• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-14 09:50:38    
CRI बारे CRI का पुराना श्रोता भजन कुमार सुवेदीको धारणा

cri

             हाम्रो नियमित स्तम्भ नयाँ चीन र CRI बारे नेपालीको धारणामा आज हामी सँग CRI का पुराना श्रोता भजन कुमार सुवेदी हुनुहुन्छ । साथै आजको कार्यक्रममा हामी रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजलाई माया गरेर पत्र पठाउने CRI का श्रोता साथीले पठाउनु भएका पत्रको जवाफ दिनेछौं ।

             भजन कुमार सुवेदी पूर्वी नेपालमा CRI का अत्यन्त चर्चित र पुराना श्रोता हुनुहुन्छ । भोजपुर जिल्लाको अत्यन्त विकट साङ्गपाङ्ग गाउँमा जन्मेर शिक्षण पेशामा समर्पित सुवेदी नेपाल चीन जनमैत्री परिषद CRI श्रोता सम्पर्क केन्द्र विराटनगरका सदस्य समेत हुनुहुन्छ । विराटनगर आउनु भएको समयमा हामीले वहाँसँग कुराकानी गरेका थियौं । प्रस्तुत छ सोही कुराकानीको रेकर्डिङ्ग विवरण ..........................

• म CRI को नियमित श्रोता हुं । पहिलेका कार्यक्रम भन्दा ऐलेका कार्यक्रम रोचक, ज्ञानबर्द्धक र स्तरीय छन् । किनकी पहिले हामीले थोरै समयमा साना कार्यक्रम सुन्ने गर्थीउँ तर आज आएर समय बढेको छ । यो राम्रो कुरा हो।

• CRI बाट उत्कृष्ट कार्यक्रमहरु प्रसारण गरिन्छन् र उत्कृष्ट कार्यक्रमहरुको नाम लिनु पर्दा र उत्कृष्ट कार्यक्रमहस्को नाम लिनु पर्दा पत्र मन्जुषा, समाचार, समाचार सन्दर्भ, चीनको तिब्बत, चीनका महिलाहरु जस्ता कार्यक्रम नै हुन् ।

• मितेरी पुल पत्रिका अत्यन्तै राम्रो छ । ऐले CRI सुन्ने प्रत्येक श्रोताका हातमा यो पत्रिका पुगेको छ । यो आकर्षक पत्रिकाको रुपमा गाउँठाउँसम्म पुग्ने गरेको छ । यस पत्रिकाको माध्यमबाट CRI के हो भनेर बुझ्न समेत सजिलो भएको छ । रेडियो नसुन्नेलाई पनि पत्रिकाले लोभ्याएको छ । मितेरी पुल पत्रिकामा ज्ञान विज्ञान प्रतियोगितामा पुरस्कार जित्ने श्रोताको पनि नाम छाप्न सके राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

• मैले 12/13 वर्ष देखि प्रतियोगितामा भाग लिंदै आएको छु । हाल सम्म मैले 10 वटा पुरस्कार प्राप्त गरिसकेको छु ।

• नेपाल र चीन बिचको सुमधुर सम्बन्धलाई जनस्तरबाट विकसित गर्न CRI नेपाली विभाग प्रयत्नशील छ । सयौं श्रोता क्लबले सक्रिय रुपमा CRIलाई मात्र दिनु पनि यसको अर्को उदाहरण हो र म CRI को उत्तरोतर प्रगतिको कामना व्यक्त गर्दछु ।

             हाम्रो नियमित स्तम्भ नयाँ चीन र CRI बारे नेपाली नेपालीको धारणामा आज हामीसगँ 2 जना श्रोताका पत्र छन् । हामीलाई पत्र पठाउने साथीहरुको नाम यस प्रकार छन् ।

1) सलेना-5 बैतडीबाट प्रकाश पैतोला२

2) संगम CRI रेडियो श्रोता क्लब चुलाचुली -7 पेल्टीमारी, इलामबाट देवेन्द्र शर्मा पौडेल, भीम बहादुर तामाङ्ग, रमेश राई, दिनेश पौडेल आदि ।

            प्रकाश पैतोलाले पत्रमा नयाँ चीन स्थापनाको उपलक्ष्यमा कविता प्रतियोगिताको आयोजना गर्ने कुरा बताउनु भएको छ । तपाईंलाई हामी धेरै धेरै धन्यवाद दिन्छौं । तपाईंको प्रश्नको जवाफ हामी रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा दिनेछौं । तपाईं हाम्रो सम्बन्ध सुमधुर रहोस् ।

             देवेन्द्र शर्मा पौडेल लगायतका साथीहरुले श्रोता क्लबको गठनका बारेमा पत्र लेख्नु भएको छ । संगठित रुपमा CRI लाई अगाडि बढाउन तपाईंहरुले चाल्नु भएको कदम प्रति हामी समर्थन गर्दछौं । विस्तृत जानकारीका लागि हामी मितेरी आवाज सुन्न अनुरोध गर्दछौं । ऐले हामी रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजबाट बोलिरहेका छौं । भर्खरै हामीले यहाँलाई एउटा सुमधुर नेपाली लोक गीत सुनायौं ।अब हामी हाम्रो नियमित स्तम्भ तपाईंको पत्र हाम्रो साथ स्तम्भ अन्र्तगत तपार्इंले पठाउनु भएका पत्रको जवाफ प्रस्तुत गर्दैछौं ।