अफ्रिकि विकास बैंक परिषदको वार्षिक सम्मेलन सन् 2007 दुई दिन चलेपछि आज शान्हाईमा सम्पन्न भएको छ । सम्पन्न समारोहमा एक शान्हाई घोषणा पत्र पनि प्रकाशित गरिएको छ। उक्त घोषणा पत्रमा चीनका प्रधान मन्त्री वन च्या पाउले वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई गर्नु भएको सम्बोधनमा चीन सरकारले अफ्रिकी विकास बैंक तथा अफ्रिकी विकास कोषको समर्थन गरेको कुरालाई धन्यवाद ज्ञापन गरिएको छ ।
अफ्रिकी विकास बैंकका गभर्नर काबेरुकाले सम्पन्न समारोहलाई सम्बोद्धन गर्दै यो एक सफलऐतिहासिक सम्मेलन हो भन्नुभयो ।
सो समारोहमा अफ्रिकी विकास बैंक परिषदका अध्यक्ष , चिनियाँ जन बैंकका गभर्नर चाउ स्याउ छुआनले अफ्रिकी विकास बैंकले अफ्रिकामा गरिबी निवारण गर्ने क्षेत्रमा प्रयास गर्नुका साथै एशिया र अफ्रिका बीचको सहयोगलाई सुदृढ गर्दै दिगो विकासलाई साकार तुल्याउन अफ्रिकी मुलुकहरुलाई सहायता दिने कुरा सार्वजनिक गर्नुभयो ।
|