चीनका प्रधान मन्त्री वन पाउले चीन र अफ्रिकाबीच आपसी हितयुक्त सहयोगको विस्तार, सहयोगको स्तर वृद्धि, आदि माध्यमबाट दुबै पक्षको फाइदाको लक्ष्यलाई साकार तुल्याइने कुरा बताउनुभएको छ।
शाङहाइमा आज आयोजित अफ्रिकी विकास बैंकको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै श्री वन च्या पाउले उक्त कुरा बताउनुभएको छ।
श्री वन च्या पाउले अफ्रिकालाई सहयोग गर्ने आफ्नो वचनबद्धताको पालना गर्न अन्तर्राष्ट्रिय समाजलाई आह्वान पनि गर्नुभयो।
अफ्रिकी विकास बैंक समूहको बोर्ड अफ गभर्नर्सका अध्यक्ष एवम् चिनियाँ जन-बैंकका गभर्नर चौ स्याउ छ्वानले सो वार्षिक सम्मेलनका सहभागीहरुले अफ्रिकी मुलुकहरुको आर्थिक नीतिमा कसरी सुधार गर्ने, दिगो विकासको लक्ष्यलाई कसरी साकार तुल्याउने आदि विषयबारे छलफल गर्ने कुरा बताउनुभएको छ।
अफ्रिकी विकास बैंकका गभर्नर डोनाल्ड काबेरुकाले चीनमा यस सम्मेलनको आयोजनाले अफ्रिकी र एशियाली मुलुकबीचको सहयोगात्मक सम्बन्धलाई सुदृढ पार्ने विचार व्यक्त गर्नुभयो।
|