• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-16 18:27:34    
अफ्रिकी विकास बैंक समूह परिषद्‌को वार्षिक सम्मेलन शांग हाईमा शुरु

cri Author: लिउ
      अफ्रिकी विकास बैंक समूह परिषद्‌को वार्षिक सम्मेलन आज चीनको शांग हाईमा शुरु भएको छ। सो वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चीनका प्रधानमन्त्री वन् च्या पाउले अफ्रिकाको आत्म विकास क्षमता बढाउन र आर्थिक तथा सामाजिक दिगो विकासलाई साकार तुल्याउनका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आव्हान गर्नुभयो। उहाँले अगाडि भन्नुभयोः आपसी हित र दुबै पक्षको विजय हुनका लागि चीन सरकारले चीन र अफ्रिकाबीचको सहयोगलाई नवीकरण गर्नेछ र सहयोगको स्तरलाई उकास्नेछ।

       अफ्रिकी विकास बैंक अफ्रिकामा सबैभन्दा ठूलो क्षेत्रीय अन्तर्सरकारी बैंकिग विकास संस्था हो। यसको उद्देश्य अफ्रिकी क्षेत्रका मुलुकहरुको आर्थिक विकास र सामाजिक उन्नतिलाई सम्बर्द्धन गर्नु हो। आज औपचारिक रुपमा शुरु भएको अफ्रिकी विकास बैंक समूह परिषद्‌को वार्षिक सम्मेलन अफ्रिकाबाहिर आयोजित पहिलो सम्मेलन हो र यसको आयोजना एशियामा गरिएको यो पहिलो पल्ट हो। यस वार्षिक सम्मेलनको मुख्य विषय "अफ्रिका र एशियाः विकासमा साझेदारी" रहेको छ। यस सम्मेलनमा मुख्यतः अफ्रिकाका आधारभूत संरचनाको निर्माण, क्षेत्रीय एकरुपता र गरिबी निवारण आदि समस्याबारे छलफल गरिनेछ। जनमतका अनुसार, यस वार्षिक सम्मेलन अफ्रिकी विकास बैंकको इतिहासमा सबैभन्दा ठूलो र सबैभन्दा उच्च स्तरको हो। वार्षिक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अफ्रिकी विकास बैंकका गभर्नर काबेरुकाले भन्नुभयोः

        एशिया र अफ्रिकाबीचको आर्थिक सम्बन्धको इतिहास निकै लामो छ। विगत पाँच वर्षको अवधिमा त्यसको विकास झन् द्रुत गतिमा भैरहेको छ। विश्वमा सबैभन्दा द्रुत गतिले विकसित बजारका रुपमा रहेको एशियाको उत्थानले अफ्रिकाका लागि चुनौती ल्याएको मात्र नभई बरु अवसर पनि सिर्जना गरेको छ। यस वार्षिक सम्मेलनले एशिया र अफ्रिकाका बीच अनुभवको आदान-प्रदान र साझेदारी सम्बन्धलाई अघि बढाउनका लागि अवसर उपलव्ध गराएको छ।

         चीनका प्रधानमन्त्री वन् च्या पाउले पनि अफ्रिकी विकास बैंकको चालू वार्षिक सम्मेलनको सकारात्मक मूल्यांकन गर्नुभएको छ। उहाँका अनुसार, महत्वपूर्ण क्षेत्रीय अन्तर्राष्ट्रिय बैंकिंग संस्थाका रुपमा रहेको अफ्रिकी विकास बैंकले आफ्नो स्थापना भएको चालीस वर्षभन्दा बढी समयदेखि यता अफ्रिकाको आर्थिक तथा सामाजिक विकासलाई सम्बर्द्धन गर्नका लागि अथक प्रयास गरी टड्कारो उपलव्धि हासिल गरेको छ। पछिल्ला दुइ वर्षदेखियता अफ्रिकी विकास बैंकले सुधार कार्यलाई अघि बढाएर अफ्रिकी मुलुकहरुलाई झन् राम्रो सेवा दिने नयाँ माध्यम र नयाँ तरिका खोज्दैआएको छ। चालू वार्षिक सम्मेलनले अफ्रिकी विकास बैंकको आत्म निर्माण क्षमतालाई घच्घच्याउनेछ र अफ्रिकी विकास बैंकको भूमिका र प्रभावलाई अरु बढाउनेछ।

         पछिल्ला वर्षहरुमा अफ्रिकाको आर्थिक वृद्धि सबल हुँदैआएको छ, समाज निरन्तररुपमा प्रगतिशील हुँदैआएको छ, विकास र पुनरुत्थानको बाटोमा त्यसले नयाँ ठोस पाइला सारेको छ। यसो भए तापनि अफ्रिकाको आर्थिक तथा सामाजिक विकासका लागि अझै धेरै गर्न बाँकी छ। चीनका प्रधानमन्त्री वन् च्या पाउका अनुसार, अफ्रिकाको अरु बढी विकासका लागि आत्म प्रयास आवश्यक छ, र यसका साथसाथै अन्तर्राष्ट्रिय समुदायको समर्थन र मदतबाट पनि अलग हुन सकिंदैन। उहाँले भन्नुभयोः

         अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी विकसित मुलुकहरुले अफ्रिकाको आत्म विकास क्षमता बढाउन र आर्थिक तथा सामाजिक दिगो विकासको लक्ष्यलाई साकार तुल्याउनका लागि सहयोग गर्ने वचनबद्धताको ठोस रुपमा कार्यान्वयन गर्न, ऋण घटाउन वा खारेज गर्न, ब्यापार, वातावरण, बजारमा प्रवेश हुन तथा प्रविधि हस्तान्तरण आदि क्षेत्रमा वास्तविक कदम चाल्न हामी आव्हान गर्दछौं।

          अन्तर्राष्ट्रिय समुदायको एक सदस्यका रुपमा रहेर चीनले सधैंजसो अफ्रिकी मुलुकहरुलाई सक्रियताका साथ सहायता दिंदै आएको छ। चीन र अफ्रिकी मुलुकहरुका बीच दौत्य सम्बन्ध स्थापना भएको पचास वर्षभन्दा बढी समयदेखि यता चीनले अफ्रिकी मुलुकहरुका लागि नौ सयवटा आधारभूत संरचना तथा सार्वजनिक हितकल्याण सम्बन्धी परियोजना पूरा गरेको छ।

          अन्तमा चीनका प्रधानमन्त्री वन् च्या पाउले भन्नुभयोः चीन र अफ्रिकाबीचको सहयोग अन्तर्राष्ट्रिय विकास सहयोगमध्येको एक भाग हो। अफ्रिकाको राम्रो भविष्यको सिर्जना गर्न, स्थायी शान्ति, साझा समृद्धि, मेलमिलापयुक्त विश्वको निर्माण गर्नका लागि अन्य अफ्रिकी विकास बैंक लगायतका अन्य मुलुकका अन्तर्राष्ट्रिय बैंकिंग संस्थासितको सहयोगलाई मजबूत पार्न चीन इच्छुक छ।