चीनका प्रधानमन्त्री वन च्या पाउले आज शांगहाईमा बोल्दै चीनले आफ्नो क्षमता बमोजिम अफ्रिका विकास बैंकबाट तथा अन्य तरिकामार्फत अफ्रिकी मुलुकहरुलाई सहायता प्रदान गर्ने कुरा बताउनुभएको छ।
श्री वन च्या पाउले आज शांगहाईमा अफ्रिका विकास बैंकका गभर्नर दोनाल्ड काबेरुकासाग कुराकानी गर्दै सन 1985 मा अफ्रिका विकास बैंकमा संलग्न भएदेखि यता चीनले अफ्रिकासित विभिन्न तरिकामार्फत प्रभावकारी रुपमा सहयोग गर्दै आएको कुरा बताउनुभयो।
सुडानको दारफुर समस्याबारे चर्चा गर्दै श्री वन च्या पाउले हाल दारफुर समस्याको समाधान निकै महत्वपूर्ण अवधिमा रहेको ठहर व्यक्त गर्नुभयो। यसका साथै उहाँले अन्तर्राष्ट्रिय समाजले सुडान सरकारसँग समानताका साथ छलफल गरेर सुडानका सम्बन्धित विभिन्न पक्षहरुलाई यथाशिघ्र राजनैतिक शान्ति वार्ता गरी "दारफुर शान्ति सम्झौता" लाई ध्यानपूर्वक व्यवहारमा उतार्न ताकिता तुल्याउनुपर्छ भन्नुभयो।
प्रत्युत्तरमा श्री काबेरुकाले अफ्रिका विकास बैंकमा संलग्न भएदेखि यता चीनले गरिबी निवारण आदि क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा बताउँदै दारफुर समस्याबारे चीनको अडानको अफ्रिका विकास बैंकले समर्थन तथा प्रशंसा गरेको छ भन्नुभयो।
|