शाङहाइमा आयोजना हुने अफ्रिकी विकास बैंक परिषदको वार्षिक सम्मेलन, 2007मा सहभागी हुने अफ्रिकाका विभिन्न मुलुकका अधिकारी र गभर्नरहरुले हिजो चीनको विकास बैंकलगायत चीनका विभिन्न मौद्रिक संस्थाहरुले अफ्रिकालाई सहयोग गर्ने आशा व्यक्त गर्नुभएको छ।
युगान्डाको योजना तथा आर्थिक विकाससम्बन्धी विभागका अधिकारी कालेप अकान्तवानाहोले चीनको विकास बैंकले धेरै क्षेत्रहरुमा अफ्रिकी मुलुकहरुलाई सहायता गर्नसक्ने कुरा बताउनुभएको छ।
केन्याको विकास बैंकका प्रमुख भिक्टोरिया कितिवले अफ्रिकाले चिनियाँ विकास बैंकको समर्थन पाउने आशा व्यक्त गर्नुभयो।
|