• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-15 19:46:15    
अफ्रिकी विकास बैंगको पहिलो वार्षिक सम्मेलन चीनमा

cri Author: लिउ

           अफ्रिकी विकास बैंक समूह परिषद्‌को दुइ दिवसीय वार्षिक सम्मेलन भोलि शांग हाईमा शुरु हुनेभएको छ। चालू वार्षिक सम्मेलनको मुख्य विषय "अफ्रिका र एशियाः विकासमा साझेदारी" रहेको छ। स्थापित भएको चालीस वर्षभन्दा बढी समयदेखि यता अफ्रिकी विकास बैंकले एशियाली मुलुकमा आफ्नो वार्षिक सम्मेलनको आयोजना गरेको यो पहिलो पल्ट हो।

           यस पल्ट चिनियाँ जन-बैंक र शांग हाई नगर सरकारको तत्ववधानमा आयोजित अफ्रिकी विकास बैंकको वार्षिक सम्मेलन गत वर्ष चीन अफ्रिका सहयोग मन्चको पैचिंग शिखर सम्मेलनपछि चीनबाट आयोजित अफ्रिकी समस्यासम्बन्धी अर्को एउटा अन्तर्राष्ट्रिय सम्मेलन हो। शांग हाईमा अफ्रिकी विकास बैंकका गभर्नर डोनाल्ड काबेरुकाले हाम्रा सम्वाददातासित कुराकानी गर्दा चीनले चालू वर्षको अफ्रिकी विकास बैंकको वार्षिक सम्मेलनको संयोजन गरेकोमा त्यसको सराहना गर्नुभयो। 

          चालू वर्षको वार्षिक सम्मेलनको अर्थ त्यसको आयोजना स्थल र समयमा नै रहेको छ। हाल चीन र अफ्रिकाबीचको सम्बन्ध नाजूक घडीमा रहेको छ। हालको वार्षिक सम्मेलनले अफ्रिका र चीनबीचको सम्बन्धलाई अगाडि बढाउनका लागि अवसर उपलव्ध गराएको छ। चीन विश्वमा सबैभन्दा द्रुत गतिले विकास भैरहेको मुलुक हुनुका साथै सबैभन्द द्रुत गतिमा विकसित बजार पनि हो। हामी अफ्रिकी विकास बैंकले चीनमा आउने यौटा उद्देश्य स्वयम् आफैले चीनले कसरी यति छिटो विकास गर्नसक्यो यसका बारेमा जानकारी लिनु र त्यसको अवस्था हेर्नु हो। हामीहरु चीन-अफ्रिका सहयोग मन्चको पैचिंग शिखर सम्मेलनबाट तोकिएको दिशातिर अफ्रिका र चीनबीचको सम्बन्धलाई अरु बढी सुदृढ पार्न इच्छुक छौं।

          सन् 1964 मा स्थापित अफ्रिकी विकास बैंक अफ्रिकामा सबैभन्दा ठूलो क्षेत्रीय अन्तर्सरकारी बैंकिग विकास संस्था हो।

          अफ्रिकी विकास बैंकका वर्तमान सतहत्तरवटा सदस्य-मुलुकहरुमा त्रिपन्नवटा अफ्रिकी मुलुकहरु र चीन, जापान, गणतन्त्र कोरिया र भारत जस्ता एशियाली मुलुकहरु लगायतका चौबीसवटा क्षेत्र बाहिरका मुलुकहरु समावेश छन्। चीन र भारत आदि एशियाली मुलुकका कम्पनीहरु अफ्रिकाको विकासमा बढीभन्दा बढी संलग्न रहिरहेको पृष्ठभूमिमा चालू वर्षको अफ्रिकी विकास बैंकको वार्षिक सम्मेलन आयोजित भएको छ। अफ्रिकी विकास बैंकका अनुसार, एशिया यूरोप र अमेरिकापछि अफ्रिकाको तेस्रो ठूलो ब्यापारिक साझेदार बनेको छ। पछिल्ला केही वर्षमा चीन र भारतजस्ता एशियाली मुलुकहरुले अफ्रिकी मुलुकहरुको प्रत्यक्ष लगानीको परिमाणमा ठूलो मात्रामा वृद्धि हुँदैआएको देखिन्छ। चालू वर्षको वार्षिक सम्मेलनमा सहभागीहरुले सम्मेलनको मुख्य विषयबारे केही साझा रुचीका समस्याबारे छलफल गर्नेभएका छन्। जस्तो भनौः‌ अफ्रिकी मुलुकहरु एशियाली मुलुकहरुको विकासको अनुभवबाट के के सिक्न सक्छन्। दुवै पक्षको विजय हुने आधारमा खडा भएको एशियाली मुलुक र अफ्रिकी मुलुकहरुबीचको सम्बन्धले विश्व ब्यापारमा अफ्रिकी मुलुकहरुको अनुपातलाई अरु बढाउन सकिन्छ कि? आदि आदि

           सन् 1995 देखि अफ्रिकी अर्थतन्त्रले बाह्र वर्षसम्म लगातार तीन प्रतिशतभन्दा बढीको वृद्धि दर कायम राख्दैआएको छ। अफ्रिकी अर्थतन्त्र निरन्तर र स्थिर विकासको अवधिमा प्रवेश गरेको छ। श्री काबेरुकाका अनुसार, चीन र अन्य मुलुकहरुबाट आएको प्रत्यक्ष लगानीबाट अफ्रिकाको अर्थतन्त्र लाभान्वित भएको छ। 

            पूर्व अनुमानअनुसार, चीनले अफ्रिकामा प्रति वर्ष दुइ अरब अमेरिकी डलरको लगानी गर्नेछ। चीनको लगानीमा निरन्तररुपमा वृद्धि हुने आशा अफ्रिकी विकास बैंकले गरेको छ। बितेका छ वर्षमा अफ्रिका र चीनबीचको ब्यापार परिमाणमा पाँच गुणाले वृद्धि भएको छ। अफ्रिका र चीनबीचको आर्थिक तथा ब्यापारिक सम्बन्ध निरन्तररुपमा विकसित हुने आशा लिनुका साथै अफ्रिका र चीनबीचको सम्बन्धको विकासका लागि झन-झन ठूलो भूमिका निर्वाह गर्ने इच्छा पनि अफ्रिकी विकास बैंकले गरेको छ।

           यसका अतिरिक्त, हाल अफ्रिकामा लगानी गर्ने राम्रो अवसर छ। किनकि अफ्रिकामा ब्यापारको लागत स्थिररुपमा घट्दैगएको देखिन्छ। उता अफ्रिकामा लगानीको वातावरणमा पनि दिनदिनै सुधार हुँदैआएको देखिन्छ, श्री काबेरुकाले भन्नुभयो। तसर्थ चिनियाँ व्यवसायहरु लगायत विभिन्न मुलुकका लगानीकर्ताहरु अफ्रिकामा लगानी गर्ने मात्रा र परिधिलाई अरु विस्तार गर्न उहाँले आव्हान गर्नुभयो।

           गत वर्ष आयोजित चीन-अफ्रिका सहयोग मन्चको पैचिंग शिखर सम्मेलनमा चीन सरकारले चीन तथा अफ्रिकाबीचको नौलो रणनैतिक साझेदारी सम्बन्धलाई अगाडि बढाउने आठवटा कदमको घोषणा गरेको थियो। अफ्रिकी विकास बैंकको वर्तमान सम्मेलन आयोजित हुनुअघि चीनले उक्त कदमलाई व्यवहारमा उतार्ने कार्यलाई उच्च महत्व दिने वचन चीनका उप-वाणिज्य मन्त्री वै चेन् कोले फेरि एक पल्ट अफ्रिकी मुलुकहरुलाई दिनुभएको छ।