चिनियाँ राष्ट्रिय विकास बैंकका उप-गभर्नर काउ चेनले हिजो शान्हाईमा बोल्दै चीन-अफ्रिका सहयोग मंचको पैचिंग बैठकको अवधिमा पेश गरिएको चीन-अफ्रिका सहयोगसम्बन्धी आठवटा कदमहरुमध्ये एक अर्थात चीन-अफ्रिका विकास कोषलाई हाल चीन सरकारले अनुमोदन गरेको छ भन्नुभयो। राष्ट्रिय विकास बैंकले चीन-अफ्रिका विकास कोषको स्थापना सम्बन्धी प्रस्ताव जारी गरेको छ।
श्री काउ चेनले अफ्रिका विकास बैंक समूहको परिषदको वार्षिक सम्मेलनको विकास सम्बन्धी बैंकिङ तथा चीन-अफ्रिका सहयोग मंचमा बोल्दै उक्त कुरा बताउनुभएको हो ।
सो अवसरमा श्री काउ चेनले राष्ट्रिय विकास बैंकले अफ्रिकासम्बन्धी चीनको नीतिका दस्तावेजलाई व्यवहारमा उतार्दै अफ्रिकासम्बन्धी आठवटा कदमलाई साकार तुल्याउने कुरा बताउनुभयो। यसका साथै चीन-अफ्रिका कोष, कृषि परियोजना तथा आगामी चीन वर्षको अवधिमा अफ्रिकी मुलुकमा तीनदेखि पाँचवटासम्म आर्थिक सहयोग क्षेत्रको स्थापना पनि गरिनेछ।
|