसका अतिरिक्त, हामीले भियतनामको सुधार तथा खुलापनका क्रममा प्राप्त अनुभव तथा उपलव्धिहरु र भियतनामको पर्यटन बजारको निहित क्षमताबारे पनि जानकारी दिएका छौं। हामी भियतनामबाट फर्केपछि हामीले पठाएका समाचार पढेका अन्य चिनियाँ सर्वसाधारणले पनि भियतनाको भ्रमण गर्ने अनुमान मैले गरेको छ, किनभने यहाँको समृद्ध पर्यटनको अवस्थाबारे हामीले राम्रोसँग जानकरी दिएका छौं।"

         

             उक्त प्रतिनिधिमण्डलको भियतनाम भ्रमणका बेला भियतनामको एउटा परम्परागत दिवस र अन्तर्राष्ट्रिय श्रमिक दिवस परेको थिए। यस उपलक्ष्यमा भियतनामका सडक-सडकमा राष्ट्रिय झण्डा झुण्ड्याइएका थिए। यसबाट आफ्नो देश र राष्ट्रप्रति भियतनामी जनताको ममता र गौरव प्रतिबिम्बित हुनुका साथै भियतनामको अर्थतन्त्रको जीवन्त शक्ति पनि छर्लंग भएको ठहर श्री सु सिन शंगले गर्नुभएको छ। उहाँले अगाडि भन्नुभयोः

            "हामीले भियतनामको आर्थिक विकासको जीवन्त शक्तिबारे ठूलो अनुभव गरेका छौं। यहाँको रमणीय तथा मेलमिलापयुक्त वातावरणबाट पनि ममा ठूलो छाप परेको छ। रातो तथा अन्य विभिन्न रंगद्बारा गठित यस्तो सुन्दर दृश्य विकासको प्रतिफल नै हो जसले मलाई निकै प्रभावित पारेको छ।"