• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-18 18:06:31    
चीन र अफ्रिका बीच बैंकिंग क्षेत्रको सहयोगलाई अरु बढी मजबूत पारिने

cri Author: लिउ

      हिजो दिउँसो शांग हाईमा सन् 2007 अफ्रिकी विकास बैंक समूह परिषद्‌को वार्षिक सम्मेलनको समापन भएको छ। वर्तमान अफ्रिकी विकास बैंक समूह परिषद्‌का अध्यक्ष , चिनियां जन बैंकका गभर्नर चौ स्याउ व्छान्‌ले बोल्दै अफ्रिकी विकास बैंक समूह परिषद्‌को वार्षिक सम्मेलन चालू वार्षिक सम्मेलनको सफलताका साथ आयोजना भएकोले चीन र अफ्रिका बीचको आदान प्रदान र सहयोगलाई विस्तार पार्नका लागि फराकिलो चौतारो र महत्वपूर्ण अवसर उपलव्ध गराइएको कुरा बताउनुभयो । उहांका अनुसार चीन अफ्रिकी विकास बैंकसितको सहयोगात्मक साझेदारी सम्बन्धलाई अरु बढी रुपमा विकसित पार्नुका साथै अफ्रिकाको गरीबी निवारण र विकास कार्यमा झन् ठूलो भूमिका खेल्नेतर्फ अफ्रिकी विकास बैंकलाई समर्थन दिनेछ।

      भर्खरै सम्पन्न भएको सन् 2007 अफ्रिकी विकास बैंक समूह परिषद्‌को वार्षिक सम्मेलन अफ्रिकी विकास बैंकले अफ्रिकाबाहिरको क्षेत्रमा वार्षिक सम्मेलनको आयोजना गरेको दोस्रो पल्ट हो । साथै अफ्रिकी विकास बैंकको इतिहासमा यो सबैभन्दा ठूलो र सबैभन्दा उच्च स्तरको वार्षिक सम्मेलन हो । चालू वार्षिक सम्मेलनको मुख्य विषय "अफ्रिका र एशिया , विकासमा साझेदारी" रहेको छ । यसका साथसाथै एशिया र अफ्रिका बीचको सहयोग पनि सो सम्मेलनको अर्को यौटा महत्वपूर्ण विषय हो । सो सम्मेलनमा सहभागी व्यक्तिहरुले एशिया र अफ्रिका बीचको सहयोगलाई बलियो पार्ने अनुभव र विचारबारे पूर्ण रुपमा आदान प्रदान गर्नुभयो । सो वार्षिक सम्मेलनको सफल आयोजनाले अफ्रिका र चीन तथा अफ्रिका र एशिया बीचको सहयोगात्मक सम्बन्धलाई अरु बढी सुदृढ पार्ने कुरा अफ्रिकी विकास बैंकका गभर्नर काबेरुकाले बताउनुभयोः

      हामीहरु बीचको आदान प्रदान र छलफलबाट हामीहरुले उक्त सम्बन्ध भविष्यमा निकै आशावादी हो भन्ने कुरा देखेको र बुझेका छौं । अफ्रिकी विकास बैंकले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुराप्रति हामीहरु पुर्ण विश्वासमा छौं । यौटा महत्वपूर्ण माध्यमका रुपमा रहेको अफ्रिकी विकास बैंकले एशिया र अफ्रिका बीचको निरन्तर बृद्धि रहेको व्यापार र लगानीव्दारा दुइ पक्षलाई फाइदा पुर्‍याउन प्रत्याभूत पार्नेछ ।

      चिनियां जन बैंकका गभर्नर चौ स्याउ व्छान्‌का अनुसार एशिया र अफ्रिका बीचको बैंकिंग सहयोगमा अझ सकारात्मक भूमिका खेल्न चीन इच्छुक रहेको छ । चीनले अफ्रिकी मुलुकहरुसितको आदान प्रदानलाई अरु बढी रुपमा अगाडि बढाउने र बैंकिंग सुधार र खुलापनलाई अघि बढाउन र बैंकिंग क्षेत्रको समष्टिगत नियन्त्रण र सामन्जस्यलाई बलियो पार्नेतर्फ झन् झन् बढी प्रयास गर्नेछ । चीनले अफ्रिकामा ठूलो मात्रामा लगानी बढाउन र विशेष गरी अझ बढी मझौला र ससाना व्यवसायहरुलाई अफ्रिकामा लगानी गर्ने र सहयोग गर्ने अवसर खोज्नेतर्फ प्रोत्साहन गर्नेछ । चीनका बैंकिंग निकायहरुले हाल अफ्रिकासितको कारोवारलाई बढीभन्दा बढी महत्व दिंदै आएको छ र अफ्रिकी मुलुकहरुको आधारभूत संरचनाको निर्माण कार्यमा झन् बढी संलग्न हुन थालेका छन् ।

      वास्तवमा चीन सरकारले अफ्रिकी मुलुकहरुसितको मित्रता र सहयोगलाई सधैंजसो उच्च महत्व दिंदै आएको छ । सन् 1985 देखि चीन अफ्रिकी विकास बैंकमा सहभागी भएपछि अघि पछि गरी सात पटक अफ्रिकी विकास कोषलाई चन्दा दिएको छ । अफ्रिकी क्षेत्रको आधारभूत संरचनाको निर्माण कार्य, गरीब निवारण र शिक्षा आदि कार्यलाई समर्थन दिनका लागि चीनले कूल छत्तिस करोड चालीस लाख अमेरिकी डलर चन्दा दिने वचनवद्धता गरेको छ ।

      अफ्रिकी विकास बैंकसितको सहयोगलाई अरु बढी रुपमा अगाडि बढाउनका लागि सन् 1996 मा चीन र अफ्रिकाका बीच बीस लाख अमेरिकी डलर बराबरको व्दिपक्षीय प्राविधिक सहयोग कोषका लागि सम्झौता सम्पन्न भएको थियो । हालसम्म चीनले नौ लाख अमेरिकी डलर भुक्तानी गरेको छ । जसबाट आठ अफ्रिकी मुलुकहरुका चौधवटा परियोजनालाई सहायता दिएको छ । ती परियोजनाहरु कृषि , यातायात , स्वस्थ्य र शिक्षा आदि क्षेत्रसित सम्बन्धित रहेका छन्।

      चीन र अफ्रिका बीचको आर्थिक र बैंकिंग सहयोगलाई बलियो पार्नका लागि चिनियां जन बैंकले चीन र अफ्रिका बीचको सहयोगलाई अझ बढी ध्यान पुर्‍याउनका लागि स्वदेशी बैंकिंग निकायहरुलाई परिचालित गर्नेछ । यसबारे चिनियां जन बैंकका गभर्नर चौ स्याउ व्छान्‌ले बताउनुभयोः

       हामीहरुले अफ्रिकी विकास बैंक र अन्य उप-क्षेत्रीय विकास बैंक जस्ता बहुपक्षीय बैंकिंग निकायसितको सहयोगलाई दृढताका साथ मजबूत पार्नेछौं । विशेषगरी हामीहरुले हामी र अफ्रिकी विकास बैंकसितको सहयोगात्मक साझेदारी सम्बन्धलाई अरु बढी विकसित पार्नेछौं ।