• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-07 18:05:04    
सि.आर.आइको बारेमा अमर बहादुर रोकायको विचार

cri

      अहिले हामी सि.आर.आई नेपाली सेवाद्वारा प्रसारित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजबाट बोलिरहेका छौं । हाम्रो नियमित स्तम्भ नयाँ चीन र सि.आर.आई बारे नेपालीको धारणामा आज हामीसँग उत्तरगंगा गा.वि.स वार्ड नं.8 सुर्खेत घर भई हाल कीर्तिपुर क्याम्पसमा अध्ययनरत साथी अमर बहादुर रोकाय हुनुहुन्छ । छिमेकी देशबाट प्रकाशित मितेरी पुल पत्रिका र सि.आर.आई को प्रसारणमा हामीले गौरव गर्न प्रशस्त ठाउँ भएको उल्लेख गर्दै वहाँले सि.आर.आई नियमित रुपमा प्रगतिको बाटोमा लम्कीयोस् भन्ने शुभकामना दिनु भएको छ । अब हामी वहाँका विचार तल उल्लेख गर्दैछौं ।

      म सि.आर.आई नेपाली सेवाको नयाँ श्रोता हुँ । सि.आर.आइ का प्रसारण सुन्दा ती ज्यादै ज्ञानबर्द्धक, देश, परिस्थिती सुहाउँदो जस्तो लाग्छ । मैले चितवनका साथी खेमराज सेढाइबाट सि.आर.आई बारे जानकारी पाएको हुँ। नेपाली सेवाका कार्यक्रम अत्यन्त रोचक छन् । वर्तमान अवस्थामा लागु औषधको दुव्र्यसन बढी रहेको छ । यसलाई रोक्ने र युवा वर्गलाई चेतना दिने कार्यक्रम ल्याउन सके अझ प्रभावकारी हुने थियो जस्तो लाग्छ । पत्र मन्जुषा, चिनियाँ व्यक्तित्व, मितेरी आवाजजस्ता कार्यक्रम मेरा प्रिय कार्यक्रम हुन् । म सि.आर.आई नेपाली सेवामा समर्पित दाजु सुहाओ, मेघा, रवि लगायत सबैलाई धेरै धन्यवाद दिन्छु । चीन हाम्रो अत्यन्त नजिकको छिमेकी मित्र राष्ट्र हो । चीनबाट प्रकासित एक मात्र मितेरी पुल पत्रिका आकर्षक, ज्ञानबर्द्धक र स्तरीय छ । नेपाल र चीनका विविध सामग्री, श्रोताका लेख रचना, कार्यक्रमको समय तालिका जस्ता कुराले यो पत्रिकाको महत्व अझ बढाएको छ । तथापी चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमलाई नियमित रुपमा प्रकाशित गर्ने व्यवस्था मिलाइदिन अनुरोध छ । पत्रिकामा छापिएका सुन्दर तस्वीर, सफा र स्पष्ट मनै लोभ्याउने अक्षर र उच्च गुणस्तरको कागज मितेरी पुलका विशेषता हुन् भने श्रोताको भावनाको कदर गर्नु अझ खुशीको कुरो हो । साहित्यीक कार्यक्रमको शुरुवात गर्दै सि.आर.आई र मितेरी पुल निरन्तर प्रगतिका पथमा उक्लिन सफल होस् यही कामना गर्दछु ।

      हाम्रो नियमित स्तम्भ नयाँ चीन र सि.आर.आई बारे नेपालीको धारणामा आज हामीसँग चितवन जिल्लाको पर्सा गा.वि.स वार्ड नं.4 घर भएका साथी राजेन्द्र शर्मा हुनुहुन्छ । मितेरी पुल पत्रिकाको संख्या र पाना बढाउन सके यो अझ लोकप्रिय हुने धारणा वहाँको छ । अब हामी वहाँले व्यक्त गर्नु भएका विचार यहाँ उल्लेख गर्दैछौं ।

      मैले काठमाण्डौं आएर मात्र सि.आर.आई सुन्न थालेको हुँ । सि.आर.आई नेपाली सेवाले नेपाली भाषामा कार्यक्रम प्रसारण गर्नु हाम्रो लागि गौरवको कुरो हो । हामीले सि.आर.आई मार्फत चीनको विकास, जनताको मित्रताको भावना पनि पढेका छौं । म फुर्सदमा सि.आर.आई सुन्ने भएपनि मितेरी आवाज, रमाइलो शनिबार, पत्र मंजुषा, चिनियाँ व्यक्तित्व र श्रोता सहभागिता कार्यक्रम असाध्यै रुचाउँछु । सि.आर.आई नेपाली श्रोताको मन जित्न सफल छ भन्दा फरक पर्दैन । सि.आर.आई मार्फत हामीले नयाँ नयाँ विषयवस्तु सिक्न र जान्न पाउनु पर्छ । नेपाली सेवामा साहित्यीक कार्यक्रम थप्न सके अझ राम्रो हुने थियो । सि.आर.आई बाट प्रकाशित पत्रिका मितेरी पुल असाध्यै राम्रो छ । यसले 2 देश बिचको भावना समेत जोड्ने काम गरेको छ । मितेरी पुल पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म पुग्न सकोस् र यसले नेपाली श्रोताका भावनालाई चीनसँग जोड्न सकोस् भन्ने कामना गर्दछु । सि.आर.आईमा लामो समयदेखि क्रियाशिल आदरणीय कार्यक्रम संचालक संचालिकाहरुको उत्तरोतर प्रगतिको कामना गर्दै सि.आर.आई को उच्च सफलताको कामना गर्दछु ।